काठमाडाैँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न निर्वाचनमा वर्तमान केन्द्रीय कार्यसमितिका सदस्य सुरज सिलवालले सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। यस अघिको इक्यान निर्वाचनमा विष्णुहरी पाण्डे प्यानलबाट सदस्यमा सर्वाधिक मत ल्याई विजयी भएका सिलवाल यस पटक दीपकराज भुषाल नेतृत्वको प्यानलबाट सचिवका उम्मेद्वार हुन्। उनलाई सचिव पदकाे प्रमुख दाबेदारकाे रूपमा हेरिएकाे छ।
विगत १५ वर्षदेखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय सिलवाल Connect Globe Education Group (CGEG) को स्थापना कालदेखि नै संस्थामार्फत गुणस्तरीय सेवा, पारदर्शिता, व्यावसायिक नैतिकता तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि सही र भरोसायोग्य मार्गदर्शन प्रदान गर्दै आइरहेका व्यक्ति हुन्।
पछिल्लाे १० वर्षदेखि इक्यानको साधारण सदस्यका रूपमा आबद्ध रहँदै आएकाे सिलवालले दुई वर्षे कार्यकालमा शेषराज भट्टराइकाे नेतृत्वमा तय भएका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै, संस्थाको हितलाई केन्द्रमा राखी काम गर्ने गरेका छन्।
सचिव पदका लागि सिलवालका प्रतिबद्धता तथा कार्ययोजनाहरू
१. सम्पूर्ण ECAN सदस्यहरूलाई संघका कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका प्रदान गर्दै, व्यावसायिक तथा व्यवहारिक तालिममा सक्रिय सहभागिता सुनिश्चित गर्ने।
२. केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गर्दै शिक्षा परामर्श क्षेत्रसँग सम्बन्धित नवीकरण तथा नयाँ स्वीकृति प्रक्रियाहरूलाई सरल, छरितो र प्रभावकारी बनाउने पहल गर्ने।
३. विभिन्न देशका विश्वविद्यालय तथा कलेजहरूलाई नेपाल आमन्त्रण गरी अन्तर्राष्ट्रिय नेटवर्किङ तथा व्यवसायिक सहकार्य कार्यक्रमहरू सञ्चालन गर्ने।
४. निर्वाचित कार्यसमितिभित्र जिम्मेवारीको स्पष्ट विभाजन गर्दै, सबै कार्यक्रमहरूलाई परिणाममुखी बनाउने।
५. केन्द्रदेखि शाखासम्म सदस्य-केन्द्रित (Member Oriented) कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
६. ECAN का शाखाहरूलाई सशक्त र सक्षम बनाउँदै, हरेक सदस्यसम्म नेटवर्किङ, सूचना र व्यवसायिक अवसरहरू सुनिश्चित गर्ने।
७. केन्द्र र शाखालाई आर्थिक रूपमा मजबुत बनाउन अग्रिम प्रायोजक (Sponsors) खोजी गरी One Door Policy मार्फत बजेट व्यवस्थापन गर्ने।
८. विश्वविद्यालय, कलेज तथा सदस्यहरूको सहकार्यमा “The Knowledge House” अभियान सञ्चालन गरी कोष संकलन गर्दै, ECAN को आफ्नै भवन निर्माण गर्ने दीर्घकालीन लक्ष्यतर्फ ठोस कदम चाल्ने।