काठमाडौँ - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यकालका लागि वर्तमान महासचिव दीपकराज भूषालले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदानप्रदान गर्दै भूषालले “दक्ष, अनुभवी र प्रतिबद्ध टिम” सहित इक्यानलाई नयाँ उचाइमा पुर्याउने संकल्पका साथ आफ्नो अवधारणा सार्वजनिक गरेका छन्।भूषालकाे प्रस्तावकमा वर्तमान कार्यसमितिका अध्यक्ष शेषराज भट्टराई र समर्थकमा पूर्व अध्यक्ष प्रकाश पाण्डे रहेका छन्। भूषाललाई नेकपा, नेकपा एमालेकाे संस्थापन पक्ष निकट व्यवसायीकाे समर्थन रहेकाे छ।
शैक्षिक परामर्श क्षेत्रमा लामो अनुभव र ‘फुल-टाइम’ समर्पणको पहिचान बनाएका भूषालले संस्थाको निरन्तरता, सञ्चालन दक्षता र तीव्र विकासलाई आफ्नो मुख्य लक्ष्य बनाएका छन्। उनले इक्यानका ७०० भन्दा बढी सदस्यहरूको व्यावसायिक हकहित र संस्थागत सुदृढीकरणका लागि २६ बुँदे रणनीतिक एजेन्डा अघि सारेका छन्।

यस्ता छन् भूषाल प्यानलकाे २६ बुँदे एजेन्डा :
१. इक्यान सदस्यको अधिकार र औपचारिक मान्यता
इक्यानले शिक्षा मन्त्रालय र सातै प्रदेश सरकारसँग मिलेर दर्ता भएका सबै सदस्य कन्सल्टेन्सीलाई राज्यको आधिकारिक मान्यता दिलाउने कामलाई प्राथमिकता दिनेछ। महासचिवको नेतृत्वमा र टीमको सहकार्यमा सुरु गरिएको एकद्वार दर्ता प्रणाली मार्फत दर्ता प्रक्रिया सरल, पारदर्शी र प्रभावकारी बनाइनेछ। यसैगरी, सदस्यहरूको हित र प्रतिष्ठा संरक्षण गर्न ग्रे मार्केट र अनधिकृत कन्सल्टेन्सीहरू विरुद्ध कडा कदम चालिनेछ।
२. इक्यान ट्रेनिङ एकेडेमी
इक्यानका ७०० भन्दा बढी सदस्यहरूको व्यावसायिक क्षमता र दक्षता अभिवृद्धि गर्न ट्रेनिङ एकेडेमी स्थापना गरिनेछ, जसले देशभरि सदस्यहरूलाई व्यावसायिक, विशेषज्ञता र अन्तर्राष्ट्रिय मानक अनुसार अपडेट राख्नेछ। यसअन्तर्गत ‘इक्यानबाट प्रमाणित काउन्सिलर (ईसीसी) कार्यक्रम मार्फत ब्रिटिश काउन्सिल र आईसीईएफसँग सहकार्यमा ‘इक्यान-प्रमाणित’ पाठ्यक्रम र सर्टिफिकेसन कार्यक्रम सञ्चालन गरिनेछ। साथै, विश्वका प्रमुख विश्वविद्यालय प्रतिनिधि र शिक्षाविद्हरूसँग रणनीतिक ज्ञान आदानप्रदान सेमिनार आयोजना गरिनेछ। प्रत्येक शाखामा ‘डेस्टिनेसन स्पेसिफिक’ भिसा नीति, कानुनी प्रक्रिया र इथिकल काउन्सिलिङ तालिमहरू सञ्चालन गरिनेछन्। वर्षभरि अनलाइन र भौतिक माध्यमबाट कन्टिन्युअस प्राेफेसनल डेभलपमेन्ट (सीपीडी) र स्टाफ ट्रेनिङको माध्यमबाट सदस्यहरूको व्यावसायिक वृत्ति निरन्तर अपडेट गरिनेछ।
३. इक्यान रिसर्च सेल
विश्वव्यापी शिक्षाको बदलिँदो स्वरूप, नयाँ गन्तव्य देशहरू, र अन्तर्राष्ट्रिय एड्मिसन ट्रेण्ड्ससम्बन्धी सदस्यहरूलाई समयमै र विश्वसनीय जानकारी उपलब्ध गराउन इक्यान रिसर्च सेल स्थापना गरिनेछ। यस रिसर्च सेलले नवीनतम ग्लाेबल एजुकेशन ट्रेण्ड्स, स्कलरसिप अवसर, र पाेलसी अपडेट्स नियमित रूपमा ट्र्याक गर्नेछ। साथै, मासिक रूपमा इक्यान अनलाइन इन्साइट मार्फत सदस्यहरूलाई संक्षिप्त, पठनीय, र इन्फर्मेटिभ रिपोर्ट र अपडेटहरू ईमेल गरिनेछ, जसले सदस्यहरूलाई रणनीतिक निर्णय लिन सजिलो बनाउनेछ।
