काठमाडौँ - अविभावक र विद्यार्थीमा ‘कस्तो विद्यालय राम्रो विद्यालय’ भन्ने जिज्ञासा हुनु स्वभाविक हो। यही विषयको चिरफार गर्न सर्वसाधारण, नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र, आवासीय विद्यालयहरूको छाता संगठन प्याव्सन, एनप्याव्सन लगायतले तयार पारेका रिपोर्ट र तथ्याङ्कको आधारमा शिक्षण सिकाइमा जाेड दिने काठमाडौँ उपत्यका भित्र अभिभावक र विद्यार्थीको रोजाइमा पर्न सफल केहि शिक्षण संस्थाको सूची नेपाली वर्णानुक्रम अनुसार तयार पारेका छौँ।
ईम्पेरियल वल्ड स्कुल, हात्तिगौडा, काठमाडौँ
ईम्पेरियल वल्ड स्कुल हात्तिगौडा काठमाडौँमा अवस्थित रहेको छ। यस स्कुलमा कक्षा नर्सरी देखी १०सम्म पठनपाठन हुन्छ। विश्वस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्य बोकेको इम्पेरियल वल्र्ड स्कूल अनुभवी शिक्षक टोलीद्वारा सञ्चालित छ। यस स्कुलको मुख्य उदेश्य विश्वव्यापी रूपमा केन्द्रित शिक्षा प्रदान गर्दै प्रत्येक बालबालिकाको व्यक्तिगत क्षमता विकास गर्नु हो।
यस स्कुलले अठार महिनादेखि दुई वर्ष उमेरका बालबालिकाका लागि खेल मैदान; तीन र चार वर्षका लागि नर्सरी–स्तरको आधारभूत पाठ्यक्रम चार र पाँच वर्षका लागि एलकेजी स्तरको एक्सप्लोर पाठ्यक्रम, पाँच र छ वर्षका बालबालिकाका लागि युकेजी स्तरको डिस्कभर लगायतको पाठ्यक्रम प्रदान गर्दछ।
स्कुलमा विद्यार्थीलाई सहज होस् भनी प्रविधि मैत्री कक्षा कोठा, विद्यार्थीका लागि आवासिय प्रवन्ध, चमेना गृह, पुस्तकालय, खेलकुद मैदान, स्वच्छ तथा शान्त वातावरण, यातायात लगायतको व्यवस्था गरेको छ।
एलआरआई स्कुल, कलंकी, काठमाडौँ
सन् १९८८ मा स्थापना भएको लर्निङ रेल्म इन्टरनेश्नल अर्थात (एलआरआई) स्कुल काठमाडौँको कलंकीमा रहेको छ।
एलआरआईले विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा जोड दिँदै आएको छ। एलआरआई स्कुलमा पढ्दै, खेल्दै, सिक्ने विद्यार्थीमैत्री वातावरणमा अध्यापन हुन्छ। विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, अत्याधुनिक डिजीटल पुस्तकालयका साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको प्रवन्ध रहेको छ।
एलआरआई विभिन्न विद्यालय स्तरका खेलकुद प्रतियोगीताहरुमा सहभागी हुँदै आएको छ। अन्तर विद्यालय क्रिकेट टुर्नामेन्ट, अन्तर विद्यालय बास्केटबल लगाएतका थुप्रै प्रतियोगितामा एलआरआईले उत्कृष्टता हासिल गरेको छ।
एलआरआइले विद्यार्थीलाई शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ। भाषासँगै चित्रकला, बास्केटबल, फुटबल, फुटसलको तालिम पनि विद्यार्थीहरुलाई प्रदान गर्छ। एलआरआई स्कुलमा पढेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा स्थापित छन्।
एलआरआईले काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा लागु गरेको बुक फ्रि–फ्राइडे पनि लागू गरेको छ। जस अन्र्तगत प्लम्बिङ ल्याब, ईलेक्ट्रिक ल्याब, सिलाई बुनाई सम्वन्धी ल्याब, सञ्चालनमा ल्याएको छ।
एलआरआईले अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा २ देखि कक्षा १२ सम्म चाईनिज भाषा प्रशिक्षण समेत प्रदान गर्दै आएको छ। साथै स्कुलले विश्वका ६० भन्दा बढि देशमा म्याथमेटिक्सका लागि प्रभावकारी बन्दै गएको कुमुन शिक्षा प्रणाली नेपालमा पहिलो पटक लागू गरेको छ।
काष्ठमण्डप विद्यालय, मण्डिकाटार, काठमाडौँ
सन् १९९३ मा स्थापित काष्ठमण्डप विद्यालय काठमाडौँ मण्डिकाटारमा अवस्थित रहेको छ। यस विद्यालयमा कक्षा १ देखी १२ सम्म पठनपाठन हुन्छ। काष्टमण्डप विद्यालयमा सम्पुर्ण महिला कर्मचारी कार्यरत छन्। काष्ठमण्डपका दक्ष, अनुभवी शिक्षकहरूले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक सैद्धान्तिक र व्यावहारीक ज्ञानको लागि निरन्तर मार्गदर्शन गर्दे आएको छ।
