काठमाडाैँ - पछिल्लो समय कक्षा १२ उत्तीर्ण गरेसँगै विद्यार्थी विदेशीने क्रम बढ्दाे छ। बदलिदो शैक्षिक परिवेश अनुसार विद्यार्थीका शैक्षिक गन्तव्य पनि परिवर्तन भइरहेका छन्। यस सन्दर्भमा विद्यार्थी नेपालबाट विदेशमा पढ्न जानुको कारण, विद्यार्थी पढ्नकै लागि विदेश गएका हुन् कि हाेइनन् ?,अध्ययनमा जानुअघि विद्यार्थी र अभिभावकले ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा रियाक्सन नेपाल कन्सल्टेन्सीका प्रवन्ध निर्देशक निर्मल प्रसाद नेपालसँग गरिएकाे कुराकानीकाे मुख्य अंश :
विद्यार्थी नेपालबाट विदेशमा पढ्न जानुको कारण के देख्नुहुन्छ ?
नेपालमा कक्षा १२ उत्तीर्ण गरेसँगै विद्यार्थी विदेश अध्ययनमा जाने प्रचलन बढ्दो छ। देशको पछिल्लो राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई देखाउँदै अधिकाशं विद्यार्थी र अभिभावकले विदेशी शिक्षणसंस्थालाई आफ्नो उच्च शिक्षाको केन्द्र बनाएका हुन्। नेपालको विश्वविद्यालय शिक्षामा देखिएका समस्या, शिक्षण संस्थामा राजनीतिक प्रभाव, अध्ययन पश्चात रोजगारीको अवसर नहुनुले विद्यार्थी र अभिभावकको विदेश मोह बढेको हो। नेपालको विश्वविद्यालय शिक्षा रोजगारसँग जोडिन नसकेको र अध्ययन पश्चात अवसरको सुनिश्चितता नभएकै कारण विद्यार्थीहरु विदेशिएका हुन्।
विद्यार्थी पढ्नकै लागि विदेश गएका हुन् त ?
विद्यार्थीहरु विशेष गरी अध्ययनको लागि भनेर नै विदेश जाने गरेका छन्।विद्यार्थीहरुको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै रहन्छ।अध्ययनसँगै सँगै विद्यार्थीहरू सुरक्षित करिअरको खोजिमा हुन्छन्। नेपालबाट विद्यार्थी विदेश अध्ययनमा जाँदा विद्यार्थीले विशेषतः २ विषय गुणस्तरीय शिक्षा र उच्च गुणस्तरको जिवनशैलीलाई प्राथमिकतामा राख्छन्। विद्यार्थी विश्वको जुनसुकै मुलुकमा गएतापनि शिक्षाको गुणस्तरलाई मध्यनजर गरेका हुन्छन्।
दक्ष विद्यार्थी विश्वको जसनसुकै मुलुकमा पनि रोजगारीको लागि योग्य हुन्छन्। मुख्य गरेर विद्यार्थी अवसरको खोजीमा पनि विदेश जाने गरेका हुन्। विद्यार्थीहरुमा कक्षा १२, स्नातक र स्नाकोत्तर पछि के गर्ने भन्ने चिन्ता छ। विद्यार्थीहरू शैक्षिक बेरोजगार भएर बस्न रुचाउँदैनन्। त्यसकारण विद्यार्थीहरु अवसरको खोजिमा विदेश जान बाध्य छन्।
विदेश अध्ययनमा जानुअघि विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू के - के छन्?
विद्यार्थी विदेश अध्ययनमा जानुअघि आफू अध्ययन गर्न जाने देशको भाषा, पार्टटाइम कामका लागि सिप सिक्ने, आफू जान खोजेको देशको शिक्षा नीति, विश्वविद्यालयको भौतिक शैक्षिक पूर्वाधार, लागत खर्च, बस्ने स्थान लगायतका विषयमा जानकारी लिएर मात्र जान उपयुक्त हुन्छ।
विदेश जाने योजना बनाएका विद्यार्थी र अभिभावकहरुलाई के भन्नुहुन्छ?
विदेश अध्ययनमा जाने योजना भएका विद्यार्थीले आफू अध्ययन गर्न जाने देशको भाषा, संस्कृतिको बारेमा बुझेर मात्र जानुपर्छ। विद्यार्थीले आईईएलटीएस, पीटीई, टोफल लगायतका भाषा परीक्षाको तयारी गर्नुपर्ने हुन्छ। त्यसका लागि सहि परामर्शदातृ संस्था र भाषा तयारी कक्षा सञ्चालन हुने संस्थाहरू छनोट गर्नुपर्छ। विद्यार्थीले जति शैक्षिक ज्ञान हासिल गर्छ त्यति धेरै अवसर पनि प्राप्त गर्छ।
अभिभावकले पनि आफ्नो छोराछोरी जान लागेको देश, विश्वविद्यालय, कलेज, तिनुपर्ने शुल्क लगायतको विषयमा ध्यान दिन जरुरी छ। विज्ञान प्रविधिको युगमा खोज्न र अनुसन्धान गर्न पछि हट्नु हुँदैन। सबैभन्दा महत्वपूर्ण कुरा अभिभावकहरुले आफ््नो छोराछोरी विदेश पठाउँदै गर्दा ५ देखी ६ महिनामा नै आर्थिक लोभको आश गर्नुभन्दा ३ वर्षसम्मको कोर्सको लागि के कति खर्च लाग्छ, आफ््नो आर्थिक अवस्था कस्तो छ, सोहि अुनसारको तयारी गर्नुपर्छ।
विदेश अध्ययनमा जान चाहने विद्यार्थीले रियाक्सन नेपाललाई नै किन रोज्ने?
रियाक्सन नेपाल सन् २००५ मा स्थापना भएको विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श सेवा प्रदान गर्ने कन्सल्टेन्सी हो। रियाक्सन नेपालले नेपालका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा हासिल गर्न विभिन्न देशमा पठाउने गरेको छ। विदेश अध्ययनमा जाने विद्यार्थीहरुले कुनै पनि समस्या भोग्न नपरोस् भनेर सहजीकरणको लागि स्थापना भएको यस रियाक्सन नेपालले अष्ट्रेलिया, अमेरिका, क्यानडा, युके लगायतका देशहरुको लागि विद्यार्थी एवं अभिभावलाई परामर्श प्रदान गर्दै आएको छ।
साथै रियाक्सन नेपालले विद्यार्थीहरूलाई विदेश अध्ययनमा जानुपूर्व आवश्यक पर्ने आईईएलटीएस, पीटीई, टोफल, जापानिज भाषा कक्षाहरु सञ्चालन गर्देै आएको छ। विगत लामो समयदेखी शैक्षिक परामर्श सेवामा सक्रिय यस संस्थामा विदेशमा गएर दक्षता हासिल गरेका परामर्शदाताहरूबाट विद्यार्थीलाई परामर्श उपलव्ध गराइन्छ। रियाक्सन नेपालले विद्यार्थीलाई आवश्यक पर्ने परामर्श प्रदान गरेकै कारण अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएको छ।