४. शाखा सशक्तिकरण कार्यक्रम
मेरो टिमले केन्द्र र शाखाबीचको सम्बन्ध मजबुत बनाउन हरेक महिना भर्च्युअल मिटिङमार्फत शाखा कार्यसमितिहरूसँग प्रत्यक्ष संवाद गर्नेछौ, र प्रत्येक शाखाका समस्या र आवश्यकता केन्द्रको प्राथमिकतामा राखिनेछ। वार्षिक लिडर्स मिटलाई अझ रणनीतिक र प्रभावकारी बनाइने छ, ताकि शाखा–केन्द्र सहकार्य सुदृढ होस्। तालिम र सेमिनारहरू केवल काठमाडौंमा सीमित नरहोस्, सातै प्रदेशका शाखामा विस्तार गरिनेछ ताकि सबै सदस्यहरू समान अवसर पाउन सकून्। म ब्रान्च रिसाेर्स फण्ड र सपाेर्ट इण्डिकेटर्समार्फत प्रत्येक शाखाको संस्थागत विकास र कार्यालय व्यवस्थापन सुदृढ बनाउने प्रतिवद्धता गर्दछु। साथै, प्रदेश स्तरका रिजनल एजुकेशन फेयर्समा केन्द्रले प्राविधिक र आर्थिक सहयोग प्रदान गरी शाखाहरूको पहुँच, प्रभाव र पेशागत प्रतिष्ठा वृद्धि गरिनेछ।
५. विश्वव्यापी गन्तव्यहरूको लागि रणनीतिक सेल
(विशेषगरी: अष्ट्रेलिया, बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा, न्यूजील्याण्ड र युरोप)
म अंग्रेजी बाेल्ने प्रमुख गन्तव्य मुलुकमा जाने विद्यार्थीहरूको चुनौती र जटिल नीतिहरूलाई व्यवस्थित रूपमा सम्बोधन गर्दै, उच्च-स्तरीय रणनीतिक एकाइ स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। यस सेलले इक्यानभित्रका अनुभवी सदस्यहरूसँगै साना र ठूला कन्सल्टेन्सीका बाह्य विशेषज्ञहरूलाई पनि समेटेर एक्सपर्ट पियर ग्रुप निर्माण गर्नेछ, जसले भिसा ट्रेन्ड, वित्तीय कागजात, छात्रवृत्ति अवसर र विश्वविद्यालय सम्बन्धी सूक्ष्म मार्गनिर्देशन प्रदान गर्नेछ र भेरिफाइड, अप-टु-डेट जानकारी सदस्यहरूलाई उपलब्ध गराउनेछ। बाह्य समन्वयमा, नेपालस्थित विदेशी दूतावास र कूटनीतिक निकायहरूसँग प्रत्यक्ष ब्रिफिङ सेसन्स सञ्चालन गरिनेछ र विदेशमा रहेका अध्यागमन कानुनविद् तथा अन्तर्राष्ट्रिय शिक्षाविद्हरूसँग ग्लाेबल एक्सपर्ट प्यानलमार्फत नीतिगत र कानुनी ‘फर्स्ट ह्याण्ड गाइडेन्स’ प्रदान गरिनेछ। यस सेलले सक्रिय नीति वकालत मार्फत प्रमुख नीति परिवर्तनहरूमा अग्रिम तयारी गर्ने, ग्रे मार्केट र अवैधानिक एजेन्टहरू विरुद्ध कदम चाल्ने, र इक्यान सदस्यहरूलाई मात्र मान्यता प्राप्त विश्वव्यापी साझेदारहरू को रूपमा स्थापित गर्ने काम गर्नेछ।
६. इक्यानमा जापान र कोरिया सम्बन्धी सदस्यहरूको सम्मानजनक उपस्थिति