प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रदान गर्ने उद्देश्य बोकेको काष्ठमण्डपले प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ।काष्ठमण्डपले विद्यार्थीहरूको चौतर्फी विकासको लागि आवश्यक प्रवन्ध गर्दे अनुकूल र सकारात्मक वातावरणमा शिक्षा प्रदान गर्ने उदेश्य बोकेको छ। काष्ठमण्डपमा पुस्तकालय, खेलमैदान, प्रविधिमैत्री कक्षाकोठा, कम्प्युटर ल्याब, चमेना गृह लगायतका फराकिलो बास्केटबल र फुटसल कोर्ट रहेका छन्।
काठमाडौँ वल्ड स्कुल, सुर्यविनायक, भक्तपुर
शिक्षाविद् र उद्यमीहरूको समूहद्वारा स्थापित काठमाडौं वल्र्ड स्कुल भक्तपुरको सूर्यविनायक गुण्डुमा अवस्थित छ। काठमाडौँ वल्डमा कक्षा १ देखी १२ सम्म पठनपाठन हुन्छ। विद्यार्थीलाई पाठ्यक्रममा मात्र सीमित नराखीे अन्य अतिरिक्त क्रियाकलापलाई पनि स्कुलले विशेष जोड दिने गरेको छ। यस स्कुलले विद्यार्थीहरूलाई विश्वव्यापी स्तरको शिक्षा प्रदान गर्दै उनीहरूको बौद्धिक, सामाजिक, शारीरिक र नैतिक विकासमा योगदान पुर्याउँदै आएको छ।
भौतिक शैक्षिक पूर्वाधारमा सुसम्पन्न रहेको यस स्कुलमा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनको साथै प्रविधि मैत्री कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, चमेना गृह र यातायात सहितको सुविधा उपलब्ध छन्। काठमाडौं वल्र्ड स्कुलले विद्यालय परिसरमै सुरक्षित एवं स्वस्थ छात्रावासको समेत व्यवस्था गरेको छ।
केएमसी स्कुल, बुद्धनगर, काठमाडौँ
काठमाडौँको केन्द्रभाग बुद्धनगरमा अवस्थित काठमाडौँ मोडेल सेकेन्डरी स्कुल विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल शिक्षण संस्था हो। १८ रोपनि क्षेत्रफलमा फैलिएको केएमसीमा विद्यार्थी मैत्री वातावरणमा अध्यापन हुन्छ।
विसं २०६२ सालमा स्थापना गरिएको यस विद्यालयले कक्षा १ देखि ७ कक्षा सम्म नयाँ विद्यार्थी भर्ना लिने गरेको छ भने कक्षा ८ भन्दा माथि खालि सिटमा मात्र भर्ना लिन्छ।
विद्यालयमा अहिले १ हजार २८६ जना विद्यार्थी अध्ययनरत छन्। बालबालिकालाई फाईफ ई अप्रोचबाट (इन्गेज, एक्सप्लोर, एक्सप्लेन, इलाबोरेट र इभालुएट) अध्यापन गराउँदै आएको छ।
दुई दशक भन्दा बढि समयको यात्रामा केएमसीले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै आफ्नो अलग पहिचान बनाउन सफल भएको छ।
विद्यालयले समयअनुसार आफ्ना भौतिक संरचना र शैक्षिक पूर्वाधारहरूलाई निरन्तर आधुनिकीकरण गर्दै प्रविधिमैत्री र विद्यार्थीमैत्री वातावरण निर्माण गरेको छ। जसले प्रभावकारी सिकाइ–सिकाउने प्रक्रियालाई थप सुदृढ बनाएको छ।
विद्यार्थीको सिकाइ उपलब्धीलाई आन्तरिक मुल्याङ्कनबाट मुल्याङ्कन गर्दै आएको यस विद्यालयले विद्यार्थीको सीप र क्षमता विकासमा जोड दिँदै आएको छ। विद्यालयले परम्परागत शैक्षिक उत्कृष्टतालाई आधुनिक शिक्षासँग समन्वयगर्दै विद्यार्थीहरूमा अनुशासन, नैतिक मूल्य तथा सिकाइप्रतिको रुचि विकास गराउने लक्ष्य राखेको छ।
यस उद्देश्यलाई पूरा गर्न विद्यालयले शैक्षिकसँगै अतिरिक्त क्रियाकलाप, व्यावहारिक ज्ञान र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिलाई प्राथमिकता दिएको छ। अनुभवी तथा दक्ष शिक्षकहरूको टोली, नवीन शिक्षण विधि र सहयोगी वातावरणका माध्यमबाट केएमसीले विद्यार्थीहरूलाई आफ्नो पूर्ण क्षमता विकास गर्न तथा समाजमा सकारात्मक योगदान दिन सक्षम बनाउँदै आएको छ।
केएमसी स्कुल कक्षाकोठाभित्रको सिकाइमा मात्र सीमित नरही व्यवहारिक ज्ञान, सीप विकास तथा प्रतिभा अभिवृद्धिमा विशेष जोड दिँदै आएको छ। विद्यार्थीहरूको क्षमता पहिचान गरी उनीहरूको सपना साकार पार्ने लक्ष्यका साथ विशिष्ट प्रतिभाशाली जनशक्ति उत्पादन गर्ने प्रयास गरिरहेको छ।
यस विद्यालयले राष्ट्रिय परिक्षा बोर्डले सञ्चालन गर्ने विद्यालय शिक्षा परीक्षा (एसईई)मा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ।
