काठमाडौँ - भारतको बेङ्गलोर स्थित रेभा युनिभर्सिटीका पृुर्व विद्यार्थीहरुको सम्मेलन काठमाडौमा सम्पन्न भएको छ। ‘ग्रान्ड एलुम्नाइ मिट–नेपाल च्याप्टर २०२६’ कार्यक्रममा युनिभर्सिटीका अध्यक्ष तथा कुलपति डा. पी. श्यामा राजुको प्रमुख आतिथ्यता रहेको थियो भने विश्वविद्यालयका रजिस्ट्रार डा. एम. धनञ्जयको विषेश आथिथ्यता रहेको थियो।
नेपालमा रहेका रेभा युनिभर्सिटीका पूर्व विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने, अनुभव आदान–प्रदान गर्ने तथा सहकार्य विस्तार गर्ने लगायतका उद्देश्यले एलुम्नाइ मिट आयोजना गरिएको कार्यक्रम संयोजक राजेश बस्यालले जानकारी दिए।

भारतको उच्च गुणस्तरिय र विश्वसनीय विश्वविद्यालयका रुपमा स्थापित रेभा विश्वविद्यालयमा अध्ययन गरेका नेपाली विद्यार्थीहरुलाई एउटै मञ्चमा जोड्दै शैक्षिक, व्यावसायिक तथा सामाजिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

विश्वविद्यालयका कुलपति पी श्यामा राजुले गुणस्तरीयता र व्यवसायीकता आफुहरुको मुख्य प्राथमिकतामा रहेको जानकारी दिनु भएको थियो । उहाँले आफ्ना विद्यार्थीहरुलाई एकै ठाउँमा भेट्न पाउँदा सुखी लागेको उल्लेख गर्दै सम्वन्ध र स्नेहमा कुनै कमि नरहेको अनुभव सुनाइन्।

राजिष्ट्रार धनञ्जयले भने रेभा विश्वविद्यालयमा अध्ययन गरेर नेपाल फर्किएका विद्यार्थीहरुले नेपालका विभिन्न निकाय तथा संस्थाहरुमा ठूला जिम्मेवारी लिएर राम्रो काम गरेको थाहा पाउँदा अत्यन्त हर्षित भएको उल्लेख गरिन्। कार्यक्रमले नेपाल र भारतबीचको शैक्षिक तथा दुई देशीय सम्बन्ध सुदृढ गर्न समेत महत्वपूर्ण भूमिका खेलेको वक्ताहरुले उल्लेख गरेका छन्।

कार्यक्रममा रेभा विश्वविद्यालयका विद्यार्थी, नेपालका प्रतिष्ठीत शिक्षासेवी, विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरुको उल्लेख्य सहभागीता रहेको थियो ।