काठमाडाैँ - पोखरामा आयोजित प्रधानाध्यापक संघ नेपाल (PAN) को दोस्रो राष्ट्रिय सम्मेलनमा सुदाम प्रसाद गौतमको अध्यक्षतामा २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन भएको छ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हेरम्बराज कँडेल, उपाध्यक्षमा टिकाराम पाण्डेय, महासचिवमा लक्ष्मण श्रेष्ठ, उप महासचिवमा मीन अछामी, सचिबहरूमा बेग बहादुर थापा, मन्जु बस्नेत र याम बहादुर श्रेष्ठ चयन भएका छन् भने कोषाध्यक्षमा रिता तिवारी, सहकोषाध्यक्षमा हिमाल केसी र सदस्य सचिबमा घनश्याम न्यौपाने चयन भएका छन्।
त्यस्तै २९ सदस्य कार्यसमितिको सदस्यहरूमा सञ्जय कुमार झा, बसन्ता गिरी, लक्ष्मी पन्त देवकोटा, विश्वरसिंह मेवाहाङ, चन्द्र प्रसाद मैनाली, बामदेव पौडेल, हरिप्रसाद घिमिरे, नवराज घिमिरे, लक्ष्मण दत्त भट्ट, कुबेर प्रसाद भेटुवाल, विनिता कुमारी साह, महाबिर दास, प्रबिन प्रकाश श्रेष्ठ, गीता काफ्ले, शारदा पौडेल, दुर्गा बहादुर रावत, मधुसुदन पोखरेल र डा. टंक दाहाल चयन भएका छन्।
त्यस्तै कार्यक्रममा देशभरका सातै प्रदेशबाट छनोट गरिएका उत्कृष्ट आधारभूत तथा माध्यमिक तहका प्रधानाध्यापकहरूलाई नगद राशिसहित सम्मान गरिएको थियाे। जसमा जनता राष्ट्रिय आधारभूत विद्यालय, धनकुटाबाट शुक्रबहादुर लिम्बु, शारदा आधारभूत विद्यालय, सिरहाबाट ज्ञानेन्द्र ठाकुर, बनेपा आधारभूत विद्यालय, काभ्रेपलाञ्चोकबाट मीना कुमारी सेढाई, मिर्मी आधारभूत विद्यालय, स्याङ्जाबाट शोभा पाण्डे, छेडापोखरा आधारभूत विद्यालय, प्युठानबाट सृजना पण्डित,कालिका आधारभूत विद्यालय, जाजरकोटबाट ठाकुरनाथ शर्मा, ईश्वर आधारभूत विद्यालय, बझाङबाट ललित बहादुर कठायत सम्मानित भएका थिए।
माध्यमिक तहमा आदर्श माध्यमिक विद्यालय, मोरङबाट सन्तोष पोखरेल, जलधर कमलदेव नमुना मावि, सर्लाहीबाट विनिता शाह, विश्व निकेतन माध्यमिक विद्यालय, काठमाडौँबाट हेरम्बराज कँडेल, माछापुछ्रे माध्यमिक विद्यालय, कास्कीबाट सन्तोष आचार्य, ज्योति माध्यमिक विद्यालय, अर्घाखाँचीबाट शंकर अर्याल, जीवन ज्योति माध्यमिक विद्यालय, सल्यानबाट भुपाल साहु, सूर्यचन्द्र माध्यमिक विद्यालय, अछामबाट देवेन्द्र शाह सम्मानित भएका थिए।
यसै अवसरमा देशभरिका उत्कृष्ट पालिकाहरू, साथै सातै प्रदेशबाट उत्कृष्ट आधारभूत र माध्यमिक विद्यालयहरूलाई पनि सम्मान गरिएको थियो।
सम्मानित सम्पूर्ण प्रधानाध्यापकहरूलाई सम्मानपत्र तथा नगद पुरस्कार माननीय शिक्षामन्त्री श्री रघुजी पन्त, प्यान अध्यक्ष श्री सुदाम गौतम, र संसदीय शिक्षा समितिका सभापति श्री अम्मरबहादुर थापाको प्रमुख आतिथ्यमा प्रदान गरिएकाे हाे।