म जापान र कोरिया पढ्न जाने विद्यार्थीहरू पठाउने इक्यान सदस्य कन्सल्टेन्सीहरूको व्यावसायिक साख, मर्यादा र गरिमा (Dignity) सुरक्षित राख्न पूर्ण प्रतिबद्ध छु। यसका लागि म जापान र काेरियामा काम गर्ने सदस्यहरूको प्राेफेसनल स्ट्याण्डिङ लाई इक्यानको केन्द्रमा राख्दै, एनओसी प्रक्रिया, भीएफएस र सीओईसम्बन्धी सबै प्रशासनिक चुनौतीहरू शीघ्र, पारदर्शी र प्रभावकारी रूपमा समाधान गर्ने विशेष टीम निर्माण गर्नेछु। म शिक्षा मन्त्रालय, दूतावास र भीएफएस कार्यालयहरूसँग प्रत्यक्ष समन्वय र एड्भाेकेसी गर्दै, सदस्यहरूले भोग्ने हरेक चुनौतीमा अगाडी उभिनेछु।
७. Youth Engagement & Mentorship: Empowering ECAN’s Next Generation
म ECAN को पुरानो संरचना र old-school सोचलाई तोड्दै Youth Engagement लाई उच्च प्राथमिकतामा राख्नेछु। मेरो कार्यसमितिमा युवा सदस्यहरूको सक्रिय उपस्थिति सुनिश्चित हुनेछ र उनीहरूको नवीन विचार, ऊर्जा र creativity लाई निर्णय प्रक्रिया र रणनीतिक योजनामा प्रत्यक्ष समेटिनेछ। यसले ECAN मा dynamic, forward-looking र inclusive culture सिर्जना गर्नेछ, जहाँ नयाँ पुस्ताले संस्थाको growth, innovation र global competitiveness मा ठोस योगदान पुर्याउन सक्नेछन्। साथै, Youth Mentorship Program मार्फत युवा सदस्यहरूलाई अनुभवी कन्सल्टेन्सी व्यवसायी र industry experts सँग प्रत्यक्ष mentorship र professional guidance उपलब्ध गराइनेछ, जसले उनीहरूलाई career-ready, confident र entrepreneurial बनाउनेछ। यसरी, युवा सदस्यहरूको उपस्थिति केवल symbolic नभई strategic र transformative हुनेछ, जसले ECAN को भविष्यलाई नयाँ उचाइमा पुर्याउनेछ।
८. महिला नेतृत्व र समावेशिता
म महिला नेतृत्वमा पूर्ण विश्वास राख्छु र मेरो कार्यसमितिमा महिला सदस्यहरूको सक्रिय सहभागिता गर्नेछु। इक्यान मा सल्लाहकार समितिमा पनि महिला उपस्थिति कायम राख्दै उहाहरूको अनुभव, दृष्टिकोण र निर्णय क्षमतालाई संस्थाको रणनीतिमा सम्मानपूर्वक समेटिनेछ। साथै, इक्यान Women Leadership Conclave नियमित रूपमा सञ्चालन गरिनेछ, जसले शैक्षिक परामर्श क्षेत्रमा कार्यरत महिला उद्यमी, व्यवसायी र म्यानेजरहरूको क्षमता अभिवृद्धि गर्नेछ र नीतिगत निर्णय र रणनीतिक तहमा सम्मानपूर्वक सहभागी गराउने अवसर प्रदान गर्नेछ। यसले ECAN मा सम्मानजनक, समावेशी र अग्रगामी संस्कृति निर्माण गर्नेछ र महिला नेतृत्वलाई संस्थागत विकास तथा पेशागत प्रभावकारितामा सशक्त बनाउनेछ।
९. EDUCLAVE 4.0/5.0: ECAN’s Policy Leadership & Engagement Platform
