काठमाडौँ- भारतको श्री रामाकृष्ण इन्जिनियरिङ कलेजले सहुलियत शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने जनाएको छ।
कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई विशेष सहुलियत शुल्कमा अध्यापन गराउने जनाएको हो।
नेपाली विद्याार्थीले यस कलेजमा इन्जिनियरिङ शिक्षा आर्जन गर्न चार बर्षमा ५ लाख ५० हजार भारतिय रुपैयाँ तिरे पुग्छ।
कलेजका अन्तर्राष्ट्रिय विभाग प्रमुख सुरेशकुमारले इन्जिनियरिङ शिक्षा तर्फ आफूहरूले नेपाली विद्यार्थीलाई सहुलियत शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा उपलब्ध गराउने बताए।
‘विद्यार्थीलाई स्नातक तहमा इन्जिनियरिङ तर्फका प्रमुख विषय अध्यापन गराउँदै आएका छौँ। हामीले सन् १९९४ बाट अध्यापन सुरु गरेका हौँ। अहिले पनि हाम्रो कलेजमा नेपाली विद्यार्थी अध्ययनरत छन्।’, उनले भने,‘ कलेज व्यवस्थापन ट्रस्टबाट सञ्चालित हो। यहाँ विद्यार्थी मैत्री वातावरणमा अध्यापन हुनुका साथै विद्यार्थीलाई सहुलियत शुल्क निर्धारण गरिएको छ। यो चेन्नइको अन्ना विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेज हो। यो कलेज न्याक एक्रिडेटेड कलेज हो।’
![](https://www.edusawal.com/uploads/editor/2023-08-13/065504614kumar sir.jpg)
इन्जिनियरिङका सम्पूर्ण कोर्स भारतीय राष्ट्रिय बोर्डबाट मान्यता प्राप्त भएको र ९० प्रतिशत विद्यार्थीले अध्ययन पश्चात रोजगारका अवसर पाउने गरेकाे उनको भनाइ छ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै रोजगार उपलव्ध गराउन कलेजले विद्यार्थीलाई सहयोग गर्दै आएको छ। नेपाली विद्यार्थीे सिभिल, मेकानिकल, एरोनोटिकल इन्जिनियरिङ अध्ययनका लागि जाने गरेपनि पछिल्ला बर्षमा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न जानेकाे संख्या बढेकाे प्रमुख कुमारले बताए।
उनले भने,‘नेपाली विद्यार्थी मिहिनेती हुनुका साथै शिक्षकसँग पनि अन्तरक्रिया गर्ने खालका हुनेहुदाँ उनीहरूले नतिजा पनि राम्रो ल्याएका छन्। अध्ययन पश्चात रोजगारीको अवसर प्राप्त गरेका छन्। विद्यार्थीले अध्ययन पश्चात भारतमा पनि काम गर्न सक्छन्। उनीहरूले नेपालमा पनि रोजगार गरेका छन्।’
![](https://www.edusawal.com/uploads/editor/2023-08-13/065559329gaurav mudvari.jpg)
कलेजमा अध्ययन गरेका नेपाली विद्यार्थी गौरभ मुडभरीले आफूले स्नातक तह उत्तीर्ण गरेर आएको र स्नातकोत्तर अध्ययनका लागि आफू त्यहाँ पढ्न जाने तयारीमा रहेको बताए।
उनले भने, ‘कलेजको पठनपाठन विद्यार्थी मैत्री छ। सहुलियत शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा आर्जन गर्न सकिन्छ। त्यहाँ अध्यापन गर्ने प्रोफेसरले नेपाली विद्यार्थीलाई अझ बढी ध्यान दिनुहुन्छ। होस्टलको प्रवन्ध राम्रो छ। मैले पनि यस कलेजबाटै कम्प्युटर इन्जिनियरिङ उत्तीर्ण गरेको हुँ। नेपालको भन्दा त्यहाँको कोर्स पनि अपडेटेड भएको पाए।’
स्नातकोत्तर तह उत्तीर्ण गरेपछि भारतमै काम गर्ने उनको योजना छ।
नेपालमा यस कलेजकाे विषयमा इन्डाेवल्ड एजुकेशनल कन्सलटेन्सीले परामर्श प्रदान गर्दै आएकाे छ। कन्सलटेन्सीका प्रबन्ध निर्देशक शिवप्रसाद अर्यालले भारतमा रहेका इन्जिनियरिङ कलेजहरू मध्येमा श्री रामाकृष्णले सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाे बताए।
![](https://www.edusawal.com/uploads/editor/2023-08-13/065633549sai rama krishna.jpg)
कलेजले स्नातक तहमा इन्जिनियरिङ तर्फका एरिओनोटिकल, आर्टिफिसियल इन्टेलिजेन्स, बायोमेडिकल, सिभिल, कम्प्युटर, इलेक्ट्रकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, आईटी, मेकानिकल, रोवोटिक्स एण्ड अटोमेसन विषयमा अध्यापन गराउँदै आएको छ।
कलेजमा स्नातकोत्तर तहमा पनि विभिन्न विषयमा इन्जिनियरिङ र एमबीए अध्यापन हुन्छ।