काठमाडाैँ - कक्षा १२ को परीक्षा उत्तीर्ण गरेपछि प्रत्येक विद्यार्थीको पहिलो प्राथमिकता हुन्छ, आफ्नो रुचि, क्षमता र भविष्यको करिअरसँग मेल खाने विषय तथा उत्कृष्ट शिक्षणसंस्था छनोट गर्नु। विद्यालय तहको अध्ययन पूरा गरेपछि विश्वविद्यालय शिक्षामा प्रवेश गर्ने यो चरण विद्यार्थीको जीवनकै महत्वपूर्ण मोड मानिन्छ। तर, गुणस्तरीय शिक्षा, आधुनिक सिकाइ वातावरण, रोजगारीका अवसर र व्यावहारिक शिक्षालाई मध्यनजर गर्दै उपयुक्त कलेज छनोट गर्नु धेरैका लागि चुनौतीपूर्ण बन्ने गरेको छ। विशेषगरी व्यवस्थापन Managment र सूचना प्रविधि Information Technology अहिले नेपालका सबैभन्दा लोकप्रिय अध्ययन क्षेत्रका रूपमा स्थापित भएका छन्।
विश्वविद्यालय अनुदान आयोग तथा विभिन्न विश्वविद्यालयका तथ्याङ्कअनुसार स्नातक तहमा अध्ययनरत विद्यार्थीमध्ये सबैभन्दा ठूलो हिस्सा व्यवस्थापन संकायमा रहेको छ। पछिल्ला वर्षहरूमा सूचना प्रविधिसम्बन्धी विषयमा पनि विद्यार्थीको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ।
नेपालमा बैंकिङ, वित्त, व्यापार, उद्योग, सूचना प्रविधि, डिजिटल सेवा, स्टार्टअप, पर्यटन, होटल, स्वास्थ्य व्यवस्थापन तथा सार्वजनिक प्रशासन जस्ता क्षेत्रको विस्तारसँगै दक्ष जनशक्तिको माग बढिरहेको छ। यही कारण व्यवस्थापन र आईटी विषय अध्ययन गर्ने विद्यार्थीका लागि स्वदेश तथा विदेश दुवैतर्फ रोजगारी र उद्यमशीलताको अवसर विस्तार हुँदै गएको छ।
व्यवस्थापन शिक्षा किन रोज्ने?
कक्षा १२ मा व्यवस्थापन समूह अध्ययन गरेका अधिकांश विद्यार्थी स्नातक तहमा पनि व्यवस्थापनसँग सम्बन्धित विषय अध्ययन गर्न इच्छुक हुन्छन्। तर पछिल्ला वर्षमा विज्ञान, मानविकी तथा अन्य संकायका विद्यार्थीले समेत व्यवस्थापनका विभिन्न कार्यक्रम रोज्न थालेका छन्। व्यवस्थापन शिक्षा केवल व्यवसाय सञ्चालन गर्न सिकाउने विषय मात्र होइन। यसले नेतृत्व क्षमता, निर्णय क्षमता, वित्तीय व्यवस्थापन, बजार विश्लेषण, मानव स्रोत व्यवस्थापन, उद्यमशीलता, परियोजना व्यवस्थापन, सञ्चार तथा समस्या समाधान गर्ने सीप विकास गर्छ।
बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत आयोजना, उद्योग, बहुराष्ट्रिय कम्पनी, शैक्षिक संस्था, गैरसरकारी संस्था, सरकारी निकायदेखि आफ्नै व्यवसाय सञ्चालन गर्न चाहने युवाका लागि व्यवस्थापन शिक्षा अत्यन्त उपयोगी मानिन्छ। नेपालमा स्नातक तहमा व्यवस्थापन अन्तर्गत तीनदेखि पाँच वर्ष अवधिका विभिन्न कार्यक्रम सञ्चालनमा छन्।
आईटी शिक्षा किन बढ्दो रोजाइमा?
डिजिटल युगसँगै सूचना प्रविधि अहिले प्रत्येक क्षेत्रको आधार बनेको छ। सरकारी सेवा, बैंकिङ, स्वास्थ्य, शिक्षा, सञ्चार, व्यापार, उद्योग, सुरक्षा, पर्यटन, अनुसन्धान तथा मनोरञ्जन सबै क्षेत्रमा सूचना प्रविधिको प्रयोग अनिवार्यजस्तै भइसकेको छ। कृत्रिम बुद्धिमत्ता (AI), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स, मोबाइल एप विकास, सफ्टवेयर इन्जिनियरिङ, वेब डेभलपमेन्ट, डिजिटल मार्केटिङ, गेम डेभलपमेन्ट, नेटवर्किङ तथा ग्राफिक्स डिजाइनिङ जस्ता क्षेत्रमा दक्ष जनशक्तिको माग विश्वव्यापी रूपमा बढिरहेको छ।
सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीले नेपालमै आकर्षक रोजगारी पाउनुका साथै अन्तर्राष्ट्रिय कम्पनीमा रिमोट रूपमा काम गर्ने,आफ्नै स्टार्टअप सञ्चालन गर्ने वा विदेशमा उच्च शिक्षा अध्ययन गर्ने अवसर पनि सहजै प्राप्त गर्न सक्छन्।
व्यवस्थापनतर्फ अध्यापन हुने स्नातक तहका प्रमुख कार्यक्रमहरू
ब्याचलर अफ बिजनेस स्टडिज (BBS)
ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (BBA)
ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (BBM)
ब्याचलर अफ होटल म्यानेजमेन्ट (BHM)
ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्ट (BHCM)
ब्याचलर अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (BTTM)
ब्याचलर अफ स्पोर्ट्स म्यानेजमेन्ट (BSM)
ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (BIM)
ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन–ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (BBA-BIM)
ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन–ट्राभल एन्ड टुरिजम (BBA-TT)
ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम (BCIS)
आईटीतर्फ सञ्चालन हुने प्रमुख कार्यक्रमहरू
ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (BCA)
ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (BIT)
ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ (BCE)
ब्याचलर अफ कम्प्युटर साइन्स (BCS)
ब्याचलर अफ इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी (BICT)
कम्प्युटर इन्जिनियरिङ
सफ्टवेयर इन्जिनियरिङ
यी कार्यक्रममार्फत विद्यार्थीले प्रोग्रामिङ, डेटाबेस, नेटवर्किङ, साइबर सुरक्षा, वेब तथा मोबाइल एप विकास, कृत्रिम बुद्धिमत्ता, क्लाउड कम्प्युटिङ, डेटा साइन्स लगायतका विषयमा ज्ञान तथा व्यावहारिक सीप हासिल गर्छन्। नेपालमा व्यवस्थापन तथा सूचना प्रविधिसम्बन्धी कार्यक्रमहरू मुख्य रूपमा त्रिभुवन, काठमाडौँ, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिम, सुदुरपश्चिम, गण्डकी, राजश्रीजनक लगायतका विश्वविद्यालयले सञ्चालन गर्दै आएका छन्। यसका अलावा नेपाल खुला विश्वविद्यालय र विदेशी विश्वविद्यालयकाे सम्बन्धन प्राप्त कलेजहरूमा व्यवस्थापन तथा आईटी कार्यक्रम सञ्चालन हुँदैआएका छन्।
काठमाडौँ उपत्यका भित्रका कलेजमा विद्यार्थीको आकर्षण
व्यवस्थापन र आईटी अध्ययनका लागि प्रत्येक वर्ष देशभरबाट हजारौँ विद्यार्थी काठमाडौँ उपत्यकामा आउने गरेका छन्। गुणस्तरीय शिक्षण, आधुनिक प्रयोगशाला, अनुभवी शिक्षक, उद्योगसँगको सहकार्य, इन्टर्नसिप, प्लेसमेन्ट, अतिरिक्त गतिविधि तथा अन्तर्राष्ट्रिय अवसरका कारण उपत्यकाका कलेज विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएका छन्। अध्ययनसँगै व्यक्तित्व विकास, नेतृत्व क्षमता, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता तथा रोजगारीसँग प्रत्यक्ष जोडिएका कार्यक्रम सञ्चालन गर्ने कलेजको संख्या पनि पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढेको छ।
यि हुन् विद्यार्थीको रोजाइमा पर्न सफल व्यवस्थापन र आईटी अध्यापन हुने काठमाडौँ उपत्यकाका चर्चित शिक्षणसंस्था
शंकरदेब क्याम्पस, पुतलीसडक, काठमाडौँ
अध्यापन हुने कार्यक्रम : बीबीएस, बीबीए, बीआईएम, बीबीएम

काठमाडौँको पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत ब्याचलर इन बिजनेस स्टडीज (बीबीएस), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर इन इन्फर्मेशन म्यानेजमेन्ट (बीआईएम), ब्याचलर इन बिजनेस म्यानेजमेन्ट (बीबीएम) र ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन इन फाइनान्स (बीबीए फाइनान्स) आदि विषयमा पढाइ हुन्छ।
विदेशका व्यवस्थापन संस्थानहरूसँग सञ्जाल विकास गर्ने, उत्तरदायी र रचनात्मक उद्यमीहरू उत्पादन गर्ने, व्यवस्थापकहरूको ज्ञान र सीपको अभिवृद्धि विकास गर्ने किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सार्वजनिक क्षेत्रका लागि व्यवस्थापकहरू विकास गर्ने ध्ययका साथ यो संस्था नेपालमा व्यवस्थापन शिक्षा अध्ययन गर्ने विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
यस कलेजमा सम्पूर्ण रुपमा सुविधा सम्पन्न शैक्षिक प्रशासनिक भवन हुनुका साथै चमेनागृह, कम्प्यूटर ल्याब, डिजिटल ल्याब, स्मार्ट कक्षा कोठा, लाईब्रेरी लगायतका भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। प्राईम लोकेसन, प्रविधिको प्रयोग र अनुभवि शिक्षकद्वारा पठनपाठन, विद्यार्थी मैत्री वातावरण, रोजगारीमुलक तालिम तथा अन्य भौतिक सुबिधा रहेको कारण शंकरदेव क्याम्पस विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ।
नेपाल कमर्स क्याम्पस, मिनभवन, काठमाडौँ
अध्यापन हुने कार्यक्रमहरुः बीबीएस, बीबीए, बीबीएम, बीबीएएफ

