काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि गोविन्द खनालले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उनले दिपक राज भुसाल नेतृत्वको प्यानलबाट सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
देखावटी भन्दा आफूलाई आइपरेको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने खनाल इक्यानलाई अझ पारदर्शी, उत्तरदायी र आर्थिक रूपमा सुदृढ संस्था बनाउने लक्ष्यका साथ अघि बढेका छन्। अघिल्लो कार्यकालमा सदस्यको रुपमा इक्यानको अतिरिक्त विभागमा रहेर निर्वाह गरेका भूमिकाले नै उनको कुशलता र क्षमतालाई प्रस्ट पार्ने इक्यान अध्यक्ष शेषराज भट्टराईको भनाइ छ।
गतिशील र व्यवस्थित इक्यान बनाउन आर्थिक अनुशासन, पारदर्शिता र सदस्य हितलाई प्राथमिकतामा राख्दै निष्ठापूर्वक जिम्मेवारी निर्वाह गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।
सह–कोषाध्यक्षको भूमिकालाई संस्थाको आर्थिक विश्वसनीयता र सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवारीका रूपमा लिँदै खनालले इक्यानको कोष व्यवस्थापनलाई थप व्यवस्थित, उत्तरदायी र भरोसायोग्य बनाउने लक्ष्य रहेको उल्लेख गरेका छन्। सदस्यहरूको हित संरक्षण र संस्थागत स्थायित्वका लागि आफू निरन्तर सक्रिय रहने उनको भनाइ छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै सह–कोषाध्यक्ष पदका उम्मेदवार खनालले सम्पूर्ण इक्यान सदस्यहरूबाट विश्वास, सहयोग र अमूल्य मत प्रदान गर्न अपिल समेत गरेका छन्। सदस्यहरूको साथ र समर्थनले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न ठूलो प्रेरणा मिल्ने विश्वास उनको छ।
यस्ता छन् सह–कोषाध्यक्षका उम्मेदवार खनालका प्रमुख एजेन्डा
- पारदर्शी आर्थिक व्यवस्थापन : संस्थाको आय–व्यय स्पष्ट, व्यवस्थित र समयमै प्रस्तुत गर्ने।
- नियमित लेखा परीक्षण: आन्तरिक तथा बाह्य लेखा परीक्षणलाई प्राथमिकता दिने।
- बजेट योजना र कार्यान्वयन: वार्षिक बजेट निर्माणमा सहकार्य गरी प्रभावकारी कार्यान्वयन गर्ने।
- आर्थिक अनुशासन कायम: ECAN को नीति, नियम र विधानअनुसार आर्थिक गतिविधि सञ्चालन गर्ने।
- डिजिटल लेखा प्रणाली: आय–व्यय अभिलेख डिजिटल प्रणालीमार्फत सुरक्षित राख्ने।
- शाखा तथा केन्द्रबीच समन्वय: केन्द्र र शाखाहरूको आर्थिक गतिविधिमा सहकार्य र समन्वय बढाउने।
- आय स्रोत विस्तार : तालिम, सेमिनार र कार्यक्रममार्फत संस्थाको आय बढाउने योजना बनाउने।
- सदस्य हितमा खर्च व्यवस्थापन: सदस्यहरूको हितलाई केन्द्रमा राखी बजेटको सही उपयोग सुनिश्चित गर्ने।