काठमाडौँ - युके शैक्षिक गुणस्तरसँगै अध्ययन पश्चात अवसरको हिसाबले नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्य बनेको छ। युकेमा शैक्षिक गुणस्तर मात्र नभई, अध्ययन पश्चात रोजगारीको अवसर, परिवर्तनशिल तथा आधुनिक शिक्षा र अंग्रेजी भाषा बोल्ने मुलुक भएकाले नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेको हो।
गत आर्थिक वर्ष २०८१/०८२ मा २७ हजार ४७५ जना विद्यार्थीले युकेमा अध्ययनका लागि नेपाल सरकारले जारी गर्ने विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १३ हजार ३३९ जनाले युकेका लागि एनओसी लिएका थिए।
नेपाली विद्यार्थीहरु युकेका विभिन्न विश्वविद्यालयहरुमा अध्यनरत छन्। यूकेमा गुणस्तरीय शिक्षाको लागि विश्वकै उत्कृष्ट शिक्षणसंस्था छन्। युकेका प्राय विश्वविद्यालयहरु ग्लोबल रुपमा पनि उत्कृष्ट १० भित्र पर्छन्। अग्रस्थानमा रहेका अक्सफोर्ड, क्याम्ब्रीज जस्ता विश्वविद्यालयहरू हुनुका साथै त्यहाँको शैक्षिक माहोल विद्यार्थीमैत्री छ।
अर्को वेलायतमा तीन वर्षको व्याचलर डिग्री रहेको छ। यसैलाई हेर्ने हो भने अन्य मुलुकमा चार वर्षको कोर्स रहेको छ। तीन वर्षमै ब्याचलर र एक वर्षमै मास्टर्स सकिने भएकाले पनि विद्यार्थीको समय र खर्च दुवै बचत हुन्छ। त्यसैले युके नेपाली विद्यार्थीहरूको आकर्षणको केन्द्र मात्र नभई विश्वभरबाट युकेमा अध्ययनका लागि विद्यार्थीहरू जाने गरेका छन्।
विद्यार्थीलाई समय व्यवस्थापनसँगै अर्थिक रुपमा पनि अनुकुल हुने भएकाले पनि विद्यार्थीको रोजाइमा युकेका विश्वविद्यालय पर्ने गरेका छन्। आर्थिक दृष्टिकोणबाट हेर्दा मध्यम आर्थिक अवस्था भएका परिवारका सदस्य पनि वेलायत पढ्न जान सक्ने अवस्था रहेको छ। तर विद्यार्थी र अभिभावकले अध्ययनका लागि जानु अघि आफ्नो आर्थिक क्षमता, अध्ययन पश्चातका उद्देश्य स्पष्ट पार्नुपर्छ।
विद्यार्थीले युके अध्ययनमा जानुपूर्व गर्नुपर्ने तयारी
युकेमा धेरै र थोरै लागत लाग्ने दुबै खालका विश्वविद्यालयहरू छन्। त्यसैले नेपाली विद्यार्थीहरुले सर्वप्रथम आफ्नो क्षमता तथा बजेट अनुसार विश्वविद्यालय र कोर्स छनोट गर्नुपर्दछ। भाषागत दक्षता र राम्रो शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीले सार्वजनिक विश्वविद्यालयमा छात्रवृत्तिका लागि आवेदन दिन सक्छन्। साथै विद्यार्थी कुनै एक क्षेत्रमा पोख्त भइ केही सिप आर्जन गरेर गयो भने अध्ययनसँगै आंसिक समयमा काम पाँउन सहज हुन्छ। नेपाली विद्यार्थीको हकमा नर्सिङ, वल्ड एज होम, चाइल्ड केयर सेन्टर, प्लम्बिङ, रुफिङ, सूचना प्रविधि, होटल म्यानेजमेन्ट, सोसियल सर्भिस लगायतका क्षेत्रमा अध्ययन गर्ने र सोही क्षेत्रमा काम गर्ने जनशक्तीलाई चाडै सेटल हुन सहज हुन्छ।
विदेशमा पढ्न जाने तयारी गरिरहँदा युकेको विगत र वर्तमानको अवस्थाबारे वुझन जरुरी छ। विद्यार्थीले विदेशमा पढन जाने हो काम गर्न जाने होइन भन्ने मानसिकता बनाउनुपर्छ। विद्यार्थीले कलेज छनोट गर्दा आफ्नो आर्थिक अवस्था हेरेर शिक्षणशुल्क तिर्न सक्ने कलेज वा विश्वविद्यालय रोज्नुपर्छ।
विद्यार्थीले युकेमा अध्ययन गर्न जानुपूर्व त्यहाँको भौतिक शैक्षिक पूर्वाधार, विश्वविद्यालयको आवाशिय प्रवन्ध, आफूले प्राप्त गर्ने छात्रावृति, त्यहाँको नियम कानुन, संस्कृति, लगायतका विषयमा ध्यान दिन जरुरी छ। विद्यार्थीले आफूलाई अनुकुल हुने शिक्षणसंस्था रोजेर गुणस्तरीय शिक्षा आर्जन गरी विश्वस्तरीय दक्ष जनशक्ती बन्ने तर्फ प्रेरित हनुपर्छ।
आवश्यक कागजात
यूके अध्ययनमा जान चाहने विद्यार्थीले अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस, टोफलमा राम्रो स्कोर ल्याउँदा विश्वविद्यालयमा भर्ना पाउन सहज हुन्छ। लागत खर्चको हिसाबले नेपालबाट विदेशमा अध्ययन गर्न जाने मुलुकमध्ये युके कम खर्चमा जान सकिने मुलुक हो। युकेका सरकारी विश्वविद्यालयको शिक्षण शुल्क कम छ। स्नातकोत्तर तह एक वर्षे भएकाले पनि विद्यार्थीलाई सहज हुन्छ।
युके अध्ययनमा जान चाहने विद्यार्थीलाई भाषागत दक्षता र शैक्षिक प्रमाणपत्रको आधारमा मात्र नभएर उसको नियमअनुसारको शिर्षकमा ७० अंक प्राप्त गर्ने विद्यार्थीले भिसा पाउँछन्। विद्यार्थीले आर्थिक कागजपत्र बनाउँदा आफूले अध्ययन गर्दा शिक्षणशुल्क तिर्नसक्ने आधार प्रस्तुत गर्नुपर्ने हुन्छ। जसका लागि परिवारको आम्दानीको स्रोत, शैक्षिक कर्जा लगायतका कागजपत्र तयार गर्नुपर्ने हुन्छ।
छात्रवृत्तिको व्यवस्था
युकेका कलेज र विश्वविद्यालयले विद्यार्थीको क्षमता र योग्यता अनुसार ५० प्रतिशतसम्म र मेरीट बेसमा छात्रवृत्ति व्यवस्था गरेको छ। युकेमा धेरै कलेज र विश्वविद्यालयहरुले विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्नका लागि छात्रवृत्तिको व्यवस्था गरेको छैन तर शिक्षण शूल्कमा छुटको प्रवन्ध गरेको हुन्छ। इडीयू ब्रिज मार्फत गएका विद्यार्थीहरुले ९० प्रतिशतसम्म छात्रवृत्ति पाएको अवस्था छ।
किन धेरै संख्यामा विद्यार्थी विदेशिएका हुन्?