नेपाल कमर्स क्याम्पस व्यवस्थापनका विषय मात्र अध्ययन हुने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँ उपत्यका भित्र विद्यार्थीको रोजाइमा पर्न सफल शिक्षण संस्था हो। २०२१ सालमा स्थापना भएको कलेज त्रिभुवन विश्वविद्यालयको पुराना व्यवस्थापन कलेजहरू मध्ये एक हो। नेपाल कमर्स क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत ब्याचलर इन बिजनेस स्टडीज (बीबीएस), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर इन बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन इन फाइनान्स (बीबीएएफ) लगायतका विषय अध्यापन हुन्छ।
नेपाल कमर्स क्याम्पसले स्थापनाकालदेखि शहुलियत शुल्कमा दक्ष जनशक्ती उत्पादन गर्न सफल भएको छ। यसले देशकै औद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यो कलेजमा ९७ जना शिक्षक कार्यरत छन्।
नेपाल कमर्स क्याम्पसले हजारौँ स्नातक र स्नातकोत्तरहरू उत्पादन गरिसकेको छ। यहाँका उत्पादनले व्यवस्थापकीय जनशक्तीको रुपमा विभिन्न वित्तय संस्थामा आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन्। जसले निरन्तर रूपमा निजामती सेवा, निजी क्षेत्रका साथै उत्कृष्ट राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै आएको छ।
नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), रविभवन, काठमाडौँ
अध्यापन हुने कार्यक्रमहरुः ब्याचलर अफ होटल म्यानेजमेन्ट, ब्याचलर अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट, मास्टर अफ हस्पिटालिटी म्यानेजमेन्ट

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHAM) नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख शैक्षिक तथा व्यावसायिक प्रशिक्षण संस्था हो। न्याथमको स्थापना सन् १९७२ मा नेपाल सरकारद्वारा ‘होटल म्यानेजमेन्ट एन्ड टुरिजम ट्रेनिङ सेन्टर’ (HMTTC ) का रूपमा गरिएको थियो। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम UNDP तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को सहयोगमा स्थापना भएको संस्थाको मुख्य उद्देश्य नेपालको प्रारम्भिक अवस्थामा रहेको पर्यटन तथा आतिथ्य उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्नु थियो। सन् १९९९ मा नेपालमै पहिलोपटक ब्याचलर अफ होटल म्यानेजमेन्ट BHN कार्यक्रम सञ्चालन गरेपछि तत्कालीन एचएमटिटिसीको नाम परिवर्तन गरी नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट न्याथम राखिएको हो। काठमाडौँको रविभवनमा रहेकोे नाथम कलेज होटल म्यानेजमेन्टको लागि नेपालको एकमात्र सरकारी कलेज हो। नाथममा त्रिभुवन र काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कार्यक्रमहरू सञ्चालनमा छन्। कलेजमा व्यवस्थापन संकाय अन्तर्गत बीएचएम र बीटीटीएम विषय अध्यापन हुन्छ। यस कलेजमा ६० भन्दा बढी शिक्षकहरू कार्यरत छन्। सन् २००३ मा ब्याचलर अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रम सञ्चालनमा ल्याइएको थियो। पर्यटन तथा आतिथ्य क्षेत्रको विस्तारसँगै उच्च तहका दक्ष जनशक्तिको माग बढ्दै गएपछि सन् २०११ मा प्रतिष्ठानले मास्टर अफ हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रम पनि सुरु गरेको हो।
यस कलेजका शैक्षिक कार्यक्रमहरू त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयसँगको सम्बन्धनमा सञ्चालन हुँदै आएका छन्। स्नातक तथा स्नातकोत्तर तहका नियमित शैक्षिक कार्यक्रमसँगै प्रतिष्ठानले पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित विभिन्न छोटो अवधिका व्यावसायिक तालिमसमेत सञ्चालन गर्दै आएको छ। पर्यटक गाइड, ट्रेकिङ गाइड, रिभर गाइड, फुड प्रोडक्सन, फुड एन्ड बेभरेज सर्भिस, बारिस्टालगायतका सीपमूलक तालिमका प्रमुख कार्यक्रम हुन्।नाथमले पर्यटक गाइड, ट्रेकिङ गाइड, रिभर गाइड, फूड प्रोडक्सन, फूड एण्ड बेभरेज सर्भिस, बरिस्टा लगायत पर्यटन र आतिथ्यतामा अल्पकालीन तालिमहरू सञ्चालन गर्दै आएको छ।
पर्यटन शिक्षाका नेपालकै अग्रडी संस्था नाथममा विद्यार्थीको आकर्षण बढ्दो छ। प्रत्येक विषयमा नाथममा अध्ययनका लागि विद्यार्थीको ठूलो संख्यामा आवेदन पर्ने गरेको छ। प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीबाट नाथमले ‘मेरिट वेसिस’मा विद्यार्थी भर्ना लिने गरेको छ।
नाथम राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि ’उत्कृष्टता केन्द्र’ बन्न सफल भएको छ। होटल उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्न सफल यस कलेजमा स्मार्ट कक्षा कोठा, प्रशिक्षण भान्सा, तालिम तथा रेस्टुरेन्ट, बरिस्टा प्रशिक्षण, हाउसकिपिङ ल्याब, कम्प्युटर ल्याब जस्ता थुपै्र शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्।
काठमाडौं मोडेल कलेज, बागगवजार, काठमाडौँ
अध्यापन हुने कार्यक्रमहरु : बीबीए, बीबीएम, बीबीएस, बीसीए र बीए

काठमाडौँकाे बागबजारमा अवस्थित काठमाडौं मोडेल कलेज नेपालको शिक्षाको क्षेत्रमा स्थापित एक प्रतिष्ठित शैक्षिक संस्था हो। विस २०६० सालमा त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त यस कलेजमा व्यवस्थापन ,आईटी र मानविकी अन्तर्गतका बीबीए, बीबीएम, बीबीएस, बीसीए र बीएमा विभिन्न विषयमा अध्यापन हुदै आएको छ।
यस कलेजले छोटो समयमै गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र आधुनिक शैक्षिक अभ्यासमार्फत देशकै अग्रणी शिक्षण संस्थाका रुपमा आफ्नो विशिष्ट पहिचान निर्माण गर्न सफल भएको छ। स्थापनाकालदेखि नै शैक्षिक उत्कृष्टतालाई मूल उद्देश्य बनाएको काठमाडौँ मोडेल कलेजलले विगत दुई दशकभन्दा बढी समयदेखि हजारौँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।
समयानुकूल शैक्षिक पूर्वाधारको विकास, प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थी केन्द्रित सिकाइ वातावरण निर्माणमा यस कलेजले विशेष जोड दिँदै आएको छ। यही कारणले नेपालभरिका विद्यार्थी र अभिभावकहरूको रोजाइको शैक्षिक गन्तव्य बनेको छ। केएमसीमा ६० प्रतिशत शिक्षक फुल टाइम र ४२ प्रतिशत पार्ट टाइम शिक्षकहरू कार्यरत छन्। हाल केएमसीमा व्याचलर अन्र्तगत ६० जना शिक्षक प्राध्यापक र १० जना कर्मचारी कार्यरत रहेका छन।
केएमसी कलेज नेपालको उत्कृट नतिजा ल्याउने कलेजमध्ये एक हो। यस कलेजमा व्यवस्थापन तर्फ गत वर्ष २०८१ म ९५ प्रतिशत, २०८०मा ९५ र २०७९ मा ९२ प्रतिशत विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन्। त्यसैगरि सुचना प्रविधि तथा विए तर्फ पनि यहि अनुपातमा विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन। आधुनिक कक्षाकोठा,अत्याधुनिक प्रयोगशाला, डिजिटल शिक्षण सामग्री तथा अनुभवी र दक्ष शिक्षकहरूको उपस्थितिले कलेजलाई अझ विशेष बनाएको छ। विभिन्न क्षेत्रका अनुभवी शिक्षाविद् तथा पेशागत विज्ञहरू सम्मिलित शिक्षक टोलीले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यावहारिक ज्ञान, नेतृत्व क्षमता र सिर्जनात्मक सोच विकासतर्फ प्रेरित गर्ने वातावरण प्रदान गरेको छ। विश्वविद्यालय अनुदान आयोगवाट क्यूएए मान्यता प्राप्त यस कलेजमा अध्ययन पश्चात विद्यार्थीहरूले थुप्रै सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारीको अवसर प्राप्त गर्दे आएका छन्।
नेपाल सरकारले प्रदान गर्ने उत्कृष्ट निजी क्याम्पसको रुपमा पुरस्कृत भईसकेको यस कलेजले विभिन्न पुरस्कारका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत विभिन्न मान्यता प्राप्त गर्नूका साथै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा संस्थाहरुसँग सुमधुर सम्बन्ध कायम गर्दे अघि बढेको छ। गुणस्तरीय शिक्षाको लागि विद्यार्थीले केएमसीलाइनै रोज्ने गरेकोे केएमसीका क्याम्पस प्रमुख सुरेन्द्र सुवेदी बताउँछन्।
के एण्ड के इन्टरनेसनल कलेज, नयाँ बानेश्वर, काठमाडौँ
अध्यापन हुने कार्यक्रमहरु : बीबीए, बीसीए, बीबीएस, बीएएसडब्लु

त्रिभुवन विश्वविद्यालयबाट वि.स. २०५४ सालमा सम्बन्धन प्राप्त काठमाडौँको नयाँ बानेश्वरस्थित के एण्ड के इन्टरनेसनल कलेजमा व्यवस्थापन र आईटी अन्तर्गतका बीबीए, बीसीए, बीबीएस, बीएएसडब्लु आदि विषय अध्यापन हुँदै आएको छ। के एण्ड के कलेज विद्यार्थी-केन्द्रित शैक्षिक वातावरण प्रदान गर्ने प्रतिष्ठित शिक्षण संस्था हो।
शैक्षिक उत्कृष्टतासँगै व्यवहारिक सीप र वास्तविक जीवनका अनुभवलाई समान महत्व दिने यस कलेजले विद्यार्थीहरूलाई अध्ययन तथा व्यावसायिक जीवनका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने लक्ष्यका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।
अनुभवी शिक्षकहरूको मार्गदर्शन, आधुनिक भौतिक पूर्वाधार, करियर-केन्द्रित शिक्षण प्रणाली तथा व्यवहारिक सिकाइका अवसरमार्फत विद्यार्थीहरूलाई आत्मविश्वासी, जिम्मेवार र प्रतिस्पर्धी नागरिकका रूपमा विकास गर्न सहयोग पु¥याउदै आएको छ। यस कलेजमा ७० जना भन्दा बढि शिक्षक तथा कर्मचारी कार्यरत छन्।दक्ष तथा अनुभवि शिक्षक, विद्यार्थी मैत्री वातावरण, यातायातको सहज पहुँच, निरन्तर उत्कृष्ट नतिजा, प्रयोगात्मक शिक्षा र ईन्टर्नसिपको व्यवस्था कलेजको प्रमुख विशेषता रहेको छ।
कलेजले डिजिटल मार्केटिङ, ग्लोवल म्यानेजमेन्ट, करिअर डेभलपमेन्ट, सिभी लेखन सम्बन्धी थुप्रै तालिम समेत प्रदान गर्दै आएको छ। कलेजमा २०८२ सालमा बीबीए तर्फ ६६ र बीबीएसमा ५६ जना विद्यार्थी भर्ना भएका छन्। त्यसैगरि बिसिएमा ३५ जना र बिएस डब्लु साईक्लोजीमा ६६ जना विद्यार्थी भर्ना भएका थिए। यस कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल हुदै आएका छन्। २०८१ को नतिजामा व्यवस्थापन तर्फ बीबीएमा ९९ प्रतिशत तथा बीबीएसमा ८३ प्रतिशत विद्यार्थी पास हुन सफल भएका छन्।
त्यसैगरि मानविकी तर्फ बीसीएमा ९० प्रतिशत र बीएएसडब्लुमा ८२ प्रतिशत नतिजा प्राप्त गर्न कलेज सफल भएको छ। करिब ५ रोपनी क्षेत्रफलमा दूई वटा भवनमा रहेको यस कलेजमा प्रयाप्त खेल मैदान, र हरियाली क्षेत्र रहेको छ। कलेजमा कम्प्युटर ल्याब, बीसीए ल्याब, लाईबे्ररी, चमेना गृहको व्यवस्था रहेको छ।
क्वेष्ट इन्टरनेसनल कलेज, ग्वार्खो, ललितपुर
अध्यापन हुने विषयहरुः बीबीए, बीएचएम, बीसीएसआइटी

