काठमाडौँ- एजुकेशन नेटवर्क प्रालीले चीनकाे कुनमिङ मेडिकल विश्वविद्यालयका प्रतिनिधी सम्मिलित एकदिने सेमिनारकाे आयाेजना गरेकाे छ। विद्यार्थी र अभिभावकलाई चीनमा एमबीबीएस अध्ययनबारे जानकारी दिने उद्देश्यले आयाेजना गरिएकाे सेमिनारमा विश्वविद्यालयका प्रतिनिधी र उक्त विश्वविद्यालयमा अध्ययन गरेर नेपालमा आइ काम गरिरहेका डाक्टरहरूकाे अल्मुनाइ मिट आयाेजना गरिएकाे हाे।
चीनको कुनमिङमा रहेको कुनमिङ मेडिकल विश्वविद्यालयका प्रतिनिधीहरुले नेपाली विद्यार्थीहरुलाई विश्वविद्यालयका बारेमा जानकारी दिएका थिए। अध्ययनका लागि आवश्यक पर्ने विद्यार्थीको क्षमता, आवश्यक खर्च, विश्वविद्यालयले विद्यार्थीहरुलाई प्रदान गर्ने छात्रवृत्ति लगायतका बारेमा जानकारी दिएका हुन्।
कुनमिङ मेडिकल विश्वविद्यालयका लागि नेपालको आधिकारिक प्रतिनिधि एजुकेशन नेटवर्क प्रालिका प्रबन्ध निर्देशक एचबी क्षेत्रीले मेडिकल अध्ययनका लागि विश्वभरबाट विद्यार्थीहरु चीन पुग्ने भएकाले नेपाली विद्यार्थीहरुले सिमित संख्यामा मात्र कोटा प्राप्त गर्ने गरेको बताए। उनले भने,' अबदेखि चीनमा अध्ययनका लागि जान नेपालकाे एकीकृत प्रवेश परीक्षाा उत्तीर्ण गरेर मात्रै पुग्दैन। चीन सरकारले सञ्चालन गर्ने प्रवेश परीक्षा पनि उत्तीर्ण गर्नुपर्ने हुँन्छ। नेपाली विद्यार्थीले कम शूल्कमा विभिन्न सुबिधा सहित कुनमिङ मेडिकल विश्वविद्यालयमा एमबीबीएस अध्ययन गर्न पाउँछन्।'

मौसमको हिसाबमा पनि नेपाली विद्यार्थीहरुका लागि उक्त विश्वविद्यालय उपयुक्त रहेको उनी बताउँछन्। उनले मेडिकल अध्ययनका लागि चीन उपयुक्त स्थान भएकाले सहज तरिकाले प्रक्रिया अघि बढाउन कम्पनी तयार रहेको बताए। कुनमिङ मेडिकल विश्वविद्यालयले नेपालको वीर अस्पातालसँग पनि सहकार्य गर्दै आएको छ।
यस विश्वविद्यालयबाट मेडिकल अध्ययन गरि फर्किएकाहरू हाल नेपालका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत रहेकाे एजुकेशन नेटवर्कले जनाएकाे छ। नेटवर्ककी उप निर्देशक शुस्मा श्रेष्ठले नेपालबाट मेडिकल अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालयमा विद्यार्थीहरु जाने गरेकाेमा कुनमिङ नेपाली विद्यार्थीकाे राेजाइकाे शिक्षण संस्था रहेकाे र यसले गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएकाे बताइन्। 'नेपाली विद्यार्थीहरुलाई प्राथामिकता दिँदै कुनमिङ मेडिकल विश्वविद्यालयले शिक्षा प्रदान गर्ने गरेको छ। विश्वविद्यालयका उच्चपदस्थ पदाधिकारीहरू नेपालमा आएर त्यहाँकाे शिक्षाबारे नेपाली विद्यार्थीहरुलाई परामर्श दिने गरेका छन्',उनले भनिन्।
कार्यक्रममा कुनमिङ मेडिकल विश्वविद्यालयका उपाध्यक्ष, डिन लगायतका ६ जना पदाधिकारीहरुले विश्वविद्यालयका बारेमा जानकारी दिनुका साथै विद्यार्थीहरुले राखेका जिज्ञाशाको जवाफ समेत दिएका थिए। 

.jpeg)

.jpeg)