काठमाडौँ - नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रीयू) निर्वाचित भएका छन्। उनले ३४१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी दीपकराज भूषालले २५७ मत प्राप्त गरेका हुन्।
यस्तै उपाध्यक्षमा बासुदेव दाहालले ३०८, विकल्पराज पोखरेल २९४ र गीता शिवाकोटी २९२ मतसहित विजयी भएका छन्। उपाध्यक्षमा विजयी विकल्पराज पोखरेल भूषाल समूहकाे हुन् भने बासुदेव दाहाल र गीता शिवाकोटी पौडेल समूहका हुन्। महासचिवमा भुषाल प्यानलबाट भवनाथ हुमागाई विजयी भएका छन्। उनले ४०३ मत प्राप्त गर्दा पौडेल प्यानलबाट नवराज केसीले १९० मत प्राप्त गरेका छन्।
.jfif)
सचिवको दुबै पदमा भूषाल समूहका विजयी भएका छन्। सुरज शिलवाल ४१६, आशिक कार्की ३५३ मतसहित विजयी भएका हुन्। कोषाध्यक्षमा पौडेल प्यानलबाट साधना पुडासैनी विजयी भएकी छन्। उनले ३२७ मत प्राप्त गर्दा भुषाल समूहकी उमा खड्काले २६८ मत प्राप्त गरेकी छन्। सहकोषाध्यक्षमा गोविन्द खनाल ४११ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी भिमबहादुर थापाले १७८ मत प्राप्त गरेका छन्।

यस्तै सदस्यहरूमा अनन्त राज घिमिरे ४१६, उद्दव वन ४१२, विवेक बस्नेत ४०२, दामाेदर शर्मा न्याैपाने ३७८, असाेक कुमार हाथि ३३२, दिनेश पाैडेल ३१४,सञ्जिव पाण्डे ३१४, शिव प्रसाद अर्याल ३०८ र कमल प्रसाद तिमल्सिना ३०५ मतसहित विजयी भएका छन्।
सर्वाधिक मतसहित सुरज सिलवाल र अनन्त राज घिमिरे म्यान अफ दी इलेक्सन भएका छन्। सिलवाल र घिमिरे दुबैले सर्वाधिक ४१६ मत प्राप्त गरेका छन्। उनीहरु दुबै जना भुषाल प्यानलका उम्मेदवार हुन्।
पद : नाम :
अध्यक्ष - लक्ष्मण पौडेल (एन्ड्रयु) (३४१)
उपाध्यक्ष - बासुदेव दाहाल (३०८)
- विकल्प राज पोखरेल (२९४)
- गिता शिवाकोटी (२९२)
महासचिव - भवनाथ हुमागाई (४०३)
सचिव - सुरज सिलवाल (४१६)
- आशिक कार्की (३५३)
कोषाध्यक्ष - साधना पुडासैनी (३२७)
सह-कोषाध्यक्ष - गोविन्द खनाल (४११)
(९ विजयी सदस्यहरू) :
अनन्तराज घिमिरे - ४१६
उद्दव बन - ४१२
विवेक बस्नेत - ४०२
दामोदर शर्मा न्यौपाने - ३७८
अशोक कुमार हाथी - ३३२
दिनेश पौडेल - ३१४
सन्जिव पाण्डे - ३१४
कमल प्रसाद तिमल्सिना - ३०५
शिव प्रसाद अर्याल - ३०८