क्वेष्ट इन्टरनेसनल कलेज सन् २००९ मा पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त कलेज हो। ललितपुरको ग्वार्कोमा रहेको यस कलेजले व्यवस्थापन शिक्षामा शैक्षिक उत्कृष्टता हासिल गर्ने लक्ष्यका साथ गुणस्तरीय शिक्षा, व्यावसायिक सीप विकास तथा अनुसन्धानमुखी अध्ययनलाई प्राथमिकता दिँदै आएको छ। कलेजमा व्यवस्थापन संकाय अन्तर्गतका ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर इन होटल व्यवस्थापन (बीएचएम), ब्याचलर अफ कम्प्युटर सिस्टम एण्ड इन्फरमेसन टेक्नोलोजोजी (बीसीएसआइटी) विषय अध्यापन हुन्छ।कलेजले विद्यार्थीहरूलाई उद्यमशीलता, नेतृत्व क्षमता र व्यावहारिक ज्ञानमार्फत भविष्यका सफल व्यवसायी, व्यवस्थापक तथा पेशागत जनशक्ति उत्पादन गर्न केन्द्रित शिक्षा प्रदान गर्दै आएको छ।
सरकारी तथा निजी क्षेत्रका संस्थाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम जनशक्ति तयार पार्नु यस कलेजको मुख्य उद्देश्य रहेको छ। क्वेष्ट कलेजको ५ रोपनी क्षेत्रफलमा ४ वटा सुविधासम्पन्न भवन रहेको छ।
भौतिक शैक्षिक पूर्वधारमा अब्बल रहेको यस कलेजले आइएसओ मान्यता समेत प्राप्त गरेको छ। साथै नेपालको विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट क्यूएए सर्टिफिकेट पनि प्राप्त गर्न सफल भएको छ। यस कलेजले बीएचएम (होटल म्यानेजमेन्ट) विषय अध्ययनको लागि नेपालको दोस्रो उत्कृष्ट कलेज र बेस्ट कलेज फर हस्पिटालिटी एण्ड बिजनेस म्यानेजमेन्ट उपाधी प्राप्त गर्न सफल भएको छ। विद्यार्थीको रोजाइमा पर्न सफल यस कलेजले बीएचएम सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको छ। यस कलेजमा हाल एक सय भन्दा बढि संख्यामा शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन्।
क्वेष्टमा विगतका वर्षमा बीबीए र बीएचएममा एक सय भन्दा बढि विद्यार्थी भर्ना भएका थिए। दक्ष तथा अनुभवि शिक्षकहरूबाट सञ्चालित, विषयगत र प्रयोगात्मक कक्षा सञ्चालन हुने यस कलेजमा व्यवहारिक तथा व्यवसायीक ढंगबाट पठनपाठन हुने गरेको छ। कलेजले विद्यार्थी केन्द्रित सुविधा प्रदान गर्दै उत्कृष्ठ शिक्षा प्रदान गर्दै आएकाले विद्यार्थीको आर्कषण यस कलेजमा रहेको क्वेष्ट कलेजका प्राचार्य उदयराज पौडेल बताँउछन्।
एआईटीएम कलेज, खुमलटार, ललितपुर
अध्यापन हुने कार्यक्रमहरु : बीबीए, बीएचएम, एमबीए

युके अन्तर्गत स्कटल्याण्डको हाइल्यान्डस एण्ड आइल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एआइटीएम कलेज ललितपुरको खुमलटारमा रहेको छ। वि.सं. २०६९ असार ६ गते (जुन २०, २०१२) स्थापना भएको यस कलेजमा व्यवस्थापन संकाय अन्तर्गत अन्तर्राष्ट्रिय मान्यता प्राप्त कार्यक्रम ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन(एमबीए) विषय अध्यापन हुन्।
एआइटीएमले सतप्रतिशत नतिजा ल्याउनुका साथै व्यवहारीक शिक्षामा जोड दिदैँ आएको छ। १६ रोपनी क्षेत्रफलमा फैलिएको यो कलेज आफ्नै सुविधा सम्पन्न भवनमा रहेको छ। एआईटीएम कलेज नेपालको उच्च शिक्षालाई नयाँ दृष्टिकोणका साथ अघि बढाउने उद्देश्यले स्थापना गरिएको शैक्षिक संस्था हो। स्थापना कालदेखि नै कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्यमार्फत गुणस्तरीय, नवप्रवर्तनशील तथा उद्योगमैत्री शिक्षा प्रदान गर्दै आएको छ। विश्वस्तरमा मान्यता प्राप्त शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै एआईटीएमले विद्यार्थीलाई प्रतिस्पर्धात्मक विश्वका लागि सक्षम बनाउने लक्ष्य राखेको छ।
कलेजले व्यावहारिक सिकाइ, उद्योगसँगको प्रत्यक्ष सम्पर्क तथा उद्यमशीलता विकासलाई प्राथमिकता दिएको छ। अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार, प्रविधिमैत्री शिक्षण प्रणाली तथा डिजिटल सिकाइ वातावरणमार्फत एआईटीएमले व्यवसाय, सूचना प्रविधि तथा होटल व्यवस्थापनजस्ता क्षेत्रमा दक्ष र सक्षम जनशक्ति उत्पादन गर्दै आएको छ।
आधुनिक भौतिक पूर्वाधार, अनुभवी तथा दक्ष प्राध्यापक, अनुसन्धानमुखी शिक्षण पद्धति र शैक्षिक उत्कृष्टताप्रतिको प्रतिबद्धताका साथले विद्यार्थीहरूमा ज्ञान, सीप, नेतृत्व क्षमता र नैतिक मूल्यको विकास गर्दै आएको छ। हस्पिटालिटीम्यानेजमेन्ट, बिजनेस एन्ड म्यानेजमेन्ट, बीएससी कम्प्युटिङ एन्ड इन्फर्मेसन टेक्नोलोजी र सुदूरपश्चिम विश्वविद्यालयको सम्वन्धनमा ब्याचलर अफ सिभिल इन्जिनियरिङको अध्यापन यस कलेजले गराउदै आएको छ।
कलेजमा बीएचएम ल्याब, आईटी ल्याब, कम्प्युटर ल्याब हुनुका साथै अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरू छन्। मार्काेपोलो पिज्जा मेकिङ र साउथवेस्ट्रन फेसन रनवे प्रतियोगिता जस्ता थुप्रै प्रतियोगितामा यस कलेजका विद्यार्थीले सफलता प्राप्त गरेका छन्।प्रयोगात्मक शिक्षा, विद्यार्थीलाई जब प्लेसमेन्ट, शैक्षिक क्यालेन्डर अनुसारको शिक्षा, इन्टरनेसनल इन्टर्नसिप र इन्टरनेसनल डिग्री लिन एआईटीएम कलेजलाई रोज्नुपर्ने AITM को विश्वास छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्दै AITM नेपालमा उच्च शिक्षाको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ।
मोडल इन्सटिच्युट अफ टेक्नोलोजी (एमआईटी), कमलादी, काठमाडौँ
अध्यापन हुने कार्यक्रमहरु : बीबीए , बीआईटी, एमबीए

मोडल इन्सटिच्युट अफ टेक्नोलोजी (एमआईटी) केएमसी ग्रुपले सञ्चालन गरेको अमेरिकी विश्वविद्यालय इन्टरनेसनल अमेरिकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेज हो। काठमाडौँको कमलादीमा अवस्थित एमआईटी कलेजमा व्यवस्थापन र आईटी अन्तर्गत ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी (बीआईटी), मास्टर इन बिजनेस एडमिनिस्ट्रेशन(एमबीए) विषय अध्यापन हुन्छ।कम्प्युटर प्रशिक्षण मार्फत सीप सुधार, समूह प्रस्तुतीकरणमा ध्यान दिने यस कलेजले व्यावहारिक शिक्षामा जोड दिदैँ आएको छ। एमआईटी कलेजले नेपालको शिक्षा प्रणालीमा नयाँ मापदण्डको स्थापना गरेको छ।
अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्ने संस्था, विद्यार्थीहरूको पहिलो रोजाइ र सामाजिक रूपमा जिम्मेवार स्नातकहरूको विकासमा जोड दिएको छ। अत्याधुनिक भौतिक पूर्वाधारले सुसम्पन्न एमआईटी नेपाली विद्यार्थी माझ लोकप्रिय बन्दै गएको छ। दक्ष अनुभवि शिक्षक र गुणस्तरीय शिक्षामा जोड दिदैँ आएको यस कलेजमा अध्ययन गरेका विद्यार्थीले क्रेडिट ट्रान्सफर गर्ने अवसर समेत प्राप्त गर्ने छन्।
नेपालमै विश्वस्तरीय गुणस्तरीय शिक्षा प्रदान गर्न सफल यस कलेजले आईटी अध्ययनकै लागि विदेश जानु नपर्ने र नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने अवस्था वनाएको छ। एमआईटीमा शिक्षण सिकाइ प्रक्रिया केवल कक्षाकोठामा सीमित छैन। यहाँ विद्यार्थीलाई वास्तविक जीवनका समस्या समाधान गर्न सक्ने क्षमता विकास गराउने उद्देश्यले विषयगत अध्ययन, व्यवहारिक कम्युटर कक्षा, समुहगत प्रस्तुती जस्ता अभ्यासमुखी गतिविधिहरूमा सहभागी गराइन्छ। यसले विद्यार्थीमा विश्लेषणात्मक सोच, नेतृत्व क्षमता, अनुसन्धान सीप तथा प्रस्तुतीकरण कौशलको विकास गर्न मद्दत पुर्याउँछ।
कलेजले विभिन्न क्षेत्रका अनुभवी विज्ञ तथा उद्योगसँग सम्बन्धित व्यक्तित्वहरूलाई आमन्त्रण गरी नियमित गेष्ट लेक्चर मार्फत पनि कक्षा सञ्चालन गर्दै आएको छ। सूचना प्रविधि, बैंकिङ, बीमा तथा कर्पोरेट क्षेत्रका विशेषज्ञहरूसँगको अन्तरक्रियाले विद्यार्थीलाई उद्योगको वास्तविक अवस्था र आवश्यकता बुझ्न सहयोग पु¥याउँछ। शैक्षिक उत्कृष्टतासँगै व्यक्तित्व विकास, सिर्जनशीलता, नवप्रवर्तन तथा व्यावसायिक क्षमताको विकासलाई विशेष प्राथमिकता दिएको छ। ज्ञान, अनुसन्धान र प्रविधिको माध्यमबाट समाज तथा राष्ट्र निर्माणमा योगदान पुर्याउने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ एमआईटी निरन्तर अघि बढिरहेको छ।
ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट), मण्डिखाटार, काठमाडौँ
अध्यापन हुने कार्यक्रमहरुः बीआईएचएम,बीपीएच