समग्रमा, केएमसी स्कुल आधुनिक शिक्षण पद्धति र उच्च शैक्षिक उत्कृष्टताको समन्वय गर्ने प्रतिष्ठित शैक्षिक संस्था हो। उत्कृष्ट भौतिक शैक्षिक पूर्वाधार (कम्प्युटरल्याब, लाईब्रेरी, साइन्स ल्याब, ७ कक्षा भन्दा माथि डिजीटल कक्षा) रहेका छन्। यस्तै विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा विशेष जोड दिँदै आएको छ।
जेम्स स्कुल, धापाखेल, ललितपुर
सन् १९८४ मा स्थापना भएको जेम्स स्कुल ललितपुर धापाखेलमा अवस्थित रहेको छ। यस स्कुलमा कक्षा १ देखि १२ सम्म पठनपाठन हुन्छ। साथै जेम्स स्कुलले क्याम्ब्रिज ए लेभलको कोर्स पनि प्रदान गर्दै आएको छ। यस विद्यालयले प्रत्यक वर्ष एसईईको नतिजाबाट थुप्रै राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार हासिल गर्न सफल भएको छ। जेम्समा पुस्तकालय, स्विमिंङ पुल, खेलमैदान, प्रविधिमैत्री कक्षाकोठा, भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान, कम्प्युटर लगायतका प्रयोगशाला हुनुका साथै फराकिलो बास्केटबल, भलिबल, टेनिस र फुटसल कोर्ट रहेको छ।
जेम्स स्कुलले युके अन्तर्गत अन्तर्राष्ट्रिय पाठ्यक्रम संघ (आईसीए) द्वारा विकसित अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम (आईपीसी) लागू गरेको छ। विद्यार्थीलाई विद्यालय शिक्षाका अलावा जेम्स स्कुलले खेलकुद, कला साहित्य, संगीत लगायतका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै आएको छ।
विद्यार्थीलाई सीप र जिवनसँग जोडेर अध्यापन गराउने यस स्कुलले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रोत्साहन गर्दै आएको छ। जेम्स स्कुलले विद्यार्थीको उज्ज्वल भविष्य र सफल जिवनयापनका लागि सहज हुने हिसाबले जिवनोपयोगी शिक्षा प्रदान गर्दै आएकाले अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको छ।
डिएभी स्कुल, जावलाखेल, ललितपुर
ललितपुर स्थित जावलाखेलमा रहेको डि.ए.भी.शुसिल केडिया विश्व भारती माध्यमिक विद्यालयमा नर्सरी देखि कक्षा १२ सम्म पठनपाठन हुन्छ। यस स्कुलमा ३ हजार ५२७ जना विद्यार्थी अध्ययनरत छन्।
३२ रोपनी क्षेत्रफलमा फैलिएको यस डिएभी विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला रहेको छ। यसका साथै विद्यालयले विद्यार्थीलाई सहज होस् भनि प्रविधि मैत्री कक्षा कोठा, विद्यार्थीका लागि आवासिय प्रवन्ध, चमेना गृह, यातायात लगायतको व्यवस्था गरेको छ।
अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारले सम्पन्न यस विद्यालयले प्रयोगात्मक शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिदैँ आएको छ। डिएभी स्कुलले अन्तर विद्यालयमा आयोजितफुटबल, रोबोटिक्स, बास्केटबल लगायतका थुप्रै प्रतियोगितामा उत्कृष्ट उपाधी हासिल गरेको छ। गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप, बिद्यार्थीमैत्री सेवाका कारणनै विद्यार्थी तथा अभिभावकको रोजाइमा परेको छ।
डिएभी स्कुलले प्रत्यक बर्ष सतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ। डिएभीले नेपाल सरकारको नियम अनुसार मेहनति, जेहेन्दार र लगनशिल विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।
पाठशाला नेपाल फाउन्डेशन, बानेश्वर, काठमाडौँ
पाठशाला नेपाल फाउन्डेशन काठमाडौँ बानेश्वरमा अवस्थित रहेको छ। सन् २००४ मा स्थापना भएको यस विद्यालयमा कक्षा १ देखी १२ सम्म पठनपाठन हुन्छ। पाठशाला फाउन्डेशनमा स्वस्थ र स्वच्छ वातावरण, डिजिटल कक्षाकोठा, खेलकुदका लागि आवश्यक पूर्वाधार, पुस्तकालय, कम्प्युटर ल्याब जस्ता थुप्रै अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरू रहेका छन्।
यस स्कुलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रित विद्यार्थीमैत्री वातावरणमा व्यावहारिक, प्रयोगात्मक र जीवनउपयोगी शिक्षा प्रदान गर्ने गरिएको छ।
स्कुलले इमान्दार, जेहेन्दार र आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुलाई छात्रावृत्तिको व्यवस्था पनि गरेको छ। नेपालमा गुणस्तरीय शिक्षा आर्जन गर्न चाहने विद्यार्थीलाई अत्याधुनिक भौतिक, शैक्षिक पूर्वाधारसहित प्रविधिमैत्री शिक्षा प्रदान गर्न क्रियाशिल यस स्कुल विद्यार्थी र अभिभावको रोजाइमा पर्न सफल छ।