नेपालमा हाल रहेको जुनसुकै विश्वविद्यालयको कोर्स पनि आजभन्दा ३०/४० वर्ष पहिले सेट गरिएको कोर्स हो। नेपालको विश्वविद्यालयमा कोर्सहरु विदेशीको तुलनामा अपडेटेड छैन। पछिल्लो समयमा विश्वविद्यालय तथा कलेज जस्ता पवित्र ठाउँमा पनि राजनीतिक हस्तक्ष्ोप हुन थालेको छ। विद्यार्थीहरुमा देशप्रति आक्रोशित भावना छ। विद्यार्थी नयाँ आधुनिक डिजिटल शिक्षाको खोजिमा विदेशिन बाध्य छन्। त्यस्तै विद्यार्थीहरुलाई अध्ययन पश्चात के गर्ने भन्ने ठुलो दोधार छ। अवसरको खोजीमा गएका ३० प्रतिशत विद्यार्थी मात्र अन्तर्राष्ट्रिय विश्वविद्यालयमा शिक्षा हासिल गरेर नेपाल फर्किन्छन्। बाँकी ७० प्रतिशत मध्यम स्तरका विद्यार्थीहरु अध्ययन गर्न गएता पनि कामलाई बढी प्राथमिकता दिई उतैँ सेटल हुने उपाय खोज्छन्।
रोजगारीको अवसर
युकेमा विद्यार्थीले पार्ट टाइम कामको रुपमा एक हप्तामा २० घण्टा काम गर्न पाउँछन्। यस बाहेक भ्याकेशनमा विद्यार्थीले फुल टाइम काम गर्न पाउँछन्। यसका लागि विद्यार्थीहरुले नेपालमै केही न केही सिप सिकेर जाँदा उपयुक्त हुन्छ। नेपालबाट युके अध्ययनमा जाने विद्यार्थीहरुले काम गर्नका लागि प्राप्त समयको भरपुर प्रयोग गरेको देखिन्छ। नेपाली विद्यार्थीले सुरुवाती अवस्थामा त्यहाँ गएपछि विशेष गरि रेष्टुरेण्ट, प्लम्विङ, कफी सप, कफी मेकिङ, डेलिभेरी लगायतका काम गर्ने अवसर प्राप्त गरेका छन्। त्यसैले यसका लागि आवश्यक सीप सिकेर गएमा विद्यार्थीले सहजरुपमा काम पाउन सक्छन्।
इडीयू ब्रिज कन्सलटेन्सी नै किन?
नेपालबाट युके अध्ययनमा जान चाहने विद्यार्थीले लामो समयदेखी इडीयू ब्रिज कन्सलटेन्सीलाई रोज्ने गरेका छन्। इडीयू ब्रिजले विगत २६ वर्षदेखी सत्यतथ्यमा आधारित रहेर विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दे आएको छ। विद्यार्थीलाई अध्ययनमा जानुपूर्व पूर्व तयारी कक्षाका साथै त्यहाँ विद्यार्थीले भोग्नुपर्ने सम्पूर्ण विषयमा इडीयू ब्रिजले सत्य जानकारी प्रदान गर्छ।
हामीले २० वर्ष अगाडी पठाएका कतिपय विद्यार्थीहरु अहिलेसम्म पनि निरन्तर सम्पर्कमा छन्। उनीहरुले नै कतिपय विद्यार्थीलाई इडीयू ब्रिजलाई रोज्न सुझाव दिएर धेरै विद्यार्थी आउने गर्दछन्। विद्यार्थीले कुनै पनि समस्या भोग्नुपरेमा वा त्यसलाई सहजीकरण गर्न इडीयू ब्रिज विद्यार्थीको लागि निरन्तर सम्पर्कमा रहन्छ। इडीयू ब्रिजले विद्यार्थीलाई अध्ययनको समयमा मात्र नभएर अध्ययन पश्चात काम खोज्नको लागि पनि गाइडेन्स गर्ने र उनीहरूलाई सहजीकरण गर्ने भएकाले विगत २६ वर्षदेखी अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएका छौँ।