होटल तथा पर्यटन उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्ती उत्पादनमा सक्रिय ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेज नेपालको एक उत्कृष्ट र अग्रणी हस्पिटालिटी म्यानेजमेन्ट कलेज हो।
स्विजरल्याण्डको स्विस होटल एसोसियसनबाट मान्यता प्राप्त गेट कलेज ईएचएल नेटवर्कमा समावेश छ।नेपालको काठमाडौँ विश्वविद्यालयसँग समन्वय गरेर हस्पिटालिटिको प्रोफेसनल कोर्स सञ्चालन गर्दै आएको गेट कलेजले ईएचएल सर्टिफाइड ब्याचलर इन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट (बीआईएचएम) कार्यक्रम र काठमाडौँ विश्वविद्यालयको समन्वयमा ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी (बीपीएच) कार्यक्रम सञ्चालन गर्दै आएको छ।
गेट कलेजले वल्र्ड हस्पिटालिटी अवार्ड, पेरिसमा ‘नवीन प्रशिक्षण कार्यक्रम–२०११’ र ‘द बेस्ट प्रोफेशनल सक्सेस’ फाइनल – २०१५ जस्ता अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएको छ। सुविधा सम्पन्न भौतिक पूर्वाधार, दक्ष अनुभवि इन्सट्रक्टर र मनोरम वातावरणका कारण गेट आम अभिभावक र विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ। नेपालमा सञ्चालनमा रहेका विदेशी डिग्री दिने कलेजको तुलनामा प्रोफेसनल कोर्स सञ्चालन गर्ने नेपालकै उत्कृष्ट शिक्षण संस्था मध्ये एक हो। गुणस्तरीय शिक्षासँगै व्यवहारीक ज्ञानमा जोड दिदैँ आएको यस कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीमाझ लोकप्रिय छ।
गुणस्तरीय शिक्षा, व्यावहारिक प्रशिक्षण तथा अन्तर्राष्ट्रियस्तरको होटल म्यानेजमेन्ट शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको यस गेट कलेजले नेपालमा स्विस मोडलको हस्पिटालिटी शिक्षालाई सफलतापूर्वक स्थापित गरेको छ। गेट कलेजले आधुनिक आतिथ्य उद्योगका आवश्यकताअनुसार दक्ष, सक्षम र विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्दै नेपालमा होटल व्यवस्थापन शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।
बर्नहार्ट कलेज, बाफल, काठमाडौँ
अध्यापन हुने कार्यक्रमहरु : बीएससी सीएसआइटी, बीबीएस, बीबीएम, बीसीए र बीए

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँको बाफलमा रहेको बर्नहार्ट कलेज २०६० सालमा स्थापना भएको हो।यस कलेजमा व्यवस्थापन र आईटी अन्तर्गतका बीएससी सीएसआइटी, बीबीएस, बीबीएम, बीसीए र बीए अन्र्तगतका विषय अध्यापन हुन्छ।
बर्नहार्ट कलेज त्रिभुवन विश्वविद्यालयको सम्वन्धन प्राप्त शैक्षिक संस्थाहरूमध्ये पहिलो क्यूएए मान्यता प्राप्त निजी कलेजको उपाधी प्राप्त कलेज पनि हो ।यस कलेजलाई नेपाल सरकार शिक्षा मन्त्रालयले ४०औँ राष्ट्रिय शिक्षा दिवस २०७६ र अन्तर्राष्ट्रिय साक्षरता दिवस २०१९ को अवसरमा उत्कृष्ट निजी कलेजको रुपमा पुरस्कृत समेत गरेको थियो।
विश्वविद्यालय अनुदान आयोगद्वारा राष्ट्रिय स्तरमा छनोट भएको यस कलेजले गुणस्तरीय शिक्षाको क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्दै सुरक्षित, समावेशी तथा विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माण गरेको छ। विद्यार्थीहरूको सिकाइ, व्यक्तिगत विकास तथा सफल भविष्य निर्माणमा केन्द्रित रहँदै कलेजले आफूलाई उत्कृष्टताको केन्द्रका रूपमा स्थापित गर्न सफल भएको छ। प्रत्येक विद्यार्थीलाई व्यक्तिगत रूपमा चिनेर उनीहरूको रुचि, क्षमता र लक्ष्यअनुसार अवसर प्रदान गर्ने कलेजको नीति रहेको छ।
कलेजले आफ्ना नीति, प्रक्रिया तथा शैक्षिक मापदण्डमार्फत दैनिक गतिविधिहरू सञ्चालन गर्दै शिक्षण–सिकाइ, अनुसन्धान, व्यवस्थापन र विद्यार्थी सेवाको गुणस्तर निरन्तर मूल्याङ्कन तथा सुधार गर्ने अभ्यास अपनाएको छ।
भिएस निकेतन कलेज, तिनकुने, काठमाडौँ
अध्यापन हुने कार्यक्रमहरु : बीबीए

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भिएस निकेतन कलेजमा व्यवस्थापन संकाय अन्र्तगतका ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) विषय अध्यापन हुन्छ।काठमाडौँको तिनकुनेमा रहेको यस भिएस निकेतन कलेज ३ रोपनी क्षेत्रफलमा एउटा सुविधासम्पन्न भवनमा अवस्थित छ। यस कलेजमा प्रोजेक्टर सहितको कक्षा कोठा,ल्याव, लाईब्रेरी, खेलकुद मैदान र चमेना गृह थुप्रै भौतिक शैक्षिक पुर्वाधारहरू उपलव्ध छन्।
आईएसओ सर्टिफाइड प्राप्त यस कलेजका विद्यार्थीले अध्ययन पश्चात विभिन्न वित्तिय संस्था, बैँक, कर्पाेरेट क्षेत्रमा रोजगारीको अवसर प्राप्त गर्दे आएका छन्।विद्यार्थीलाई यस कलेजले विभिन्न प्रतिष्ठानहरुमा ईन्टनसिपको समेत व्यवस्था गर्ने गरेको छ। गुणस्तरीय शिक्षा र अध्ययन पश्चात रोजगारीका अवसरका कारण पनि अन्य कलेज भन्दा भिएस निकेतन कलेज भिन्न रहेको छ। हाल कलेजमा शिक्षक तथा कर्मचारी गरी ३० जना कार्यरत छन। प्रत्येक विद्यार्थीलाई व्यक्तिगत रुपमा सिकाइमा जोड दिनु यस कलेजको विशेषता रहेको छ।
यस कलेजको बीबीए कार्यक्रममा ३५० भन्दा बढि विद्यार्थी अध्ययनरत छन्। कलेजले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउदै आएको छ। यस कलेजले स्वरोजगार र उद्यमी बन्नका लागि विभिन्न प्रशिक्षण तथा तालिम प्रदान गर्ने गरेको छ।दक्ष तथा अनुभवि शिक्षकबाट सञ्चालित, विषयगत र प्रयोगात्मक कक्षा, व्यवहारिक तथा व्यवसायीक पठनपान र पढाइलाई सिपसँग जोड्ने, व्यवसायिक पाठ्यक्रम सँगै रोजगारीका अवसरका कारण यस कलेज विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ।
समृद्धि कलेज, लोकन्थली, भक्तपुर
अध्यापन हुने कार्यक्रमहरुः बीएस्सी सीएसआईटी, बीसीए, बीबीएस , बीएसडब्ल्यु

