काठमाडौँ - स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले लुम्बिनी प्रदेश शाखा गठन गरेको छ। लुम्बिनि प्रदेशको दाङको घोराहीमा एक कार्यक्रमका बीच फेकनले सौरभ शर्मा संयोजक रहनेगरी ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
तदर्थ समितिको सदस्यमा ओम प्रकास रिजाल, अर्जुन खड्का, सेबक भट्टाराई, मानसिंह वली, राजेश गौतम (रोनिश), डिल्ली राज डांगी, निर्मला भण्डारी, रमेश गौतम, आशिष ओली, सुमन शर्मा रहेका छन्।
कार्यक्रममा प्रमुख अथितिको रुपमा फेकनका उपाध्यक्ष प्रज्वल बस्नेत, विशेष अथितिको रुपमा फेकन उपाध्यक्ष एंव संगठन विभाग प्रमुख हेमन्तराज दुलालको उपस्थिति रहेको थियो।
कार्यक्रममा फेकनका सचिव छविन्द्र ओझा, कोषाध्यक्ष अनिल शर्मा, केन्द्रीय प्रतिनिधि आरसी केसी लगायत सहभागि थिए।
फेकनले आफ्नो शाखा विस्तार अभियानलाई तिव्रता दिएको छ। यस अघि फेकनले कोशी प्रदेश शाखा विस्तार गरेको थियो।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९, १०:०९:००