यस विद्यालयले विद्यार्थी अनुपातलाई ध्यान दिँदै शिक्षक र कर्मचारीको व्यस्था गरेको छ। यस विद्यालयले विद्यार्थीलाई उज्ज्वल भविष्य र सफल जिवनयापनका लागि सहज हुने किसिमबाट जिवनोपयोगी शिक्षा प्रदान गर्दै आएको जनाएको छ।
बुढानिलकण्ठ स्कुल, बुढानिलकण्ठ, काठमाडौँ
सन् १९७२ मा स्थापना भएको बुढानिलकण्ठ स्कुलमा स्थापना कालमा ब्रिटिस पाठ्यक्रम पढाइ हुने गरेको थियो। सन् १९९४ पछि बेलायतले पूर्ण रूपमा नेपाललाई विद्यालय हस्तान्तरण गरे पश्चात् बुढानिलकण्ठमा नेपाली पाठ्यक्रम अनुसार पठनपाठन हुन थालेको हो।
यस स्कुल नेपाल सरकार र संयुक्त अधिराज्य (बेलायत) सरकारको संयुक्त सहयोगमा स्थापना भएको हो। शैक्षिक क्षेत्रमा लामो यात्रा तय गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा प्रतिबद्ध बुढानिलकण्ठ स्कुलमा कक्षा ५ देखि १२ कक्षासम्म पढाई हुने गरेको छ।
हाल बुढानिलकण्ठमा ५ देखि १२ कक्षासम्म ११ सयभन्दा वढि विद्यार्थी अध्ययनरत छन्। माध्यमिक शिक्षा परीक्षा एसइइईमा उत्कृष्ट नतिजा ल्याउँन सफल बुढानिलकण्ठको नतिजा सधै उत्कृष्ट हुदैँ आएको छ।
विद्यार्थीहरूले बुढानिलकण्ठमा अध्ययनको लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ। यस स्कुलले कक्षा ५, कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई प्रवेश परीक्षा लिने गरेको छ। बुढानिलकण्ठ स्कुल नेपालमा ‘जनरल सर्टिफिकेट अफ एजुकेशन’ उन्नत स्तर सुरु गर्ने पहिलो विद्यालय हो। ५७४ रोपनी क्षेत्रफलमा फैलिएको बुढानिलकण्ठमा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला उपलब्ध छन्।
रातो बंगला स्कुल, पाटन, ललितपुर
सन् १९९२ मा स्थापना भएको रातो बंगला स्कुल ललितपुरको पाटनढोकामा अवस्थित रहेको छ। रातो बंगलामा किन्डर गार्डेनदेखि कक्षा १२ सम्म पठनपाठन हुन्छ। यस स्कुलले प्रत्येक वर्ष ६ सय विद्यार्थीलाई मात्र भर्ना लिने गरेको छ।
रातो बंगलाले विद्यार्थीलाई किताबी ज्ञान अलवा शारीरिक तथा मानसिक ज्ञानलाई पनि मध्यनजर गर्दै पोजेटिभिटी, सोसेल कमिटमेन्ट, लर्निङ क्रियटिभिटी आदिलाई पनि प्राथमिकतामा दिदैँ आएको छ। रातो बंगलामा अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्। उत्कृष्ट नतिजा तथा अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारको कारण पछिल्लो समय रातो बंगला विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्ने गरेको छ।
रातो बंगलाले विद्यार्थीको रुचि, क्षमता र योग्यतालाई मध्यनजर गरि शिक्षाको ढाँचा बदल्ने गरेको छ। रातो बंगलाले बालबालिकाहरूको रुचि के छ ? उसले कसरी शिक्षक, साथीभाईसँग अन्तक्रिया गर्छ ? घरबाट के कुरा सिकेर आउँछ ? जस्ता बालमनोविज्ञानलाई आधार मानेर प्रत्येक विद्यार्थीको व्यक्तिगत क्षमतालाई मूल्यांकन समेत गर्दछ।
रिलायन्स इन्टरनेशनल एकेडेमी, कपन, काठमाडौँ
विसं २०५० सालमा स्थापित रिलायन्स इन्टरनेशनल एकेडेमी काठमाडौँको सरस्वतीनगर चावलिमा अवस्थित रहेको छ। एकेडेमीले एसएलसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ । यस एकेडेमीले एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दे आएको छ।
आधुनिक शिक्षण सिकाई,अनुभवी शिक्षक शिक्षिका, कुशल व्यवस्थापक, अनुशासित शैक्षिक वातावरण, आकर्षक भौतिक पूर्वाधार जस्ता कुराले वर्षेनी रिलायन्स एकेडेमीले उत्कृष्ट नतिजा हात पार्ने गरेको रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले बताए।
यस विद्यालय उपत्यकाभित्रका निजी स्कुल र +२ कलेजहरू मध्ये एक उत्कृष्ट रोजाइका रूपमा परिचित छ। २०६० सालदेखि विशिष्ठिकृत शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस संस्थाले निरन्तर शैक्षिक उत्कृष्टता हासिल गर्दै आएको छ र विभिन्न राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेको छ।
