काठमाडौँ- गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो शाखा काठमाडौँको बागबजारमा पनि सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि सञ्चालनमा आएको यस शाखा मार्फत विदेश अध्ययनका लागि शैक्षिक परामर्शका साथै भाषा तयारी कक्षा समेत सञ्चालन गर्ने जनाएको हो।
अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, न्यूजिल्याण्ड लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको गोरेटो एजुकेशनले विद्यार्थीलाई दिने सेवामा विस्तार गर्दै काठमाडौँको केन्द्र बागबजारमा पनि सेवा विस्तार गरेको गोरेटो एजुकेशनका प्रबन्ध निर्देशक धिरज कंडेलले बताए।
उनले भने,‘ बागबजारमा विद्यार्थीलाई मल्टिडेस्टिनेसन करिअर काउन्सिलिङ गर्ने उद्देश्यले शाखाको विस्तार गरेका हौँ। विद्यार्थीलाई अन्य शाखाहरूबाट जस्तै यहाँबाट पनि सेवा दिनेछौँ।’

नयाँ वानेश्वरमा मख्य कार्यलय रहेको गोरेटोले कन्सलटेन्सीहरुको चहल पहल वढि भएको बागवजारमा सेवा सुरु गरेसँगै विद्यार्थीलाई थप सहज हुने जनाएको छ। यस्तै गोरेटोका संयोजक प्रकाश रेग्मीले नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका क्रममा भोग्ने भिसा अस्वीकृतिको डर, आर्थिक दबाब, तथा सामाजिक सञ्जालबाट सिर्जित भ्रम र यथार्थका सम्वन्धमा सम्बन्धित मुलुकका शिक्षणसंस्थाका प्रतिनिधिबाटै परामर्श लिन पाउने बताए। ‘विदेश अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई आफू नजिकको स्थानबाट सेवा लिन सजिलो होस् भन्ने अभिप्रायका साथ हामीले बागवजारमा सेवा विस्तार गरेका हाैँ’,उनले भने।

गोरेटो एजुकेशनले काठमाडौँको वानेश्वर, ललितपुरको कूमारीपाटी, कोशी प्रदेशको इटहरी, बागमति प्रदेशको चितवन, गण्डकी प्रदेशमा पोखरापछि काठमाडौँको बागवजारमा शाखा विस्तार गरेको हो। गोरेटोका प्रवन्ध निर्देशक कंडेलले अन्य शाखामा जस्तै यो शाखा मार्फत पनि प्रभावकारी सेवा प्रदान गर्ने बताए। स्थापनाको ६ वर्षमा आइपुग्दा गोरेटोले विद्यार्थी र अभिभावकको माया पाउन सफल भएको उनको भनाइ छ।
गोरेटोले बागवजार शाखा सञ्चालनमा ल्याएको अवसरमा विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुलाई परामर्श समेत प्रदान गरेको थियो।