काठमाडौँ - विदेश अध्ययनका लागि उत्कृष्ट शैक्षिक परामर्श संस्था युनिक्याम्पस ग्लोवलले आफनौ २५ औँ वार्षिकोत्सव मनाएको छ। वुधवार काठमाडौँमा आयोजित वार्षिकोत्सव समारोहमा युनिक्याम्पसका अध्यक्ष विज्ञान श्रेष्ठले विगत लामो समय देखि नेपाली विद्यार्थीहरुलाई विदेशका विभिन्न गन्तब्यहरुमा अध्ययनका लागि जान सहजीकरण गर्दे आएको बताउदै, प्रभावकारी परामर्श र सेवाका कारणनै २५ औँ वर्ष सम्मको सफल यात्रा गर्न सक्षम भएको बताए।
काठमाडाैँ सहित नेपालमा १० भन्दा वढि शाखा मार्फत हाल परामर्श सेवा दिँदै आएको उल्लेख गर्दे अध्यक्ष श्रेष्ठले नेपालीहरुको महत्वपुर्ण शैक्षिक गन्तव्यका रुपमा रहेका खासगरि अष्ट्रेलिया अध्ययनका लागि युनि क्याम्पस नेपाली विद्यार्थीहरुको लागि रोजाईको शैक्षिक परामर्श केन्द्र वन्न सफल भएकोे बताए।
नेपालको शैक्षिक परामर्शको क्षेत्र वृहतरुपमा अघि वढदै गएको भन्दै श्रेष्ठले आगामी दिनमा सवैको सहकार्य मार्फत यस क्षेत्रलाई अझ व्यवस्थित र वृहत वनाउदै अघि वढाउनु पर्नेमा जोड दिए। त्यस अवसरमा नेपाल अन्तराष्ट्रिय शिक्षा प्रवद्र्धक प्रतिनिधि(आइरिन)का अध्यक्ष हेमन्त भट्टराईले नेपालको शैक्षिक परामर्श सेवामा युनिक्याम्पसको नाम अग्रणी रहेको उल्लेख गर्दे २५ वर्षको समय अवधिमा नेपाली विद्यार्थीहरुको मन जिते जसरी आगामी दिनहरुमा पनि प्रभावकारी सेवा प्रदान गरि नेपालको अग्रणी परामर्श केन्द्रका रुपमा रहि रहोस भनि कामना व्यक्त गरे।
वार्षिकोत्सव कार्यक्रममा शैक्षिक परामर्श, बैकिङ लगायत क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो।युनिक्याम्पस ग्लोवलले खास गरि अष्ट्रेलियामा स्नातक, स्नातकोत्तर तथा बिधाबारिधी गर्ने जाने बिद्यार्थीलाई लक्षित गर्ने गरेको छ।
सन् २००१ मा स्थापना भएको युनिक्याम्पस ग्लोवलको शाखा विदेशमा ६ वटा देशमा रहेको युनिक्याम्पसका सिइयो घनश्याम घिमिरेले जानकारी दिए। युनिक्याम्पस ग्लोवलले मुख्यगरि अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, युके, युएसए लगायतका देशमा एब्रोड शिक्षाको लागि काम गर्दै आएको छ।
सफ्ट एड ग्रुप अन्तर्गत रहेको यस युनिक्याम्पस ग्लोवल सहित १२ वटा फरक-फरक प्रकृतिका कम्पनीहरु हाल संचालनमा रहेको सिइयो घिमिरेले उनले बताए। सफ्टवेरिका कम्पनीका नाममा सन् २००१ मा स्थापित संस्थालाई सन् २०१० मा 'यूनिक्याम्पस ग्लोबल' मा परिवर्तन गरिएको हो।