भक्तपुरको लोकन्थलीमा अवस्थित समृद्धि कलेज त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एक अग्रणी शैक्षिक संस्था हो। सन् २०१३ मा समृद्धि एजुकेसन फाउन्डेसनको प्रमुख पहलस्वरूप स्थापना भएको यो कलेजले स्थापना कालदेखि नै गुणस्तरीय, व्यावहारिक र करिअरमुखी शिक्षामा विशेष जोड दिँदै आएको छ ।
हाल कलेजले बीएस्सी सीएसआईटी , बीसीए , बीबीएस , बीएसडब्ल्यू र बीसाइकोलोजीका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । आधुनिक शिक्षण पद्धति, दक्ष प्राध्यापक तथा विद्यार्थी-केन्द्रित सिकाइ प्रणालीमार्फत समृद्धि कलेजले विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारी बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य लिएको छ।
पाठ्यक्रमलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यावहारिक सीपसँग जोडदिनुनै समृद्धि कलेजको विशेषता रहेको छ। कलेजमा विद्यार्थीहरूलाई मौखिक तथा लिखित सञ्चार, सूचना प्रविधिसम्बन्धी विशेष तालिम, उद्यमशीलता विकास, व्यक्तित्व विकास, नेतृत्व क्षमता, सकारात्मक सोच तथा विश्वव्यापी प्रवृत्तिबारे अतिरिक्त कक्षाहरू सञ्चालन गर्ने गरिएको छ। साथै, फिल्डवर्क, इन्टर्नसिप र उद्योगसँगको सहकार्यमार्फत विद्यार्थीहरुलाई सम्वन्धीत क्षेत्रको वास्तविक कार्यअनुभव प्रदान गरिन्छ। आधुनिक प्रविधि, जीवनोपयोगी मूल्य, “कमाउँदै सिक्ने” (Earn to Learn ) अवधारणा तथा नवप्रवर्तनलाई शिक्षासँग जोड्दै विद्यार्थीहरुको बौद्धिक विकास, नेतृत्व क्षमता र आजीवन सिकाइको संस्कार विकासमा कलेजले विशेष जोड दिएको छ। विभिन्न क्लवहरुको गठन गरि विद्यार्थीहरुलाई सामुहिक कार्यमा प्रोत्साहन दिने गरिएको छ।
करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको यस कलेजमा आधुनिक स्मार्ट कक्षाकोठा, रिर्सच ल्याब, कम्युटर ल्याब, चमेना गृहको व्यवस्था गरिएको छ । हाल कलेजमा ८० जना भन्दा बढि शिक्षक कर्मचारी कार्यरत रहेका छन्। विद्यार्थीहरुलाई विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउँदै व्यक्तित्व र नेतृत्व विकासमा कलेजले महत्वपुर्ण भूमिका निर्वाह गर्दे आएको छ। कलेजका विद्यार्थीहरुले उत्कृष्ट नतिजा सँगै अध्ययन पश्चात विभिन्न संस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्। विश्वव्यापी मान्यता प्राप्त नन् क्रेडिट कोर्सहरु, १ सय ६६ प्रकारका अनलाईन सर्टिफिकेसन कोर्सहरु, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा उत्कृष्ट नतिजा निकाल्न सफल भएकै कारण विद्यार्थीहरु तथा अभिभावकहरुको रोजाइमा समृद्धि पर्न सफल भएको कलेजका प्रिन्सिपल सन्दीप श्रेष्ठ बताउँछन्।
शिक्षालय कलेज लोकन्थली भक्तपुर
अध्यापन हुने कार्यक्रमहरु : बीएससी सीएसआईटी, बीबीए, एमबीए

भक्तपुरको लोकन्थली स्थित शिक्षालय कलेज व्यवस्थापन तथा सूचना प्रविधि (आईटी) शिक्षामा गुणस्तरीय अध्ययन–अध्यापन गराउँदै आएको एक उदीयमान शैक्षिक संस्था हो। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको यस कलेजले बीएससी सीएसआईटी , बीबीए र एमबीए कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। आधुनिक प्रविधिमा आधारित शिक्षण, अनुभवी प्राध्यापक, व्यावहारिक सिकाइ तथा विद्यार्थीमैत्री वातावरणका कारण शिक्षालय कलेज विद्यार्थीहरुको रोजाइमा पर्दै आएको छ।
कलेजमा हाल २८ जना प्राध्यापकहरु तथा १० जना कर्मचारीहरु कार्यरत छन् । बीबीए कार्यक्रमका लागि ६६ सिट तथा बीएससी सीएसआईटीका लागि ८४ सिट स्वीकृत छन्। शैक्षिक सत्र २०८२ मा बीबीएमा ३८ तथा बीएससी सीएसआईटीमा ८४ विद्यार्थीहरु अध्ययनरत छन् । अघिल्लो शैक्षिक सत्र २०८१ मा बीबीएमा ४२ र बीएससी सीएसआईटीमा ८४ विद्यार्थीहरु अध्ययनरत थिए।
शिक्षालय कलेजले उत्कृष्ट शैक्षिक नतिजा पनि हासिल गर्दै आएको छ । बीएससी सीएसआईटीमा २०८१ मा ९५ प्रतिशत र २०८० मा ९१ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् भने बीबीएमा २०८१ मा ९० प्रतिशत र २०८० मा ९२ प्रतिशत उत्तीर्ण दर रहेको छ।
कलेजले विद्यार्थीहरुलाई अध्ययनसँगै व्यावसायिक सीप विकासमा पनि जोड दिएको छ। प्रतिष्ठित संस्थाहरूमा इन्टर्नसिप र प्लेसमेन्ट, विश्वव्यापी मान्यता प्राप्त ५०० भन्दा बढी ग्लोबल सर्टिफिकेसन कोर्समा अवसर, अनुभवी तथा दक्ष प्राध्यापक, आधुनिक कम्प्युटर प्रयोगशाला, फराकिलो र सुविधा सम्पन्न शैक्षिक पूर्वाधार, विद्यार्थी सहभागिताका लागि सक्रिय क्लबहरू तथा उत्कृष्ट विद्यार्थीहरुका लागि विशेष अवसरहरू उपलब्ध गराउँदै आएको छ।
कलेजमा कम्प्युटर ल्याब, नेटवर्क ल्याब, माइक्रोप्रोसेसर ल्याब, डिजिटल ल्याब र फिजिक्स ल्याब सहितका आधुनिक प्रयोगशालाहरू सञ्चालनमा छन्। करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको भवन तथा परिसर विद्यार्थीहरुको अध्ययनका लागि अनुकूल वातावरण प्रदान गर्दछ।
शिक्षालय कलेजले शिक्षकको क्षमता अभिवृद्धिका लागि नियमित रूपमा फ्याकल्टी डेभलपमेन्ट प्रोग्राम सञ्चालन गर्दै आएको छ। साथै, यो कलेज एजुकेशन भिजन अवार्ड, राईजिङ कलेज अवार्ड जस्ता अवार्डवाट पुरस्कृत भएको छ। हाल कलेज आईएसओ (क्ष्क्इ) प्रमाणपत्र प्राप्तिको अन्तिम चरणमा रहेको जनाएको छ।
गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार, व्यावहारिक सिकाइ, उत्कृष्ट शैक्षिक नतिजा तथा विद्यार्थीहरुको समग्र व्यक्तित्व विकासमा केन्द्रित कार्यक्रमका कारण शिक्षालय कलेज व्यवस्थापन र सूचना प्रविधि शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको कलेजका प्राचार्य आशुतोष रिमाल बताउँछन्।
सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी, सानेपा ललितपुर
अध्यापन हुने कार्यक्रमहरु : बीएससी सिएसआईटी, बीसिए

सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो। ललितपुरको सानेपामा रहेको यस कलेज सगरमाथा इन्जिनियरिङ कलेज अन्र्तगतकै एक विशिष्ठकिृत शैक्षिक संस्थाका रुपमा रहेको छ।कलेजमा हाल बीएससी सिएसआईटी र बीसिए कार्यक्रम सञ्चालनमा रहेकाछन्। २०६८ सालमा त्रिविवाट सम्वन्धन प्राप्त यस कलेजमा बीएससी सिएसआईटी अन्र्तगत ४८ र बीसिए कार्यक्रम तर्फ वार्षिक ३५ विद्यार्थीको भर्ना कोटा रहेको छ।
कलेजले विद्यार्थीलाई गुणस्तरीय, व्यावहारिक तथा रोजगारमुखी शिक्षा प्रदान गर्दै आएको छ। आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक, अनुसन्धानमुखी वातावरण तथा उद्योगसँगको सहकार्यका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ कलेजले आफ्नो शैक्षिक यात्रा अघि बढाइरहेको छ। कलेजमा हाल ७ जना पूर्णकालीन र २५ जना आंशिक प्राध्यापक तथा ३३ जना कर्मचारी कार्यरत छन्।
सूचना प्रविधि शिक्षाका लागि आवश्यक आधुनिक कम्प्युटर ल्याब, नेटवर्किङ ल्याब, फिजिक्स ल्याब, डिजिटल लोजिक ल्याब, माइक्रोप्रोसेसर ल्याब, अनुसन्धान ल्याब तथा पुस्तकालयको सुविधा कलेजमा उपलब्ध छन। शैक्षिक नतिजाको दृष्टिले पनि कलेज उत्कृष्ट रहेको छ। बीएससी सिएसआईटीमा पछिल्ला तीन वर्षमा क्रमशः ८४ प्रतिशत, ९५ प्रतिशत र १०० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। त्यसैगरि बीसिए तर्फ ७३ प्रतिशत, ८९ प्रतिशत र ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
कलेजले विद्यार्थीलाई अध्ययनसँगै व्यावसायिक सीप विकासमा विशेष जोड दिदै आएको छ। सफ्टवेयर डेभलपमेन्ट, मोवाईल एप डेभलपमेन्ट,साईवर सेक्युरिटी, नेटवर्किङ लगायतका क्षेत्रमा विद्यार्थीलाई व्यावहारिक अनुभव प्रदान गर्दै आएको छ।
साथै उत्कृष्ट विद्यार्थीहरूलाई स्वदेश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि प्रेरित र सहजीकरण गर्ने वातावरण निर्माण गरिएको छ। कलेजले अनुसन्धान र नवप्रवर्तनमा जोड दिदै आएको छ। उद्योग-शैक्षिक संस्थाबीच सहकार्य गर्दै विभिन्न तालिम, कार्यशाला, गेष्ट लेक्चर तथा उद्योगसँग प्रत्यक्ष जोडिने कार्यक्रम नियमित सञ्चालन हुने गरेको छ।
गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार, अनुभवी प्राध्यापक, अनुसन्धानमुखी वातावरण, उद्योगसँगको सहकार्य तथा उत्कृष्ट शैक्षिक उपलब्धिका कारण सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी सूचना प्रविधि अध्ययन गर्न चाहने विद्यार्थीका लागि उत्कृष्ट रोजाइका रूपमा स्थापित हुँदै आएको कलेजका सह–प्राचार्य अमित खनाल बताउँछन्।
रिट्ज कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, बालकुमारी, ललितपुर
अध्यापन हुने विश्वविद्यालय : बीसीए, बीबीए, बीएचएम, ईन्जिनियरिङ तर्फ सिभिल