इक्यानको शैक्षिक नीति निर्माणमा नेतृत्वदायी भूमिका सुनिश्चित गर्न एडुक्लेभलाई एक बौद्धिक थिङ्क-ट्याङ्कको रूपमा विकास गरिनेछ। यसले सदस्यहरूलाई नीति, अनुसन्धान र रणनीतिक बहसमा प्रत्यक्ष सहभागी बनाउने अवसर दिनेछ। साथै, यस प्लेटफर्म मार्फत सरकारी अधिकारी, नीति निर्माता, शिक्षाविद्, विश्वविद्यालय प्रतिनिधि र उद्योग विशेषज्ञहरूलाई नियमित रूपमा समावेश गरिनेछ, जसले पाेलिसी डायलग, एभिड्न्समा आधारित निर्णय र स्कटर वाइड काेल्याबाेरेसनलाई सशक्त बनाउनेछ। एडुक्लेभ केवल विचार आदानप्रदानको माध्यम मात्र नभई इक्यानको क्रेडिबल, फरवार्ड लुकिङ र इन्फ्ल्यूएन्सिएल भ्वाइस बन्ने प्रमुख मञ्च हुनेछ, जसले शैक्षिक परामर्श क्षेत्रमा संस्थाको प्रतिष्ठा र प्रभावकारिता दुवै बढाउनेछ।
१०. इक्यान लिगल डिफेन्स सेल
यस सेलले दर्ता भएका कन्सल्टेन्सीहरूलाई अनुगमन, जरिवाना, रेगुलेटरी कम्प्लायन्स जोखिम र अवैधानिक दबाबबाट २४/७ कानुनी र प्रशासनिक समर्थन उपलब्ध गराउनेछ। साथै, शैक्षिक परामर्शलाई ‘एजुकेशन सर्भिस इण्डस्ट्री’ को रूपमा मान्यता दिलाउन सक्रिय लबी गरिनेछ।
११. Low-Interest Business Loan:
कन्सल्टेन्सी विस्तार र अफिस व्यवस्थापनका लागि वाणिज्य बैंकहरूसँग सम्झौता गरी सदस्यहरूलाई सहुलियतपूर्ण ‘Business Growth Loan’ को व्यवस्था गरिनेछ।
१२. शिक्षा ऐनमा शैक्षिक परामर्श
म नयाँ बन्न लागेको शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रलाई ‘मर्यादित सेवा उद्योग’ (Dignified Service Industry) को रूपमा औपचारिक रूपमा समावेश गराउन निर्णायक, रणनीतिक र दृढ advocacy गर्नेछु। यस प्रक्रियामा कुनै धरौटी, दबाब वा अनावश्यक बाध्यता बिना, कानुनी र नीतिगत ढाँचाभित्र पूर्ण रूपमा काम गर्दै, ECAN सदस्यहरूको व्यवसायिक साख, प्रतिष्ठा र अधिकार सुरक्षित गरिनेछ। यो कदम शैक्षिक परामर्शलाई मात्र औपचारिक बनाउने होइन, बरु यस पेशाको मर्यादा, पारदर्शिता र सम्मान सुनिश्चित गर्दै, ECAN लाई अग्रणी, भरोसायोग्य र प्रभावशाली संस्था बनाउनेछ।
१३. Zero Tolerance on Fraud: Protecting ECAN’s Reputation
दर्ता बिना वा अनियमित काम गर्ने केही कन्सल्टेन्सीका कारण ECAN का ७०० भन्दा बढी सदस्यहरूको प्रतिष्ठा जोखिममा नपरोस् भनी म ‘Internal Monitoring Framework’ कडाइका साथ लागू गर्नेछु। यस मार्फत सबै सदस्यहरूको गतिविधि नियमित रूपमा निगरानी गरिनेछ, अवैधानिक वा अनैतिक काम गरिरहेका सदस्यहरूलाई तत्काल कारबाही गरिनेछ, र वैध सदस्यहरूको साख, व्यवसायिक मर्यादा र भरोसा सुरक्षित राखिनेछ। म दृढतापूर्वक भन्छु: ECAN मा fraud र अनियमितताका लागि zero tolerance हुनेछ।
१४. ECAN Member Privilege Card
म ECAN सदस्यहरूको corporate presence र पेशागत मूल्य अझ सशक्त बनाउन ‘ECAN Privilege Card’ को व्यवस्था गर्नेछु। यस कार्डमार्फत सदस्यहरूले अस्पताल, होटल, हवाई टिकट र अन्य सेवा सुविधाहरूमा विशेष छुट पाउनेछन्, जसले उनीहरूको पेशागत जीवनलाई सहज, सशक्त र सम्मानजनक बनाउनेछ। यसले ECAN सदस्यतालाई मात्र मान्यता दिने होइन, व्यावसायिक लाभ र नेटवर्किङ अवसर पनि सुनिश्चित गर्नेछ।