२०७४ सालमा “द इन्डिपेन्डेन्ट” द्वारा नेपालका शीर्ष ३ संस्थामध्ये एकका रूपमा मान्यता प्राप्त गरेको यस एकेडेमीले विद्यार्थीहरूलाई बोर्ड परीक्षामा सफलता हासिल गर्न तथा अन्तर्राष्ट्रिय स्तरका अवसरहरूका लागि सक्षम बनाउँदै आएको छ।
लिटिल एन्जल्स स्कुल, हात्तीबन, ललितपुर
सन् १९८१ मा स्थापना भएको लिटिल एन्जल्स स्कुल ललितपुर हात्तीबनमा अवस्थित छ। विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना भएको लिटिल एन्जल्स स्कुलभौतिक शैक्षिक पूर्वाधारमा सुसम्पन्न रहेको छ।
विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशालाको व्यवस्था सहित प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह,यातायात सहितको सुविधा यस स्कुलमा उपलब्ध रहेको छ।
लिटिल एन्जल्स अन्र्तगत हाल १० शैक्षिक संस्थाहरु रहेका छन जसमा हाल १७ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्। लिटिल एन्जल्स नतिजामा सधै सर्वाेत्कृष्ट रहेको छ।
लिटिल एन्जल्सले जेहेनदार, निम्न वर्ग, दलित, पिछडिएका विद्यार्थीहरुलाई १० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ। लिटिल एन्जल्सले विद्यार्थीहरूलाई विश्वव्यापी स्तरको शिक्षा प्रदान गर्दै उनीहरूको बौद्धिक, सामाजिक, शारीरिक र नैतिक विकासमा योगदान दिदैआएको छ। लिटिल एन्जल्समा विद्यार्थीहरुले शान्त वातावरणमा शैद्धान्तिक र प्रयोगात्मक शिक्षा लिने अवसर प्राप्त गर्देआएका छन्।
विश्व निकेतन मावि, त्रिपुरेश्वर, काठमाडौँ
काठमाडौँ महानगरपालिका वडा नं ११ त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यमिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढदो छ। विश्वनिकेतनले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क शिक्षा, कक्षा ११ र १२ मा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई निःशुल्क शिक्षा, वास्तविक योग्य विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टताको लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा विश्व निकेतनले प्रत्यक बर्ष शतप्रतिशत नतिजा ल्याउन सफल हुने गरेको छ। गत वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विश्वनिकेतनमा अध्ययनरत ४ जना विद्यार्थीले शतप्रतिशत नतिजा ल्याउन सफल भएका थिए।
यस विद्यालयमा चार हजार ४३५ जना विद्यार्थी अध्ययनरत छन्। यस विद्यालयले नगद सहित क्षेत्रिय शिक्षा पुरस्कार, २ लाख रुपैयाँ नगद सहित राष्ट्रिय शिक्षा पुरस्कार, २०८० सालको राष्ट्रपति रनिङशिल विजेता, तेक्वान्दो च्याम्पियनसिपको विजेता हुनुको साथै थुप्रै पुरस्कार प्राप्त गर्न सफल भएको छ।
अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको यस विद्यालयले कक्षाकोठाको व्यवस्थापन, आईसिटी, तेकवान्दो, फुटसल, राष्ट्रिय सेवा दल, गायन तथा नृत्य, एकिकृत पाठ्क्रम तालिम, मनोपरामर्श तथा करियर काउन्सिलिङ सम्बन्धी तालिम सञ्चालन गर्दे आएको छ।
कक्षा १० पछि यसै विद्यालयमा विज्ञान, व्यस्थापन, मानविकी, कानुन, शिक्षा संकायका विषय अध्यापन हुन्छ। साथै विद्यालयले प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म इलोक्ट्रोनिक्स इन्जिनियरिङ पनि अध्यापन गराउँदै आएको छ।
समृद्धि स्कुल, बालाजु, काठमाडौँ
काठमाडौँ महानगरपालिका-१६, बालाजुस्थित विनायक बस्तीमा रहेको यस स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुन्छ। तीनवटा फराकिला भवन र परिसरमा रहेको यस समृद्धि स्कूलले बालबालिकाले पाउनुपर्ने गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।
बालबालिकालाई व्यक्तिगत रूपमा बुझ्दै उनीहरूको पूर्ण क्षमता विकास गर्न र नयाँ सिकाइका अवसरहरु खोज्न प्रेरित गर्ने कार्य गर्दै आएको छ।
