काठमाडौँ- जापानीज ल्याङ्वेज स्कुल एसोसियसन अफ नेपाल (जालसान)ले वनभोज कार्यक्रमको आयोजना गरेको छ। जालसानले आफ्ना व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ काठमाडौँको ट्रिनिटि भ्याली भ्यू रिसोर्टमा वनभोज कार्यक्रम आयोजना गरेको हो।
![](https://www.edusawal.com/uploads/editor/2024-02-19/143725526resort.jpg)
उपत्यका भित्रको रमणिय स्थल कालुपाडे डाडाँमा रहेको रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा जापानीज ल्याङ्वेज स्कुल सञ्चालन गरेका व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
वनभोज कार्यक्रमले जालसानका सदस्यबीच आत्मित्यता वृद्धि गर्न सहयोग गर्नुका साथै व्यवसायीक सहकार्य गर्न पनि सहज हुने जालसानका अध्यक्ष रमेश देवकोटाले बताए।
![](https://www.edusawal.com/uploads/editor/2024-02-19/143756294jalsan.jpg)
उनले भने,‘जालसानले प्रत्येक वर्ष यस्ता गतिवधि आयोजना गर्न जोड दिदैँ आएको छ। यसले सदस्यहरूबीचमा सम्बन्ध विस्तार गर्न सहयोग पुग्छ।’ उनले वनभोज कार्यक्रमलाई सहयोग गर्ने संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।
![](https://www.edusawal.com/uploads/editor/2024-02-19/143818316jalsan3.jpg)
वनभोज कार्यक्रममा विंगो, घैटोफोड, म्युजिकल चेयर लगायतका रमाइला खेलहरू खेलाइएको थियो। उक्त खेलका विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो। वनभाेज कार्यक्रमलाई व्यवस्थित गर्न जालसान महासचिव अरुण पाण्डेले सहजिकरण गरेका थिए। जालसान वनभाेज कार्यक्रम उपाध्यक्ष माेहन खड्काकाे संयाेजकत्ताेमा आयाेजना गरिएकाे हाे। विंगो खेल जालसान सदस्य अनिल शर्मा पौड्यालले खेलाएका थिए भने घैटोफोडलाई जालसान सचिव महेश श्रेष्ठले सहजीकरण गरेका थिए।
![](https://www.edusawal.com/uploads/editor/2024-02-19/143854343jalsan%205.jpg)
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष शेषराज भट्टराई, शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल(एप्क्यान) अध्यक्ष प्रज्वल बस्नेत, स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) अध्यक्ष राजु निरौला, शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल लगायतको उपस्थिति रहेको थियो।
वनभोज कार्यक्रमलाई स्काइलाइन ट्राभल्स एण्ड टुर्स, सिटी पे, नेपाल ल्याव हाउस, जे–सर्टले सहयोग गरेका थिए।
![](https://www.edusawal.com/uploads/editor/2024-02-19/143932544jalsan%204.jpg)
![](https://www.edusawal.com/uploads/editor/2024-02-19/144321928jalsan%20picnic.jpg)
![](https://www.edusawal.com/uploads/editor/2024-02-19/144651941jalsan%20picnic%2022.jpg)
![](https://www.edusawal.com/uploads/editor/2024-02-19/150745243received_245329418639747.jpeg)
![](https://www.edusawal.com/uploads/editor/2024-02-19/150804595received_758003239286366.jpeg)
![](https://www.edusawal.com/uploads/editor/2024-02-19/150820634received_419774523912730.jpeg)
![](https://www.edusawal.com/uploads/editor/2024-02-19/150834962received_1111004443479693.jpeg)
![](https://www.edusawal.com/uploads/editor/2024-02-19/150851738received_1442681922988489.jpeg)