१५. ECAN Media Response Team
म ECAN का सदस्य कन्सल्टेन्सीहरूको व्यावसायिक छवि र साखलाई भ्रामक प्रचार र झूटा आरोपबाट जोगाउन प्रतिवद्ध छु। सामाजिक सञ्जाल (TikTok, Facebook, YouTube) र अन्य सञ्चारमाध्यममा फैलिने गलत सूचना विरुद्ध Cyber & Social Media Defense मार्फत कडा कानुनी र डिजिटल प्रतिवाद गरिनेछ। कुनै पनि सदस्य संस्थामाथि संकट वा मिडिया ट्रायल आएमा Rapid Response Unit तुरुन्त सक्रिय भएर आधिकारिक धारणा सार्वजनिक गर्नेछ र सदस्यको व्यवसाय सुरक्षित गर्नेछ। साथै, Fact-Check Bureau मार्फत गलत हल्ला चिर्ने र verified जानकारी सदस्य तथा विद्यार्थी/अभिभावकहरूलाई उपलब्ध गराइनेछ। यसरी Media Response Team ले ECAN सदस्यहरूको साख, व्यवसाय र credibility लाई सधैं सुरक्षित बनाउनेछ।
१६. Membership Recognition & Awards – Celebrating Excellence and Ethical Leadership
म ECAN का सदस्य कन्सल्टेन्सीहरूको व्यवसायिक उत्कृष्टता र नैतिक अभ्यासलाई संस्थागत स्तरमा मान्यता दिन पूर्ण प्रतिबद्ध छु। यसका लागि Annual Membership Awards & Recognition Program सञ्चालन गरिनेछ, जसले उत्कृष्ट सेवा, innovation, professionalism र ethical counseling मा योगदान गर्ने सदस्यहरूलाई सम्मानित गर्नेछ। यो कार्यक्रम केवल पुरस्कार वितरणमा सीमित नहुने, बरु ECAN को corporate identity, credibility र industry leadership लाई प्रवर्द्धन गर्ने माध्यम बन्नेछ। Awards process पूर्ण रूपमा transparent, merit-based र peer-reviewed हुनेछ, जसले सदस्यहरूलाई प्रेरित गर्दै नैतिक व्यवसायिक अभ्यास र सेवा गुणस्तरमा अझ बढी ध्यान दिन प्रोत्साहित गर्नेछ।
१७. ECAN Member Financial & Compliance Empowerment
म ECAN सदस्यहरूको व्यवसायिक स्थायित्व र कानुनी सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध छु। VAT, Income Tax, TDS लगायत कर व्यवस्थापन सरल बनाउने Specialist Tax Helpdesk स्थापना गरिनेछ, जसले तुरुन्त मार्गदर्शन, Tax Clearance सहयोग र अनियमित जरिवानाबाट सुरक्षा दिनेछ। व्यवसायिक वित्तीय दक्षता बढाउन Cash Flow Management, Strategic Budgeting, र Financial Planning तालिम गरिनेछ। आन्तरिक लेखा-परीक्षण पारदर्शी बनाउन आधुनिक एकाउन्टिङ सफ्टवेयर र प्रक्रियात्मक सहयोग उपलब्ध गराइनेछ। सदस्यहरूले Low-Interest Working Capital Loan र Fraud Prevention, Risk Management तालिम पाउनेछन्। यसरी सदस्यहरूको वित्तीय अनुशासन, कानुनी सुरक्षा र व्यवसायिक मर्यादा सुनिश्चित हुँदै ECAN को credibility र domain leadership मजबुत हुनेछ।
१८. G2G & B2B Diplomatic Engagement
