काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को महासचिव पदका लागि भवनाथ हुमागाईंले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। हाल केन्द्रीय समितिमा प्रथम सचिवको जिम्मेवारीमा रहँदै आएका हुमागाईंले आगामी पुस २८ गते हुन लागेको निर्वाचनमा महासचिवका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
हुमागाईं नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने साझा अभियानमा विगत लामो समयदेखि निरन्तर रूपमा क्रियाशील रहदैँ आएका छन्। उनले इक्यानलाई अब रणनीतिक सोच, निर्णायक नेतृत्व र ७०० भन्दा बढी सदस्यहरूको भविष्य सुरक्षित गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता रहेको कारण आफुले उम्मेदवारी घोषणा गरेको दाबी गरेका छन्।
संघको केन्द्र र जिल्ला शाखाबीच प्रभावकारी समन्वय र एकीकृत कार्यप्रणाली स्थापना शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुन: सुचारु लगायतका कार्यमा उनले भूमिका निर्वाह गरेका थिए। अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशासहित संघलाई अझै बलियो, एकताबद्ध बनाउन लाग्ने उनले उम्मेदवारी घोषणा गर्दै बताएका छन्।
महासचिव पदका लागि हुमागाईंको प्रतिबद्धता :
• केन्द्र-शाखा समन्वयलाई संस्थागत र परिणाममुखी बनाउने,
केन्द्र र शाखाबीच स्पष्ट अधिकार क्षेत्र, नियमित समन्वय संयन्त्र र कार्यसम्पादनमा आधारित प्रणाली विकास गरी संगठनलाई व्यवहारिक रूपमा बलियो बनाउने,
• राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी Policy Advocacy शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित नीति निर्माण, संशोधन र कार्यान्वयन प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँग समन्वय गरी ECAN को आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्ने,
• सरकार तथा सरोकारवाला निकायसँग इक्यानको संस्थागत हैसियत मजबुत बनाउने,मन्त्रालय, नियामक निकाय, कूटनीतिक मिशन र अन्तर्राष्ट्रिय साझेदारहरूसँग संस्थागत सम्बन्ध विस्तार गरी इक्यानलाई नीतिगत साझेदारको रूपमा स्थापित गर्ने,
• पारदर्शी, उत्तरदायी र आर्थिक रूपमा सबल संस्था निर्माण,
नियमित प्रतिवेदन र सदस्यलाई जानकारी दिने अभ्यासमार्फत संस्थामा सुशासन र आर्थिक स्थायित्व सुनिश्चित गर्ने,
• युवा तथा नयाँ शैक्षिक परामर्श उद्यमीलाई समेट्ने दीर्घकालीन रणनीति नयाँ पुस्ताका व्यवसायीलाई मार्गदर्शन, क्षमता विकास र संस्थागत सहभागितामार्फत इक्यान भित्र अवसर र नेतृत्व विकास गर्ने स्पष्ट योजना कार्यान्वयन गर्ने,
• Multi-destination Educational Student Mobility मा रणनीतिक रूपमा काम गर्न विद्यार्थी गन्तव्य विविधीकरण, नयाँ अध्ययन बजारको पहिचान, अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य र सदस्यहरूको व्यवसायिक अवसर विस्तार गर्ने रणनीतिमा इक्यानलाई अग्रसर बनाउने,
विगतमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा हुमागाईंले गरेका मुख्य योगदानहरू :
• इक्यान केन्द्र र जिल्ला शाखाबीच प्रभावकारी समन्वय र एकीकृत कार्यप्रणाली स्थापना :
केन्द्र र शाखाबीचको दूरी घटाउँदै नियमित संवाद, नीतिगत स्पष्टता र साझा कार्ययोजना निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको छु। यसले संगठनभित्र एकरूपता, विश्वास र कार्यान्वयन क्षमता बढाउन सहयोग पुर्याएको छ।
• शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लामो समयदेखि अवरुद्ध शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गर्न अग्रणी भूमिका
सम्बन्धित मन्त्रालयसँग निरन्तर संवाद, दस्तावेजी समन्वय र संस्थागत पहलमार्फत शैक्षिक परामर्श व्यवसायको नवीकरण प्रक्रियालाई पुनः सक्रिय बनाउन निर्णायक भूमिका खेलेको छु, जसले सदस्यहरूको व्यवसायिक सुरक्षामा ठोस आधार तयार गरेको छ।
• दुई नयाँ शाखा र एक समन्वय केन्द्र स्थापना मार्फत संगठन विस्तार
भौगोलिक पहुँच विस्तार गर्दै नयाँ शाखा र समन्वय केन्द्र स्थापना गरी इक्यानलाई थप समावेशी, प्रतिनिधिमूलक र सशक्त संस्थाको रूपमा विस्तार गर्न योगदान पुर्याएको छु।
• इक्यानको सदस्यता विस्तार तथा आजीवन सदस्यता प्रवर्द्धनमा सक्रिय योगदान
संस्थाप्रति विश्वास बढाउने नीति, सदस्य-मैत्री पहल र प्रत्यक्ष संवादमार्फत नयाँ सदस्य भित्र्याउने तथा आजीवन सदस्यता प्रवर्द्धन गर्दै संस्थाको दीर्घकालीन स्थायित्वमा योगदान दिएको छु।