काठमाडाैँ- मुलुकको कार्यकारी नेतृत्वमा बालेन्द्र शाह पुगेका छन्। काठमाडौँ महानगरको प्रमुख हुँदै शाह नेपालको ४३ औँ प्रधानमन्त्रीका रुपमा नियुक्त भएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीका रुपमा २०८२ चैत १३ गते रामनवमीका दिन नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। ३५ वर्षीय शाहलाई नियुक्त गरि १२ वजेर ३४ मिनेटको शुभसाईतमा सपथ ग्रहण गराएका हुन्। शाह यस अघि २०७९ देखि २०८२ सम्म काठमाडौँ महानगरपालिकाको १५औँ नगर प्रमुखका रूपमा कार्य गरेका थिए।
उनी प्रतिनिधि सभा निर्वाचन, २०८२मा राष्ट्रिय स्वतन्त्र पार्टीवाट उम्मेदवार बनेका शाह झापा निर्वाचन क्षेत्र नम्वर ५ वाट नेकपा एमालेका अध्ययक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
प्रधानमन्त्री बनेका शाह स्ट्रक्चरल इन्जिनियर र र्यापर पनि हुन्। स्थानीय तह निर्वाचन, २०७९मा काठमाडौँको नगर प्रमुखमा निर्वाचित भएका शाहले आफ्नो कार्यकालमा फोहोर व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा विभिन्न पहलहरू सुरु गरेका थिए।
बालेन शाह अनधिकृत संरचनाहरू भत्काउने, सुकुम्बासी बस्ती व्यवस्थापन र फुटपाथ व्यवसायीहरू विरुद्धको कारबाहीका कारण काठमाडौँबासी माझ लोकप्रिय थिए।
यसले गर्दा उनले आलोचना र प्रसंसा दुवै बटुलेका बालेन शाहले २०८२ माघमा काठमाडौँको मेयर पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। उनले प्रतिनिधि सभा निर्वाचन, २०८२ पार्टीको तर्फवाट प्रधानमन्त्री उम्मेद्वारका रूपमा प्रतिस्पर्धा गरेका थिए।
बालेन शाहको जन्म वि.सं. २०४७ वैशाख १४ गते नरदेवी, काठमाडौँमा भएको थियो। उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवादेवी शाहका कान्छा छोरा हुन्। शाहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतवाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।
२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रूपमा कार्य समेत गरेका थिए। पेशागत रूपमा इन्जिनियर भए पनि बालेनले नेपाली र्याप संगीतमार्फत पनि आफूलाई फरक ढंगले चिनाएका छन्।
उनका गीतहरूमा सामाजिक समस्या, भ्रष्टाचार, असमानता र युवाको आवाज सशक्त रूपमा प्रस्तुत हुने गरेको छ। यसले उनलाई विशेषगरी युवापुस्तामाझ लोकप्रिय बनाएको थियो।
उनले गर्ने गतिविधि र सामाजीक संञ्जाल मार्फत दिने अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा छुट्टै पहिचान बनाएका थिए।
नेपालको प्रधानमन्त्री बनेका शाह माथि थुपै चुनौती रहेका छन्। आम नागरिकको तत्कालिन र दिर्गकालीन अपेक्षको सम्वोधन गर्दै सन्तुलित परराष्ट्र सम्वन्धलाई अघि बढाउने कार्यमा शाह खरो उत्रन जरुरी छ।
पुरानो राजनीतिक शैलीबाट आर्जीत बनेका नागरिकहरु शाह नेतृत्वको नयाँ सरकारको गठनसँगै मुलुकको मुहारमा परिवर्तन होलाकी भन्ने आशामा बसेका छन्।