हिमाल एजुकेशनल फाउण्डेसन एण्ड रिसर्च सेन्टर अन्र्तगत सञ्चालित रिट्ज कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट ललितपुर बालकुमारीमा अवस्थित रहेको छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा व्यवस्थापन र ईन्जिनियरिङ तर्फ स्नातक तहमा ब्याच्लर अफ कम्प्यूटर एप्लिकेशन (बीसीए), ब्याच्लर अफ बिजनेश एड्मिनिस्टे्रसन (बीबीए), ब्याच्लर अफ होटल म्यानेजमेनट (बीएचएम) र सिभिल ईन्जिनियरिङ विषयतर्फ अध्यापन हुन्छ।
सन् २००९ मा स्थापना भएको यस कलेज आइएसओ मान्यता प्राप्त कलेज हो। नेपालको प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा स्थापित यस कलेजले लामो समयदेखी गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ। रिट्ज कलेजमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशीय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था रहेको छ।
स्थापना कालदेखिको परीक्षाको नजितामा उत्कृष्ट हुन सफल यस कलेजले त्यसलाईनै निरन्तरता दिन सफल भएको छ। यो कलेज शिक्षाक्षेत्रका अग्रणी शिक्षक, प्रतिष्ठित प्राविधिक व्यक्तित्व र समाजसेवीहरूको समुहद्वारा स्थापना गरिएको हो। रिट्ज कलेजले पोखरा विश्वविद्यालय अन्र्तगतको नियम अनुसार छात्रवृत्ति प्रदान गर्दछ। यस बाहेक रिट्जले कुल विद्यार्थीको दश प्रतिशत, परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने र आर्थिक रुपमा कमजोर, सीमान्तकृत, पिछडिएका वर्ग र सहयोगको आवश्यकता परेका विद्यार्थीलाई छात्रवृत्ति लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ।
रिट्जले पढाइका अलावा अन्य क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल विद्यार्थीलाई पनि प्रोत्साहन स्वरुप छात्रवृत्ति उपलब्ध गराउँछ। कलेजले गुणस्तरीय शिक्षाका अलावा विद्यार्थीलाई शैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा र खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ। यस कलेजमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रित विद्यार्थीमैत्री वातावरणमा व्यावहारिक, प्रयोगात्मक र जीवन उपयोगी शिक्षा प्राप्त हुन्छ। विद्यार्थीहरूलाई राष्ट्रिय र विश्वव्यापी बजारको उच्च गुणस्तरीय शिक्षा प्रदान गर्नु यस कलेजको मुख्य विशेषता रहेको कलेजका प्रिन्सिपल तूलसीराम रिजाल बताउँछन्।
काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, बालकुमारी, ललितपुर
अध्ययपन हुने विषयहरु : इन्जिनियरिङ, बीसीए, बीएससी सीएसआइटी, बीबीएम, बीबीए

ललितपुरको बालकुमारीमा रहेको यस कलेज सन् २००३ मा स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा इन्जिनियरिङतर्फ सिभिल, कम्प्यूटर र इलोक्ट्रोनिक्स कम्यूनिकेशन एण्ड इन्फरमेसन इन्जिनियरिङ, आईटीतर्फ बीसीए, बीएससी सीएसआइटी र व्यवस्थापन संकायतर्फ बीबीएम र बीबीए विषय अध्यापन हुदै आएको छ। यस कलेजमा इन्जिनियरिङ तर्फ सिभिल इन्जिनियरिङमा ९६, कम्प्युटर इन्जिनियरिङमा ४८, इलोक्ट्रोनिक्स कम्यूनिकेशन एण्ड इन्फररमेसन इन्जिनियरिङमा ४८ सिट रहेको छ।
भौतिक शैक्षिक पूर्वाधारले सम्पन्न यस कलेज शिक्षा क्षेत्रमा सक्रिय विज्ञहरूद्वारा सञ्चालित सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा रहेको छ। काठफोर्डमा विषयगत दक्ष पूर्णकालीन शिक्षक हुनुका साथै शान्त, उत्प्रेरक एवं विद्यार्थीमैत्री वातावरण भएकाले यस कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। यस कलेजले उज्वल भविष्य बनाउने सपना बोकेका इमान्दार, जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्तिको व्यवस्था गरेको छ। साथै यस कलेजले प्रत्येक विद्यार्थीलाई अध्यन पश्चात् आवश्यकता अनुसार अनिवार्य इन्टर्नसीपको व्यवस्था गर्ने गरेको छ।
कलेजमा अध्यनरत पूर्व विद्यार्थीहरुले नेपालका सरकारी तथा गैरसरकारी र अन्तर्राष्ट्रिय स्तरमा समेत रोजगारीको अवसर प्राप्त गर्न सफल भएका छन्। यस कलेजमा अध्ययन पश्चात विदेश गएकाहरुले पनि ईन्जिनियरिङ, व्यवस्थापन र आईटी पेसामा उत्कृष्ट अवसर पाउन सफल भएका छन्। यस कलेजले विद्यार्थीहरुको क्षमता, योग्यता र आर्थिक स्थिति अनुसार प्रत्येक वर्ष विशेष छुट समेत प्रदान गर्ने गरेको छ।कलेजले विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्तिको आधारमा जेहेन्दार, आर्थिक रुपमा विपन्न, विद्यार्थीलाई छात्रावृति प्रदान गर्ने गरेको छ।
काठफोर्ड कलेजले मेरिट, शैक्षिक योग्यता र उत्कृष्ट नतिजाको आधारमा र विशेष गरि छात्रा विद्यार्थीहरुलाई विशेष छात्रावृतिको व्यवस्था गरेको छ। काठफोर्ड कलेजले विद्यार्थीलाई पढाइका अलावा खेलकुद, कला साहित्य लगायत मेन्टरसिप, बुट क्याम्प, अन्तरक्रिया, साइबर सेक्युरिटि लगायतका थुप्रै तालिमहरू प्रदान गर्दै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै आएको छ।
विद्यार्थीहरूको प्रतिभा विकास गर्ने उद्देश्यले यस कलेजले विद्यार्थीको अतिरिक्त क्रियाकलाप केन्द्रित क्लबको गठन गर्ने गरेको छ। कलेजले रचनात्मक र व्यावसायिक शिक्षालाई विशेष जोड दिँदै आएको छ। यस कलेजले इन्जिनियरिङ, आईटी र व्यवस्थापन क्षेत्रको ज्ञान र क्षमतालाई सुसज्जित गर्दै दक्ष जनशक्ती उत्पादन गर्दे आएको यस कलेजका प्रिन्सिपल सुनिल पोखरेल बताउँछन्।
हिमालयन ह्वाईटहाउस ,पुतलीसडक, काठमाडौँ
अध्यापन हुने विषयहरुः ईन्जिनियरिङ, बीआईटी, बीएचएम, बीबीए , बीएएलएलबी

काठमाडौँको पुतलीसडकमा अवस्थित हिमालयन ह्वाईटहाउस ईन्टरनेशनल कलेज सन् २००१ मा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो।हिमालयन ह्वाईटहाउसमा स्नातक तह ईन्जिनियरिङ, व्यवस्थापन र आईटी अन्तर्गतका बीआईटी, बीएचएम, बीबीए लगायतका विषय अध्यापन हुन्छ। यसै अन्र्तगतको हिमालयन ह्वाईटहाउस स्कु्ल अफ ल ले कानुन संकायतर्फ बीएएलएलबी विषयको अध्यापन गराउदै आएको छ।
कुशल व्यवस्थापन तथा विषयगत दक्ष पूर्णकालीन शिक्षक, उत्प्रेरक एवमं विद्यार्थीमैत्री वातावरण भएकाले यस कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। यस कलेजले इन्जिनियरीङ, आईटी र व्यवस्थापन संकायतर्फ सपना बोकेका तर आर्थिक अवस्था कमजोर भएका इमान्दार, जेहेन्दार विद्याथीहरुलाई छात्रवृत्तिको पनि व्यवस्था गरेको छ।
यस कलेजमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रित विद्यार्थीमैत्री वातावरणमा व्यावहारिक, प्रयोगात्मक र जीवन उपयोगी शिक्षा प्राप्त हुन्छ। विद्यार्थीहरूलाई राष्ट्रिय र विश्वव्यापी बजारको उच्च गुणस्तरीय शिक्षा प्रदान गर्नु यस कलेजको मुख्य विशेषता हो। हिमालयन ह्वाईटहाउस कलेजले विद्यार्थीलाई पढाइका अलावा पनि खेलकुद, कला साहित्य लगायत कम्प्युटर, बुट क्याम्प, अन्तरक्रिया, साइबर सेक्युरिटि जस्ता थुप्रै तालिमहरू प्रदान गर्दैै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै आएको छ।
कलेजमा स्वस्थ र स्वच्छ वातावरण, सुसज्जित डिजिटल कक्षाकोठा, खेलकुदका लागि आवश्यक पूर्वाधार, पुस्तकालय, कम्प्युटर ल्याब जस्ता थुप्रै अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्।नविनतम शैक्षिक प्रणाली, सुविधासम्पन्न भैतिक शैक्षिक पूर्वाधार, सरकारी तथा गैरसरकारी निजी संस्थाहरूमा इन्टर्नसिपको अवसर, सहुलियत शूल्कमा अध्यापन, कुशल व्यस्थापन र प्राईम लोकेसनको कारण ह्वाईटहाउस विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
लर्ड बुद्ध एजुकेशन फाउन्डेशन, मैतिदेवी, काठमाडौँ
अध्यापन हुने कार्यक्रमहरुः बीएससीआईटी,बीएससीसीएस, एमएससी आइटिएम, एमबिए

काठमाडौँ मैतिदेवी अवस्थित लर्ड बुद्ध एजुकेशन फाउन्डेशन सन् १९९८ मा स्थापना भएका हो। एसिया प्यासिफिक विश्वविद्यालय अफ टेक्नोलोजी एण्ड इनोभेशनबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो सूचना प्रविधि (आईटी) कलेज हो। यस फाउन्डेशनमा स्थापना कालदेखी २ दशकको समयमा १३ हजार भन्दा बढी विद्यार्थी दिक्षीत भईसकेका छन्।
यस कलेजमा आईटी अन्र्तगतको बीएससीआईटी,बीएससीसीएस, कम्युटर इन आर्टिफिसियल ईन्टिलेजेयन्स, डाटा ऐनालाईसेस, साईबर सेकुरेटी आदी विषय अध्यापन हुन्छ।सूचना आईटीमा स्नातोकोत्तर सम्म अध्ययन हुने यस फाउन्डेशनमा हाल १५ सय भन्दा बढी विद्यार्थी अध्यनरत छन्। नेपालको पहिलो आईटी कलेज भएकोले सूचना प्रविधि क्षेत्रको विकासमा निजी क्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेशन फाण्डेशनले खेलेको भूमिका अतुलनीय छ। लर्ड बुद्धलेपछिल्लो २ दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगती हासिल गर्न सफल भएको छ।
यस फाउन्डेशनले स्थापना कालदेखि नै सवैका लागि शिक्षा नीति अंगिकार गर्दे आएको छ। लर्ड बुद्धमा विद्यार्थीहरुले शान्त र मनोरम वातावरणमा अत्याधुनिक भवन भित्र प्रविधिमैत्री कक्षाकोठामा शैद्धान्तिक र प्रयोगात्मक शिक्षा लिने अवसर प्राप्त गर्छन्। यस फाउन्डेशनमा दक्ष, अनुभवी शिक्षकहरूले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक शैद्धान्तिक र व्यावहारीक ज्ञानको लागि निरन्तर मार्गदर्शन देखाउँदै आएका छन्।
उद्योग र विद्यार्थी बीच रहेको खाडल केहि हदसम्म पुर्ने र मुलुकभित्र व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारीको अपेक्षा गरि यस लर्ड बुद्ध फाउन्डेशनले विभिन्न संस्थाहरुसँग सहकार्य गरि विद्यार्थीहरुलाई इन्र्टनशिप र रोजगारीको अवसर प्रदान गर्दछ। लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विगतमा १० हजार महिलालाई निशुल्क कम्प्युटर तालिम प्रदान गरेको थियो। नेपालको शिक्षा क्षेत्रमा क्रान्ति ल्याउने र सुपथ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना भएको यस कलेजले शिक्षा मार्फत महिला सशक्तीकरणमा महत्वपुर्ण योगदान पुराउदैँ आएको छ।
पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने श्रमिकको संख्या बढेकाले सीपमूलक जनशक्ति उत्पादन गरी विदेश पठाउन सकेमा रेमिटयान्स बढ्ने उदेश्यले यस फाउन्डेशनले शैक्षिक गुणस्तरलाई विशेष प्राथमिकतामा राख्दै आएको छ।
एभरेष्ट कलेज, थापाथली, काठमाडौँ
अध्यापन हुने कार्यक्रमहरु : बीबीएस, बीसीए, बीबीए, बीबीएम

