काठमाडौँ - नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि संघका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। दुई दशक भन्दा बढी समय देखि शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील एन्ड्रयु इक्यानमा सदस्य देखि, प्रथम उपाध्यक्ष हुँदै अहिले इक्यानकाे नयाँ कार्यसमितिकाे निर्वाचनमा अध्यक्षकाे उम्मेद्वार भएका छन्।
इक्यान भित्र स्वच्छ छवि बनाउनुका साथै समयमै जिम्मेवारी पुरा गर्न सक्ने, कुशल नेतृत्वकर्ता र सफल व्यवसायीका रूपमा चिनिने उनलाई अध्यक्ष पदको प्रमुख दाबेदारको रूपमा हेरिएको छ। इक्यान सदस्य परामर्श व्यवसायीहरूको सामूहिक हितका लागि क्रियाशील उनी इक्यानलाई आफूले अझै नयाँ उचाइमा पुर्याउन सक्ने बताउँछन्। नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न समर्पित व्यक्तित्वका रूपमा परिचित एन्ड्रयुकाे भूमिका वर्तमान कार्यसमितिमा समेत प्रशंसनीय छ।
आफ्नो व्यावसायिक सफलताका साथै उद्योगका अन्य सदस्यहरू र साथीहरूको प्रशिक्षण तथा विकासमा पनि सक्रिय उनी गत निर्वाचनमा लोकप्रिय मतका साथ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। हाल प्रथम उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेकाले आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिनु स्वाभाविक र संस्थाको राम्रो संगठन निर्माणको सिद्धान्तअनुसार भएको उनको दाबी छ।
‘म कुनै पनि काममा कि त हातै हाल्दिन, कि हालिसकेपछि त्यसलाई अन्तिम सम्म पुर्याएर हात सफा गर्ने मान्छे हुँ’ उनी भन्छन्, ‘इक्यान भनेको केवल संस्था मात्रै होइन, यो थुप्रै कन्सल्टेन्सीहरूको, विद्यार्थी, अभिभावकहरूको आस्थाको धरोहर र गुनासोको भारी बिसाउने ठाउँ हो। त्यसैले इक्यानलाई साझा संस्था बनाउनका लागि आफ्नाे उम्मेदवारी घोषणा गरेकाे हुँ।'
आफूले संघ भित्र प्रथम उपाध्यक्ष सम्म हुँदा समूहमा काम गर्ने क्रममा इक्यानको जिम्मेवारी, चुनौती र सम्भावनाहरू नजिक बाट देखेको भन्दै आज आफू अध्यक्षको स्वाभाविक उम्मेदवार रहेको पौडेलको भनाई छ। साथै उनले बलियो र नतिजामुखी इक्यान बनाउने प्रतिबद्धता समेत जनाएका छन्। इक्यानको आगामी कार्यकालका लागि मात्रै नभई दीर्घकालका लागि योजनाहरू रहेको भन्दै उनले आफूलाई साथ दिन सम्बद्ध सबै सँग अपिल गरेका छन्।
उनले भनेका छन्,' नेपालको शैक्षिक परामर्श क्षेत्र अब पूर्ववत् जस्तो छैन। चुनौतीहरू बढेका छन्, अपेक्षा थपिएका छन् र अन्तर्राष्ट्रिय शिक्षा बजार तीव्र गतिमा परिवर्तन भइरहेका छन्। यस्तो परिवेशमा इक्यान (ECAN) कुनै सामान्य संस्था होइन-यो विद्यार्थीको भविष्य, अभिभावकको भरोसा र राष्ट्रको शैक्षिक छविको संरक्षक हो। त्यसैले इक्यानलाई अब केवल सञ्चालन गर्ने होइन, नेतृत्व गर्ने, परिवर्तन ल्याउने, र विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दृष्टिकोण आवश्यक छ।'
उनले अबको इक्यान अझ पारदर्शी, प्राविधिक र उत्तरदायी संरचनासहित अघि बढ्दै जाने बताएका छन्। उनले भने,'ईक्यानले सबै सदस्यलाई समान अवसर, स्पष्ट मापदण्ड र एकरूप कार्यशैलीमा जोड दिंदै आएको छ। गलत सूचना, अनियन्त्रित अभ्यास र अव्यवस्थित प्रतिस्पर्धालाई अन्त्य गर्दैइक्यान ले विद्यार्थी-अभिभावक केन्द्रित सेवा संस्कृतिलाई मजबुत बनाएको छ। अबकोइक्यान अझ पारदर्शी, प्राविधिक र उत्तरदायी संरचनासहित अघि बढ्दैछ, जसले शैक्षिक परामर्श व्यवसायलाई राष्ट्रिय स्तरमै विश्वसनीय क्षेत्रका रूपमा स्थापित गर्नेछ।'

यस्ता छन्, अध्यक्ष पदका लागि एन्ड्रयुका प्रतिबद्धता (भिडियाेसहित)
- A - Advocacy & Accountability
- B - Brotherhood, Business & Branding
- C - Comprehensive & Constructive
- D - Diplomacy & Dominance
- E - Ecanians & Empowerment