प्रत्येक विद्यार्थीभित्र लुकेको प्रतिभालाई उजागर गर्न र विद्यार्थीको सर्वाङ्गिण विकासमा समृद्धि स्कुलले जोड दिँदै आएको छ। यहाँ शैद्धान्तिक भन्दा सिर्जनशीलतालाई प्राथमिकता दिइन्छ। बालबालिकालाई बालबालिकाकै रूपमा व्यवहार गरिन्छ र प्रत्येक विद्यार्थीलाई विशेष ध्यान दिँदै प्रगतिशिल ढंगबाट अध्यापन गराइन्छ।
२१औँ शताब्दीअनुसारको रमाइलो र जीवनोपयोगी शिक्षा प्रदान गर्नु यस स्कुलको विशेषता रहेको छ।
विद्यालय शिक्षा परीक्षा (एसईई)मा निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयले प्रेरणादायी शैक्षिक कार्यक्रममार्फत विद्यार्थीलाई उत्प्रेरित गर्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित लगायतका विषयमा विशेष जोड दिने गरेको छ। शिक्षण–सिकाइ प्रक्रियामा प्रविधिको उचित प्रयोग गरी शिक्षक र विद्यार्थी दुवैका लागि प्रभावकारिता र दक्षता अभिवृद्धि गर्ने कार्य समृद्दिले गर्दै आएको छ।
एक हजार भन्दा बढि विद्यार्थीले पठनपाठन गर्दै आएको यस स्कुलमा विद्यार्थीलाई आवश्यक पर्ने सवै सुविधा प्रदान गरिएको छ। सुविधा सम्मन्न कक्षा कोठा, प्रयोगशाला, कम्प्युटर ल्याबका साथै पर्याप्त खेल मैदान, चमेना गृह र यातायातको समेत राम्रो प्रबन्ध गरिएको छ।
समग्रमा समृद्धि स्कुल, गुणस्तरीय शिक्षा, सिर्जनशीलता र समग्र विकासको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुन प्रतिबद्ध एक अग्रणी शैक्षिक संस्था हो।
सेन्ट जेभियर्स स्कुल, जाउलाखेल, ललितपुर
सन् १९५२ मा स्थापना भएको सेन्ट जेभियर्स स्कुल ललितपुर जावलाखेलमा रहेको छ। यस स्कुलमा कक्षा १ देखि १२ सम्म पठनपाठन हुन्छ। नेपालमा सोसाइटी अफ जीसस (जेसुइट्स) द्वारा ललितपुर जावलाखेलमा स्थापित पहिलो शैक्षिक संस्था हो। यस सेन्ट जेभियर्स स्कुलमा प्रत्येक वर्ष २४ सय विद्यार्थी भर्ना हुने गरेका छन्।
यस स्कुलमा कक्षा १ देखि ७ सम्म ‘क्याम्ब्रिज पाथवेज’ पाठ्यक्रम लागू गरिएको छ। सेन्टजेभियर्सले नेपाल सरकारले प्रदान गर्ने छात्रवृत्ति बाहेक अन्य थुप्रै विधामा मुल्याङ्कन गरि विद्यार्थीहरुलाई विशेष छात्रवृत्ति प्रदान गर्दछ। यस स्कुलले विद्यार्थीको योग्यतामा आधारित छात्रवृत्ति प्रदान गर्दै आएको छ।
यस स्कुलमा दक्ष, अनुभवी शिक्षकहरूले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक शैद्धान्तिक र व्यावहारीक ज्ञानको लागि निरन्तर मार्गदर्शन देखाउँदै आएका छन्। प्रतिस्पर्धी बजारमा बिक्न सक्ने जनशक्ती उत्पादन गर्ने उद्देश्य बोकेको सेन्टजेभियर्सले प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ। यस स्कुलले अध्यापनमा निरन्तरता, कम विदा, अनुभवि दक्ष शिक्षक, आधुनिक प्रयोगशाला, आन्तरिक मूल्याङ्कनमा विशेष ध्यान दिने गरेको छ।
जेभियर्समा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनको साथै प्रविधि मैत्री कक्षा कोठा चमेना गृह र यातायात सहितको भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्। जेभियर्सले समर फुटसल, बास्केटबल, भलिबल, क्रिकेट, टेबल टेनिस, चेस, ब्याडमिन्टन, रोड रेस जस्ता खेलकुद सम्बन्धी तालिम दिनुका साथै विद्यार्थीलाई यस्ता प्रतियोगितामा सहभागि हुन प्रोत्साहन गर्दै आएको छ।
संस्कृति इन्टरनेशनल स्कुल, ठूलोभर्याङ, काठमाडौँ
संस्कृति इन्टरनेशनल स्कुल काठमाडौँ ठूलो भर्याङमा अवस्थित रहेको छ। यस स्कुलले संस्कारयुक्त शिक्षा भन्ने नारालाई आत्मसात गर्दै अध्यापन गराउँदै आएको छ। संस्कृति इन्टरनेशनल स्कुलले प्रतिष्ठित फिल्डवर्क एजुकेशन युकेको पाठ्यक्रम शैली अपनाउदै आएको छ।
यस स्कुल अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम (आईपीसी) को आधिकारिक मान्यता प्राप्त गर्ने दक्षिण एशियाकै पहिलो स्कुल पनि हो ।यस स्कुलले ‘फ्याब ल्याब’ को स्थापना गरि विद्यार्थीहरुलाई आईटि, रोबटिक्स, इन्जिनियरिङ जस्ता विधामा प्रयोगात्मक शिक्षा उपलब्ध गराउँदै आएको छ। संस्कृति स्कुल ‘फ्याब ल्याब’ स्थापना गर्ने नेपालकै पहिलो स्कुल हो।