त्रिभुवन विश्वविद्यालयद्धारा २०५५ सालमा अनुमति प्राप्त एभरेष्ट कलेज, काठमाडौँको थापाथलीमा रहेको छ। व्यवस्थापन शिक्षामा केन्द्रित शैक्षिक संस्था हो। यस कलेजमा ब्याचलर व्यवस्थापन संकाय अन्तर्गत ब्याचलर इन बिजनेस स्टडीज (बीबीएस), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन(बीसीए), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन(बीबीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट(बीबीएम) आदी विषयमा अध्यापन हुदैँ आएको छ। कलेजमा हाल ५३ जना शिक्षक र १२ जना कर्मचारी गरी कुल संख्या ६५ जना कार्यरत छन्।
कुल ५ रोपनी क्षेत्रफलमा फैलिएको यस कलेजमा सुबिधा सम्पन्न भवनमा कम्प्यूटर ल्याब, डिजिटल ल्याब, स्मार्ट कक्षाकोठा, लाईब्रेरी, स्वस्थ कक्षाकोठा वातावरण, उत्कृष्ट चमेना गृह आदि भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्। बदलिँदो समय, विश्वव्यापी चुनौती र रोजगारी बजारको आवश्यकतालाई ध्यानमा राख्दै विद्यार्थीलाई सक्षम, सिर्जनशील र जिम्मेवार जनशक्तिका रूपमा विकास गर्ने कलेजको मुख्य उद्देश्य रहेको छ।
कलेजको शैक्षिक वातावरणले विद्यार्थीलाई कक्षाकोठाको ज्ञानमा मात्र सीमित नराखी व्यक्तिगत गतिविधि, संवाद, लगायतका कार्य तथा विभिन्न सिर्जनात्मक अभ्यासमा सहभागी हुने अवसर प्रदान गर्दै आएको छ।यसले विद्यार्थीको व्यक्तिगत क्षमता, बौद्धिक विकास र आत्मविश्वास अभिवृद्धिमा सहयोग पु¥याउने कलेजको विश्वास छ। सामाजिक गतिविधि, खेलकुद, संगीत, नाटक, दृश्य सामग्री तथा विभिन्न अतिरिक्त क्रियाकलापलाई पनि विद्यार्थीको सिकाइ प्रक्रियाको अभिन्न अंगका रूपमा समावेश गरिएको छ। यस्ता गतिविधिले विद्यार्थीमा नेतृत्व क्षमता, सहकार्य, सञ्चार सीप, सिर्जनशीलता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत गर्ने कलेजको मान्यता छ।
व्यवस्थापन शिक्षालाई केवल परीक्षामुखी ज्ञानमा सीमित नराखी नेतृत्व, निर्णय क्षमता, समस्या समाधान, सञ्चार, व्यवस्थापकीय दक्षता तथा व्यावसायिक व्यवहार विकास गर्ने माध्यमका रूपमा एभरेस्ट कलेजले अघि बढाएको छ। विद्यार्थीलाई भविष्यको रोजगारी तथा व्यावसायिक जीवनका लागि तयार पार्नुका साथै समाजका विभिन्न संस्थागत समूहमा जिम्मेवार भूमिका निर्वाह गर्न सक्षम नागरिक बनाउनेतर्फ कलेज केन्द्रित छ।
टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी, चावहिल, काठमाडौँ
अध्यापन हुने कार्यक्रमहरुः बीएससी-सीएसआइटी, बीसीए, बीबीएम, बीबीएस, बीए–बीएसडब्लु, बीबीए, बीआइट, बीएचएम, बीसीएस

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त टेक्सास कलेज काठमाडौँ स्थित चावहिल, मित्रपार्कमा रहेको छ।टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी कलेजमा व्यवस्थापन संकाय अन्तर्गतको ब्याचलर इन कम्प्युटर विज्ञान र सूचना प्रविधिमा विज्ञान(बीएससी–सीएसआइटी),ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट(बीबीएम), ब्याचलर इन बिजनेस स्टडीज(बीबीएस), ब्याचलर अफ सोसल वर्क(बीए–बीएसडब्लु), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन(बीबीए), ब्याचलर इन सूचना प्रविधि(बीआइटी), ब्याचलर इन होटल व्यवस्थापन (बीएचएम), ब्याचलर इन कम्प्युटर विज्ञान (बीसीएस) आदि विषय अध्यापन हुन्छ। यस कलेजले मलेसियाको लिंकन यूनिभर्सिटीद्धारा अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ।
३ रोपनीमा निर्मित ११ भवनमा सञ्चालन हुदै आएको यस कलेजमा कार्यरत शिक्षक कर्मचारीको संख्या ४ सय बढि रहेको छ। टेक्सासमा एआइ ल्याब, नेटवर्किङ ल्याब, सिस्को ल्याब, बीएचएम ल्याब, ब्याट्री ल्याब, बारिष्ट ल्याब, आइओटी ल्याब, सीएच ल्याब आदी जस्ता थुप्रै अत्याधुनिक भौतिक शैक्षिक पुर्वाधार उपलब्ध छन्।सिस्को, एआइ, कर, लेखा, आइओएफ जस्ता तालिम सञ्चालन गर्दै आएको यस कलेजको प्रत्यक विषयलाई व्यापारिक तथा व्यवहारसँग जोड्ने प्रमुख विशेषता हो। विद्यार्थीलाई सिपसँग जोड्ने, व्यवसायिक पाठ्यक्रम, सुसज्जित अपडेट प्रयोगशाला र कलेज काठमाडौँको प्रमुख स्थानमा रहेकोले विद्यार्थीले टेक्सास कलेजलाई रोज्नुपर्ने टेक्सास कलेजका बिजनेस डिर्पाटमेन्टका निर्देशक नारायण पौडेल बताउँछन्।
कामद कलेज, तीनकुने,काठमाडौँ
अध्यापन हुने कार्यक्रमहरु : बीबीए, बीएचएम, बीडेभ्स, बीसीए-आइटी

