काठमाडाैँ-म्याग्दीको विकट गाउँ नांगीमा जन्मिएका महावीर पुन केवल एक व्यक्तिको नाम होइन, नेपालको ग्रामीण विकास, प्रविधि र नव प्रवर्तनको प्रतीक बनेका व्यक्तित्व हुन्। “दूर दराजका गाउँमा इन्टरनेट पुर्याउने सपना” बोकेर अमेरिकाबाट नेपाल फर्किएका महाविर बैज्ञानिक, शिक्षामन्त्री हुँदै अहिले जननिर्वाचित सांसद भएका छन्।
म्याग्दिबाट गत फागुन २१ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका पुन नयाँ संसदमा एक्ला स्वतन्त्र सांसद हुन्। जेनजी विद्रोहपछि किताब बेच्दा बेच्दै सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका पुन अहिले जनताबाट अनुमोदित भएका छन्। आफ्नो साधारण जिवशैलिका कारण सधै चर्चामा रहने महाविरसँग जनताले आगामी दिनमा पनि संसदमा रचनात्मक भूमिका खेल्ने अपेक्षा लिएका छन्। राष्ट्रिय राजनीतिमा प्रवेश गरेका पूर्व शिक्षामन्त्री महाविर पुनको यस्तो छ संसदीय यात्रा।
गाउँबाट सुरु भएको असाधारण यात्रा
गरिबी, भौगोलिक विकटता र स्रोतको अभावबीच हुर्किएका पुनले आफ्नो प्रारम्भिक शिक्षा गाउँमै पूरा गरे। उच्च शिक्षा हासिल गर्न उनले संघर्षपूर्ण यात्रा तय गर्नुपर्यो—कहिले अध्यापन गरेर, कहिले विदेशमा सानो काम गरेर। उनले नेपाली वायरलेस नेटवर्क परियोजना स्थापना गरेर नेपालको ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने ऐतिहासिक काम गरे। यो परियोजनाले केवल इन्टरनेट पुर्याउने काम मात्र गरेन, यसले ग्रामीण शिक्षा, स्वास्थ्य सेवा, ई–गभर्नेन्स र स्थानीय उद्यमशीलतामा नयाँ ढोका खोल्यो।
अन्तर्राष्ट्रिय सम्मान र योगदान
उनको योगदानको कदर गर्दै प्रतिष्ठित “रामोन म्याग्सेसे पुरस्कार” प्रदान गरेको थियो। यो पुरस्कारलाई एशियाको नोबेल पुरस्कार पनि मानिन्छ। यसले उनको कामलाई विश्वस्तरमा चिनायो। तर, सम्मान र पहिचानभन्दा पनि पुनको ध्यान सधैं “समाजका लागि काम” मा केन्द्रित रह्यो। पुनले केवल इन्टरनेटमै सीमित नभई अनुसन्धान र नव प्रवर्तनको क्षेत्रमा पनि योगदान दिन खोजे। उनले “नेशनल इनोभेसन सेन्टर” स्थापना गरेर युवालाई अनुसन्धानमा लाग्न प्रेरित गरे। आर्थिक अभावका कारण उनले आफ्नै किताब बेचेर अनुसन्धान केन्द्र चलाउने प्रयास गरे—यो घटना उनको त्याग र समर्पणको स्पष्ट उदाहरण हो।
राजनीतिमा प्रवेश
’किताब बेचेर कारखाना चलाउने सपना देखेका पुन गत २३ २४ के जेद्दजी अनदेलन पश्चात संसद बनेका पुन “देश विकासका लागि प्रणालीमै परिवर्तन आवश्यक ठानेपछि परम्परागत राजनीतिभन्दा फरक सोचसहित अगाडि बढे।” उनको मुख्य एजेन्डा स्पष्ट थियो। अनुसन्धान र नवप्रवर्तनमा लगानी, युवालाई रोजगारी ,प्रविधिमा आधारित विकास हुन। भदौ २३ र २४ को जेन्जी आन्दोलन पश्चात बनेको सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री भएका महाविर गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा म्यागदीबाट त्रिभुज चुनावचिन्ह लिएर स्वतन्त्र उम्मेद्वार थिए। उनले अनुसन्धानमा लगानी बिना देश विकास सम्भव नहुने बताउँदै आएका छन् भने युवालाई रोजगारी दिन नवप्रवर्तन, प्रविधिमा आधारित विकास नै दिगो विकासको आधार हो भन्ने कुरालाइ सावित गर्न सकेका छन्।
संसदीय यात्राको सुरुवात
म्याग्दीबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका पुनले “नयाँ सोच, नयाँ विकल्प” को सन्देश लिएर चुनावी मैदानमा उत्रिए। उनको अभियान परम्परागत राजनीति भन्दा फरक थियो- पैसा र शक्ति होइन, विचार र योजना केन्द्रमा राखे, विकासको आधार प्रविधि र अनुसन्धानलाई ठाने आफ्ना एजेन्डामा युवापुस्तालाई केन्द्रमा राखे, जनताको विश्वास र समर्थनका आधारमा उनी संसदसम्म पुग्ने यात्रा तय गरे।तर, यो यात्रा उनलाइ सजिलो भने छैन। यदि महावीर पुनका योजनाहरू सफल भए भने नेपालमा अनुसन्धान र नवप्रवर्तनको नयाँ युग सुरु हुन सक्छ, युवाहरू विदेश पलायन रोक्न सकिन्छ, ग्रामीण क्षेत्रमा प्रविधिमार्फत विकास सम्भव हुनसक्छ। गाउँमा इन्टरनेट पुर्याउने सपना देख्नेका महाविर अब देशको नीति निर्माण तहमा पुगेका छन्।
यो केवल एक व्यक्तिको कथा होइन-यो नेपालको सम्भावना, संघर्ष र परिवर्तनको कथा हो।