यस स्कुल परम्परागत शैक्षिक प्रणालीलाई परिवर्तन गर्दै शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न समर्पित रहेको छ। यस स्कुलले नेपाल सरकारले प्रदान गर्ने छात्रवृत्ति बाहेक जेहेन्दार, निम्न वर्ग, पिछडिएका वर्गका विद्यार्थीहरुलाई समेत विशेष छात्रवृत्ति प्रदान गर्दछ। संस्कृति इन्टरनेशनल स्कुल पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ।
हामी व्यावहारिक शिक्षामार्फत भविष्यका नेतृत्वदायी व्यक्तित्वहरू तयार पार्न प्रतिबद्ध छौँ। नेपालका उत्कृष्ट विद्यालयहरूमध्ये एकका रूपमा हामी विद्यार्थीहरूलाई कक्षाकोठाभन्दा बाहिरको सफल जीवनका लागि पनि तयार पार्छौँ, अध्यक्ष थापाले भने।बागमती प्रदेशमा संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा पहिलो बनेको रिलायन्स इन्टरनेशनल एकेडेमी बागमती प्रदेश सरकारबाट पनि सम्मानित भएको छ ।
सेन्ट मेरिज सेकेन्डरी स्कुल, जवालाखेल, ललितपुर
सेन्ट मेरिज सेकेन्डरी स्कुल ललितपुर ज्वालाखेलमा अवस्थित रहेको छ। यस स्कुलमा कक्षा १ देखी १२ सम्म पठनपाठन हुदैँ आएको छ। सेन्ट मेरिजले काठमाडौँ बाहेक बिराटनगर, पोखरा र गोर्खा जस्ता प्रचलित शहरहरुमा विद्यालयको शाखा विस्तार गरेको छ।
विद्यार्थीहरुको चौतर्फी विकासकोे लागि आवश्यक सबै पूर्वाधारहरू उपलब्ध रहेको सेन्ट मेरिजले गौरवशाली शैक्षिक इतिहास पनि रचेको छ। नेपालको अग्रणी संस्थाहरू मध्येकोे एक सेन्टमेरिजले विद्यार्थीहरूलाई २१ औँ शताब्दीको विश्वव्यापी चुनौतीहरू सँग सामना गर्न आवश्यक पर्ने सबै ज्ञान र पूर्वाधार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको छ।
भौतिक शैक्षिक पुर्वाधारले सुसम्पन्न यस स्कुलमा डिजिटल कक्षा, पुस्तकालय, आवासिय प्रवन्ध, यातायात, चमेना गृह लगायतका पूर्वधार उपलब्ध छन्। यस स्कुलले अध्यापनमा निरन्तरता, विदा कम दिने, अनुभवि र दक्ष शिक्षकको व्यवस्था, आन्तरिक मूल्याङ्कन जस्ता विषयमा विशेष जोड दिने गरेको छ।
त्रियोग हाईस्कुल, धापासी, काठमाडौँ
सन् १९८७ मा स्थापना भएको त्रियोग हाई स्कुल काठमाडौँ धापासीमा अवस्थित रहेको छ। यस विद्यालयमा कक्षा १ देखी १० सम्म पठनपाठन हुदैँ आएको छ। २७ जना विद्यार्थी र ६ जना शिक्षकबाट सुरु भएको त्रियोगमा हाल १२ सय भन्दा वढि विद्यार्थी र २ सय वढि शिक्षक र कर्मचारी कार्यरत छन्।
विगत तीस वर्षदेखि गुणस्तरिय शिक्षा प्रदान गर्दे आएको त्रियोग हाई स्कुल आफ्नै अत्याधुनिक पूर्वाधारमा सञ्चालित छ। त्रियोग हाई स्कुल नेपालको उत्कृष्ट विद्यालयहरूको सूचिमा पर्ने गरेको छ। त्रियोगले बालबालिकालाई शिक्षा मात्र नभई बौद्धिक, भावनात्मक, शारीरिक, सामाजिक, र नैतिकरूपमा समेत विकास गर्ने उद्देश्य राखेको छ।
स्कुलका दक्ष तथा अनुभवी शिक्षकहरूले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक सैद्धान्तिक र व्यावहारीक ज्ञानको लागि निरन्तर मार्गदर्शन गर्दे आएका छन्।
प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेको त्रियोगले प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ। त्रियोगमा पुस्तकालय, खेलमैदान, प्रविधिमैत्री कक्षाकोठा, भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान, कम्प्युटर लगायतका प्रयोगशाला हुनुका साथै फराकिलो बास्केटबल र फुटसल कोर्टपनि व्यवस्था रहेको छ।
ज्ञानोदय माध्यमिक विद्यालय, बाफल, काठमाडौँ
काठमाडौँको बाफल स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्म पठनपाठन हुन्छ। यस विद्यालयले प्रवेश परिक्षा लिएर मात्र विद्यार्थी भर्ना गर्ने गरेको छ। यहाँ ४ हजार ६१३ जना विद्यार्थी अध्ययनरत छन्। विसं २०२० सालमा स्थापित यस विद्यालयमा प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङ विषय अध्यापन हुँदै आएको छ।