काठमाडौँ स्थित गैरिगाउँ, तीनकुनेमा रहेको कामद कलेजमा व्यवस्थापन संकाय अन्र्तगतको ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन(बीबीए), ब्याचलर अफ होटल व्यवस्थापन (बीएचएम), ब्याचलर अफ विकास अध्ययन (बीडेभ्स), ब्याचलर अफ कम्प्युटर अनुप्रयोग (बीसीए–आइटी)विषयमा पढाई हुन्छ। कामद कलेज सन् २००९ मा पोखरा विश्वविद्यालयद्धारा सम्बन्धन प्राप्त कलेज हो। यस कलेजमा शिक्षक १९ जना र १२ जना कर्मचारी कार्यरत छन्।
विश्वविद्यालयबाट अनुमति प्राप्त विषयमा कामदले ४ बर्षमा २०८० सालमा बीबीएमा ९६ कोटा मध्य ६५ जना, २०७९ सालमा ४ बर्षामा ७३ जना विद्यार्थी भर्ना गरेको थियो। कामदले यसै शैक्षिक सत्रबाट बीसीएस-आइटी, बीएचएम, विषयमा नयाँ भर्ना लिने विवरणमा उल्लेख गरिएको छ। कामदले बीबीए विषयमा २०८० सालमा ७९ प्रतिशत, २०७९ सालमा ७७ प्रतिशत र २०७८ सालमा ७५ प्रतिशत र बीडेभ्स विषयमा २०७९ सालमा ८३ प्रतिशत र २०७८ सालमा ७९ प्रतिशत अंक ल्याउन सफल भएको थियो।
राष्ट्रिय मान्यता प्राप्त यस कलेजमा सम्पुर्ण रुपमा सुविधा सम्पन्न शैक्षिक प्रशासनिक भवन साथै चमेनागृह, पुस्तकालय एंवम खेलमैदान आदी भौतिक शैक्षिक पुर्वाधारहरु उपलब्ध छन्। कामदले फुटसल प्रतियोगिता र क्रिकेट प्रतियोगिता (२०७८) मा प्रथम र तृतिय स्थान हासिल गर्न सफल भएको थियो। कामदको विद्यार्थीहरु अध्ययन पश्चात् व्यवस्थापन तथा लेखा र माइक्रोसफ्ट सम्बन्धि तालिम दिदै आएका छन्।
यस कलेजमा अध्ययन पश्चात् विद्यार्थीहरुले विभिन्न वित्तिय संस्था, बैँकहरुमा आवद्ध हुदै आफ्नै पेसा व्यवसाय समेत सञ्चालन गर्दे आएका छन्। त्यस्तै विभिन्न सरकारी कार्यालयहरुमा पनि आवद्ध छन्। प्राईम लोकेसन, प्रविधिको प्रयोग र अनुभवि शिक्षकद्धारा पठनपाठन, विद्यार्थी मैत्री वातावरण, रोजगारमुलक तालिम प्रदान र अन्य भौतिक शैक्षिक सुबिधा रहेको कारण विद्यार्थीले कामदलाइ. रोज्नुपर्ने कारण कामद कलेजका प्राचार्य काशिनाथ खनालले विवरणमा उल्लेख गरेका छन्।
रिलायन्स इन्टरनेशनल एकेडेमी, सरस्वतीनगर, काठमाडाैँ
अध्यापन हुने कार्यक्रमहरु : बिसिए, बिबिए, बिए, बिएसडब्लु
.jfif)
रिलायन्स कलेज नेपालको प्रतिष्ठित Reliance Education Network -REN_अन्तर्गत सञ्चालित एक अग्रणी उच्च शैक्षिक संस्था हो। २०५० सालमा अनुभवी शिक्षाविद्हरूद्वारा स्थापित रिलायन्स एजुकेसन नेटवर्कले तीन दशकभन्दा बढी समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। सरस्वतीनगर चावहिल काठमाडामौँ रहेका पाँच शैक्षिक संस्थामार्फत पूर्वप्राथमिक तहदेखि स्नातक तहसम्मको शिक्षा उपलब्ध गराउँदै आएको यस नेटवर्कले शैक्षिक उत्कृष्टता, नैतिक मूल्य र नेतृत्व विकासलाई प्राथमिकतामा राखेको छ।
रिलायन्स कलेजले व्यवस्थापन, सूचना प्रविधि, सामाजिक विज्ञान तथा सामाजिक कार्यका क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको छ। कलेजमा स्नातक तहमा बिसिए, बिबिए, बिए बिएसडब्लु कार्यक्रम सञ्चालित छ। त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त यस कलेजले आधुनिक शिक्षण प्रणाली, अनुभवी प्राध्यापक, अनुसन्धानमुखी अध्ययन, व्यवहारिक सिकाइ र उद्योगसँगको सहकार्यमार्फत विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सक्षम, दक्ष र जिम्मेवार नागरिकका रूपमा तयार पार्ने लक्ष्य लिएको छ।
विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राख्दै कलेजले शैक्षिक उपलब्धिसँगै नेतृत्व क्षमता, सिर्जनशीलता, आलोचनात्मक सोच, सञ्चार सीप तथा सामाजिक उत्तरदायित्व विकासमा विशेष जोड दिएको छ। अध्ययनसँगै सेमिनार, कार्यशाला, परियोजना कार्य, इन्टर्नसिप, उद्योग भ्रमण तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई व्यवहारिक अनुभव प्रदान गरिन्छ।
रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत ५,००० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ५०० भन्दा बढी दक्ष शिक्षक तथा कर्मचारीहरूले उत्कृष्ट शैक्षिक वातावरण निर्माणमा योगदान दिइरहेका छन्।
यही अनुभव, समर्पण र निरन्तर सुधारको संस्कृतिका कारण रिलायन्स कलेज उच्च शिक्षाका क्षेत्रमा विश्वासिलो शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ। उत्कृष्ट नतिजा, अत्याधुनिक भौतिक संरचना, दक्ष, अनुभवी शिक्षकद्वारा पठनपाठन हुने भएकोले विद्यार्थी र अभिभावकले रिलायन्सलाई रोज्नुपर्ने यस कलेजका निर्देशक नन्दु प्रसाद कुशवाहाले जानकारी दिए।
आईआईएमएस कलेज, नक्साल, काठमाडौँ
अध्यापन हुने कार्यक्रमहरुः कम्प्युटर साइन्स, हस्पिटालिटी म्यानेजमेन्ट र बिजनेस एडमिनिस्ट्रेशन
.jpg)
काठमाडौँको नक्सालमा रहेका आईआईएमएस कलेज नेपालमा गुणस्तरीय, व्यावहारिक तथा अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्थामध्ये एक हो।सन् २०१० मा स्थापना भएको यस कलेज विश्व प्रसिद्ध टयाल्र्स युनिर्भसिटीको सम्वन्धन प्राप्त गरि सैद्धान्तिक ज्ञानलाई व्यावसायिक तथा व्यवहारिक सीपसँग जोड्दै विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति बनाउने लक्ष्यका साथ कलेज अघि बढिरहेको छ।
स्थापनाकालदेखि नै आईआईएमएसले कम्प्युटर साइन्स, हस्पिटालिटी म्यानेजमेन्ट र बिजनेस एडमिनिस्ट्रेशन लगायतका विषयमा गुणस्तरीय अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको छ। हालसम्म ७,००० भन्दा बढी दक्ष स्नातक उत्पादन गरिसकेको यस कलेज नेपालमा उच्च शिक्षाका लागि विद्यार्थीको पहिलो रोजाइमध्ये एकका रूपमा स्थापित भएको छ।
आधुनिक पूर्वाधारमा प्रयोगशाला, प्रविधिमैत्री शिक्षण वातावरण तथा अनुभवी विज्ञ प्राध्यापकहरूको सहभागिताले आईआईएमएसलाई रोजगारदाताको अपेक्षा पूरा गर्ने सक्षम शैक्षिक संस्थाका रूपमा परिचित बनाएको छ। आईआईएमएसले टेलर्स विश्वविद्यालयसँगको सहकार्यमा सूचना प्रविधि (IT), कृतिम बुद्धिमत्ता (AI), हस्पिटालिटी तथा बिजनेस विषयमा अन्तर्राष्ट्रियस्तरका स्नातक कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीलाई विश्वव्यापी अवसरका लागि तयार पारिरहेको छ।
प्रतिस्पर्धी र गुणस्तरीय शिक्षा प्रदान गर्दै विश्वस्तरीय शैक्षिक संस्थाको रूपमा स्थापित हुने तथा शिक्षा मार्फत समाज र विश्वमा सकारात्मक परिवर्तन ल्याउने नेतृत्वदायी शैक्षिक संस्थाका रुपमा रहेको यस कलेजले विद्यार्थीलाई केवल शैक्षिक प्रमाणपत्रमा सीमित नराखी व्यावसायिक दक्षता, नेतृत्व क्षमता, नवप्रवर्तनशील सोच तथा अन्तर्राष्ट्रिय करियरका अवसरसँग जोड्ने वातावरण निर्माण गरेको छ। यही कारणले आईआईएमएस नेपालमै विश्वस्तरको शिक्षाका लागि विद्यार्थीहरुको रोजाईमा आईआईएमएसनै पर्ने गरेको छ।
एटलान्टिक इन्टरनेसनल कलेज, गल्खोपाखा, ठमेल, काठमाडौँ
अध्यापन हुने कार्यक्रमहरुः बिबिए, एमबिए

काठमाडौँको गल्खोपाखा, ठमेलमा रहेको एटलान्टिक इन्टरनेसनल कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो। उच्च शिक्षामा व्यवस्थापन विषयप्रति विद्यार्थीहरूको आकर्षण निरन्तर बढिरहेको वर्तमान समयमा गुणस्तरीय, व्यावहारिक तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो।
कलेजमा हाल स्नातक तह अन्र्तगत बिबिए र स्नातोकत्तर तहमा एमबिए अध्यापन हुँदै आएको छ। अनुभवी प्राध्यापक, अनुसन्धानकर्ता तथा लेखकहरूको नेतृत्वमा सञ्चालित यस कलेजले दक्ष, सक्षम र प्रतिस्पर्धी व्यवस्थापन जनशक्ति उत्पादन गर्दै आएको छ। विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो आर्थिक परिवेशमा उद्योग, व्यापार, बैंकिङ, वित्त, बीमा तथा सेवा क्षेत्रमा नेतृत्व गर्न सक्ने जनशक्ति तयार पार्देै आएको यस कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप र नेतृत्व क्षमता विकासमा विशेष जोड दिने गरेको छ।
अनुभवी, दक्ष तथा समर्पित प्राध्यापकहरूको समुह, आधुनिक र विद्यार्थीमैत्री शैक्षिक वातावरण,सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा, नेतृत्व, व्यवस्थापन तथा उद्यमशीलता विकासमा कलेजले विशेष जोड दिँदै आएको छ। विद्यार्थीलाई केवल शैक्षिक डिग्री प्रदान गर्ने मात्र होइन, उनीहरूलाई नैतिक, व्यावसायिक तथा नेतृत्वदायी व्यक्तित्वका रूपमा विकास गर्न कलेज प्रतिबद्ध छ।
आधुनिक शिक्षण पद्धति,अनुसन्धानमुखी अध्ययन,उद्योगसँगको सम्बन्ध तथा गुणस्तरीय शैक्षिक अभ्यासमार्फत कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम व्यवस्थापन व्यवसायी उत्पादन गर्दै आएको कलेजका प्रिन्सपल डा.शंकर अधिकारी बताउँछन्।
नेपालय कलेज, कंलकी काठमाडौँ
अध्यापन हुने कार्यक्रहरु : बी.एस्सी. सीएसआईटी, बीबीएम, बीबीएस, एमबीएस

नेपालय कलेज सन् १९९९ मा आधुनिक उच्च शिक्षालाई गुणस्तरीय, व्यावहारिक तथा अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यका साथ स्थापना भएको नेपालको प्रतिष्ठित शैक्षिक संस्था हो। स्थापनाकालदेखिनै विद्यार्थीलाई आफ्नै देशमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित अघि बढेको यो कलेज आज उच्च शिक्षाको क्षेत्रमा विश्वासिलो शैक्षिक गन्तव्यका रूपमा परिचित छ।
निरन्तरको समर्पण, गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता र आधुनिक शैक्षिक अभ्यासका कारण नेपालय कलेज अहिले विश्वव्यापी अवसर सिर्जना गर्ने ‘ग्लोबल लर्निङ सेन्टर’का रूपमा विकसित हुँदै गएको छ। व्यवस्थित कक्षाकोठा, प्रविधिमैत्री सिकाइ वातावरण तथा अनुभवी प्राध्यापकहरूको मार्गदर्शनले यहाँ अध्ययन गर्ने विद्यार्थीलाई उत्कृष्ट शैक्षिक अनुभव प्रदान गर्दै आएको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा सूचना प्रविधि, कम्प्युटर विज्ञान तथा व्यवस्थापनका विभिन्न स्नातक तथा स्नातकोत्तर कार्यक्रम सञ्चालन भइरहेका छन्। बी.एस्सी. सीएसआईटी, बीसीए, बीबीएम, बीबीएस, एमबीएस यस कलेजमा अध्ययन हुने कार्यक्रमहरु हुन्। आधुनिक पूर्वाधार र प्रविधिमैत्री सिकाइ वातावरण, अनुभवी, दक्ष तथा विद्यार्थीमैत्री प्राध्यापक, प्रयोगात्मक तथा परियोजनामा आधारित शिक्षण प्रणाली, आईटी तथा व्यवस्थापन क्षेत्रमा रोजगारमुखी कार्यक्रम नेतृत्व, नवप्रवर्तन र उद्यमशीलता विकासमा कलेजले विशेष जोड दिँदै आएको छ।
गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ, आधुनिक पूर्वाधार र दक्ष जनशक्ति उत्पादनप्रतिको प्रतिबद्धताका कारण नेपालय कलेज सूचना प्रविधि र व्यवस्थापन अध्ययनका लागि नेपालको अग्रणी शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित हुँदै आएको छ।