काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले २७ औँ स्थापना दिवसको अवसरमा काठमाडौँ उपत्यका भित्र विदेश अध्ययन सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको छ।इक्यानले मंगलबार बिहान ७ बजे देखि ९ बजे सम्म शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित जनचेतना मुलक कार्यक्रम आयोजना गरेको हो।
![](https://www.edusawal.com/uploads/editor/2023-08-29/171421368FB_IMG_1693328799110.jpg)
इक्याले विभिन्न नाराहरू लेखिएको ब्यानर, प्लेकार्डसहित डिल्लीबजारबाट पुतलीसडक, कमलादी, घण्टाघर, बागबजार, पुतलीसडक, पदमोदयमोड, भृकुटीमण्डप, भद्रकाली हुँदै माइतीघर मण्डलामा सचेतना र्यालीको आयोजना गरेको छ। इक्यानले गत भदौ ७ देखि नै स्थापना दिवस मनाउँदै आएको छ।
![](https://www.edusawal.com/uploads/editor/2023-08-29/171346750FB_IMG_1693326966073.jpg)
इक्यनले भदौ ७ गते हार्दिक होटल बागबजारमा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो। भदौ ८ मा शैक्षिक परामर्श क्षेत्रमा आवद्ध तथा यस व्यवसायसँगको सहकार्यमा रहने महिला ब्यवसायी तथा उद्यमशिलताहरुको साझा समस्या, अवसर तथा चुनौतीका सम्बन्धमा छलफल गरेको थियो।
इक्याले बुधबार दिउसो ३ बजेदेखि नयाँ बानेश्वर स्थित होटल एभरेष्टमा एक औपचारिक कार्यक्रमकाबीच भब्यरुपमा इक्यान स्थापना दिवस मनाउने कार्यक्रम तय गरेको छ।
कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका वर्तमान अवस्था र नीतिगत ब्यवस्थापन विषयको विज्ञहरुसँग छलफल चलाइनुका साथै यस संघमा आवद्ध विभिन्न सदस्य कम्पनीको योगदानको आधारमा विविध विधामा छलफल हुने इक्यानका महासचिव दीपकराज भुसालले जानकारी दिए।