ज्ञानोदयले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै प्रतिस्पर्धी बजारमा गएर काम गर्न सक्ने गरि दक्ष रुपमा अघि बढ्ने योजनावद्ध शिक्षा प्रदान गर्दै आएको छ। यस विद्यालयले सिकाइमा प्रविधिको प्रयोगलाई जोड दिने गरेको छ। आईसीटी ल्याव, डिजिटल ल्याव, स्मार्ट बोर्ड कक्षा सञ्चालनमा ल्याएको विद्यालयले हिउँदे, गर्मी र दशैँ बिदामा समेत अनलाइन मार्फत अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ। यस विद्यालयमा कक्षा ४ देखि नै कम्प्युटर कक्षा पढाइ हुने गरेको छ।
काठमाडौँ महानगरपालिका, प्रदेश सरकार र एसियाली विकास बैंकको सहयोगमा यस विद्यालयमा भौतिक शैक्षिक पूर्वाधार निर्माण भएका छन्। यसले ज्ञानोदय माविलाई देशकै ‘नमुना विद्यालय’ बन्न मद्दत गरेको छ। विभिन्न विषयका प्रयोगशाला र पुस्तकालयको व्यवस्थापन, व्यवहारीक र नैतिक शिक्षा, समस्टिगत शैक्षिक वातावरणनै यस विद्यालयको बलियो पक्ष हो। विद्यालयले निजी विद्यालयमा चलिरहेको शिक्षा प्रणालीलाई अनुसरण समेत गर्दै आएको छ। भौतिक शैक्षिक पूर्वाधारले सम्पन्न बन्दै गएको यस विद्यालयमा विद्यार्थीको आकर्षण प्रत्येक बर्ष बढ्दो देखिन्छ।
ज्ञानश्री स्कुल, लाखेचौरमार्ग, नयाँ बानेश्वर
काठमाडौँ उपत्यकाको केन्द्र बानेश्वरमा अवस्थित रहेको यस ज्ञानश्री स्कुल नयाँ सोच र शैलीका साथ स्थापना भएको हो। कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको नयाँ पठनशैली अवलम्बन गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानलक्ष्य यस स्कुलले लिएको छ।
ज्ञानश्री एजुकेशन नेटवर्कद्वारा सञ्चालित यस स्कुलमा नेपालकै शिक्षा क्षेत्रका अग्रणी संस्था काठमाडौँ मोडल स्कुल (केएमसी) बागबजार र युरोस्कुल छाउनीको प्रत्यक्ष सहकार्य रहेको छ।
प्रोगेसिभ स्कुलको अवधारणाबाट अघि बढ्ने योजना सहित स्थापना गरिएको स्कुलमा दक्ष अनुभवि शिक्षकको समुह नै कार्यरत छ। ज्ञानश्री स्कूल समकालीन शिक्षा प्रणालीलाई नयाँ दृष्टिकोणका साथ अघि बढाउने उद्देश्यले सञ्चालनमा आएको एक प्रगतिशील शैक्षिक संस्था हो। परम्परागत शैक्षिक मूल्य र अन्तर्राष्ट्रिय शिक्षण पद्धतिको समन्वय गर्दै विद्यालयले बालबालिकालाई भविष्यका लागि सक्षम, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउने लक्ष्य राखेको छ।
नयाँ शैक्षिकसत्रदेखि कक्षा सञ्चालन गर्न लागेको यस विद्यालयको शिक्षण दर्शन बालमैत्री, खोजमूलक र व्यवहारिक शिक्षामा आधारित छ। विद्यालयले नेपालको राष्ट्रिय पाठ्यक्रमलाई आधार मानेर क्याम्ब्रिज अन्तर्राष्ट्रिय शिक्षण पद्धतिका उत्कृष्ट अभ्यासहरू समेटिएको मिश्रित पाठ्यक्रम लागू गरेको छ। यसले विद्यार्थीलाई स्थानीय शैक्षिक आवश्यकता पूरा गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि पनि तयार बनाउँछ।
यस विद्यालयले परियोजना आधारित सिकाइ, प्रश्नोन्मुख शिक्षण पद्धति,समालोचनात्मक सोच विकास कार्यक्रम जस्ता आधुनिक विधिहरू प्रयोग गरेर विद्यार्थीलाई परीक्षा उन्मुख मात्र नभई जीवनोपयोगी शिक्षा प्रदान गर्ने विद्यालयले जनाएको छ। ज्ञानश्री स्कूलको शैक्षिक पूर्वाधार आधुनिक प्रविधियुक्त हुनुका साथै सुरक्षित संरचना र बालमैत्री वातावरणलाई ध्यानमा राखेर निर्माण गरिएको छ। विद्यालयले सुरक्षित, अनुशासित र सहयोगी वातावरणलाई प्राथमिकता दिँदै विद्यार्थीको मानसिक तथा शारीरिक विकासलाई समान महत्व दिने, विद्यार्थीको सर्वाङ्गिण विकासमा जोड दिने र शिक्षालाई सीपसँग जोड्ने जनाएको छ।
ज्ञानश्री स्कूलले शैक्षिक उपलब्धिलाई मात्र नभई विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई पनि शिक्षा प्रक्रियाको केन्द्रमा राखेको छ। खेलकुद, कला, संगित, नवप्रवर्तन, पठन संस्कृतिको विकास, सामाजिक सेवाजस्ता विभिन्न क्लब र गतिविधिहरू मार्फत विद्यार्थीमा नेतृत्व, सृजनशीलता र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने लक्ष्य लिएको छ।
अनुभवी नेतृत्व, अन्तर्राष्ट्रिय अभ्यास, प्रविधियुक्त संरचना र बालमैत्री वातावरणको संयोजनले विद्यालयलाई शैक्षिक गुणस्तरमा केन्द्रित गरेको छ।