म ECAN को तर्फबाट सरकार-देखि-सरकार (G2G) सम्झौतामा सक्रिय भूमिका सुनिश्चित गर्नेछु, जसमा व्यावसायिक सुझाव (B2B Perspectives) सिधै समावेश गरिनेछ। यसका लागि परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र सम्बन्धित सरकारी निकायहरूसँग नियमित समन्वय र advocacy गरिनेछ, ताकि सदस्यहरूको professional interests सुरक्षित रहोस् र शैक्षिक परामर्श उद्योगका standards, ethical practices र credibility कायम रहोस्। यो पहलले ECAN सदस्यहरूको व्यवसायलाई नीतिगत तहमा मान्यता दिलाउने, सरकारी निर्णय प्रक्रियामा प्रभाव पार्ने र industry-wide transparency र respect सुनिश्चित गर्नेछ।
१९. ICEF र NAFSA जस्ता विश्व मञ्चमा ECAN को impactful presence
मेरो नेतृत्वमा, ECAN सदस्यहरूलाई विश्वस्तरीय नेटवर्किङ र व्यावसायिक अवसरमा प्रत्यक्ष पहुँच दिलाउन ICEF र NAFSA जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा ECAN को नेतृत्वदायी उपस्थिति गरिनेछ। यस अन्तर्गत, सदस्यहरूले समूह सहभागिता मार्फत Registration र Travel मा संस्थागत छुट पाउनेछन् र ICEF/NAFSA मा ECAN Nepal Pavilion मार्फत विश्वविद्यालय प्रतिनिधिहरूसँग B2B मिटिङ र Direct Agreement गर्ने अवसर पाउनेछन्। सहभागिता अघि Global Networking Workshops मार्फत प्रभावकारी Business Pitch र साझेदारी रणनीति सिकाइनेछ, साना सदस्यहरूको लागि Travel Grant/Subsidy पनि उपलब्ध गराइनेछ। साथै, ECAN सदस्यहरूको प्रोफाइल अन्तर्राष्ट्रिय फोरमका Member Directories मा समावेश गरी, Ethical & Certified Agency को रूपमा ECAN को पहिचान विश्वभर स्थापित गरिनेछ, जसले सदस्यहरूको credibility, visibility र global business growth लाई सशक्त बनाउनेछ।
२० Corporate Social Responsibility (CSR) Initiative:
म ECAN लाई केवल व्यवसाय केन्द्रित संस्था नभई समाज र राष्ट्रप्रति उत्तरदायी बनाउने प्रतिबद्ध छु। यस अन्तर्गत, सदस्य कन्सल्टेन्सीहरूले सामूहिक रूपमा समाजसेवा, शिक्षा पहुँच, र क्षमता निर्माण कार्यक्रमहरूमा योगदान पुर्याउनेछन्। गरिब, अवसरविहीन, र talent भएका विद्यार्थीहरूलाई scholarship र mentorship उपलब्ध गराइनेछ। साथै, डिजिटल शिक्षा, career guidance, र vocational training मार्फत युवा, महिला र ग्रामीण समुदायलाई सशक्त बनाइनेछ।
२१. Branch Education Summits: काठमाडौँ केन्द्रित कार्यक्रमहरूलाई विकेन्द्रीकरण गर्दै सबै ब्रान्चमा पालैपालो ‘Regional Edu-Conclaves’ आयोजना गरिनेछ, जहाँ विदेशी विश्वविद्यालयका प्रतिनिधि र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ।
२२. Diplomatic Engagement & Member Prioritization:
म ECAN सदस्यहरूको व्यावसायिक हित, credibility र visibility लाई सर्वोच्च प्राथमिकतामा राख्नेछु। विदेशका दूतावास, High Commissions र कूटनीतिक निकायहरूसँग हुने सबै बैठक, policy dialogue, seminars र workshops मा ECAN सदस्यहरूलाई प्रत्यक्ष पहुँच र प्राथमिकता दिइनेछ। साथै, embassy/High Commission-sponsored briefing sessions, pre-departure orientations, visa workshops, र professional networking events नियमित रूपमा आयोजना गरिनेछ, जसले सदस्यहरूलाई international regulatory updates, student placement strategies र compliance knowledge मा अग्रणी बनाउनेछ। यसरी, ECAN को सदस्यहरू केवल local stakeholders सँग सीमित नभई global diplomatic र institutional networks मा पनि सुरक्षित, recognized र strategically positioned हुनेछन्।
२३. Comprehensive Member & Office Insurance:
मेरो उच्च प्राथमिकता ECAN का सदस्य सञ्चालक र कार्यालयको पूर्ण सुरक्षा सुनिश्चित गर्नु हुनेछ। सदस्यका लागि Group Life & Health Insurance लागू गरिनेछ, जसले आकस्मिक स्वास्थ्य समस्या वा आपतकालीन अवस्थाबाट सुरक्षा दिनेछ। कार्यालयमा हुने जोखिमहरू—जस्तै आगलागी, चोरी वा ठूलो क्षति—बाट व्यवसाय पुनःस्थापना गर्न Business Continuity & Asset Insurance को व्यवस्था गरिनेछ। सदस्यले परामर्श दिनुअघि हुन सक्ने मानवीय त्रुटी (Counseling Errors) का कारण उत्पन्न हुने कानुनी वा वित्तीय दाबीबाट बचाउन Professional Indemnity Insurance उपलब्ध गराइनेछ।
२४. ECAN Corporate Office – Hub for Members
म ECAN का सदस्य र कार्यसमितिका लागि एक नयाँ, आधुनिक Corporate Office स्थापना गर्नेछु। यसले administrative काम मात्र नभई प्रशिक्षण, Workshop, बैठक र अन्तर्राष्ट्रिय समन्वयका लागि professional hubको रूपमा काम गर्नेछ। नयाँ कार्यालयले सदस्यहरूको visibility, credibility र organizational strength बढाउनेछ र ECAN को भविष्यमा growth र global standards सुनिश्चित गर्नेछ।
२५. ECAN Digital Success Storytelling
म ECAN सदस्यहरूको सफलताका कथाहरूलाई संस्थाको आधिकारिक डिजिटल च्यानलहरू—Website, Social Media र Newsletter—मार्फत प्रचार गर्नेछु। यसले सदस्यहरूको Brand Value मात्र बढाउने छैन, उनीहरूको नेतृत्व क्षमताको दृश्यता (Leadership Visibility) पनि मजबुत बनाउनेछ र अन्य शैक्षिक तथा व्यावसायिक sectors मा ECAN को प्रभाव र प्रतिष्ठा स्पष्ट देखिनेछ।
२६. Full-Time Commitment to ECAN
म आगामी दुई वर्षका लागि ECAN को लागि पूर्णकालीन समर्पित रहनेछु। यो अवधिमा मेरो समय, ऊर्जा र पेशागत क्षमताको सम्पूर्ण केन्द्रित उपयोग ECAN का ७०० सदस्य र संस्थाको विकास, साख, र अग्रगामी योजनाहरूको लागि गरिनेछ। मेरो प्रतिबद्धता स्पष्ट छ: part-time होइन, पूर्ण-समर्पित नेतृत्व, जसले संस्थालाई द्रुत निर्णय, स्थायी परिणाम र सबै सदस्यहरूको हितमा अग्रसर बनाउनेछ।