काठमाडौँ - क्यानडा नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्य मध्ये एक हो। क्यानडा उत्तर अमेरिका महादेशको उत्तरमा स्थित विश्वकै दोस्रो ठूलो मुलुक हो। क्यानडामा बोलिने मुख्य भाषा अग्रेजी र फ्रान्सेली हो। नेपालबाट प्रत्येक वर्ष हजारौँको संख्यामा क्यानडामा अध्ययनका लागि जाने गरेका छन्।
गत आर्थिक वर्ष २०८१/०८२ मा एक हजार ८९४ जना विद्यार्थीले क्यानडामा अध्ययनका लागि विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ९८२ जनाले क्यानडाका लागि एनओसी लिएका थिए। क्यानडाको भिसा पोलिसी, विश्वविद्यालयले प्रदान गर्ने शिक्षा र अवसर, बसोबासको अवस्थाको आधारमा नेपाली विद्यार्थीको संख्यामा पनि थपघट हुने गरेको छ। विशेष गरेर अध्ययन पश्चात विद्यार्थीले काम गर्न पाउने पोष्ट स्टडी वर्क भिसा र विद्यार्थीसँगै जाने डिपेन्डेन्टको भिसा पोलिसिका कारण पनि जाने विद्यार्थीको संख्या प्रभावित हुने गरेको छ।

पछिल्लो केहि वर्षदेखी क्यानडा, अमेरीका लगायतका देशहरुमा भिसा पोलीसी परिवर्तन, भीसा रिजेक्सन, प्रक्रियामा कठीनाई जस्ता विविध कारणले विद्यार्थीहरुको रोजाईको गन्तव्य पनि फेरिने गरेको छ। नयाँ पुस्ताले संसारको सबै अवसरलाई फरक- फरक रुपमा अवोलकन गर्न चाहन्छन्। देशमा यूवा टिकाउन देशले पनि आधुनिक सा्रेत साधनको विकास गर्नुपर्दछ।देशबाट आईटी, टेक्नोलोजी, नर्सिङ, हेल्थ केयर, हस्पिटालिटि अर्न्तगतका विषय अध्ययन गर्ने विद्यार्थीहरु बढी बाहिरिएका छन्। विद्यार्थीले अध्ययनको लागी विदेश जाँदा भिसा प्रक्रिया, आवश्यक कागजपत्र, लागत् खर्च, भौतिक शैक्षिक वातावरण, भाषाको ज्ञान, यूनिभर्सिटि, कलेज र विषयगत जानकारी, जानु अघि गर्नुपर्ने पूर्वतयारी, शैक्षिक नीति लगायतका सम्पूर्ण विषयबारे जानकारी लिनुपर्छ।
छोराछोरीलाई उच्च शिक्षा अध्ययनको लागी विदेश पठाउदैँ गर्दा अभिभावकहरुले पनि आफ्नो आर्थीक हैसियतको आधारमा विषय र विश्वविद्यालय छनोट गर्नुपर्छ। सामान्यता विद्यार्थीले मेरिट बेसमा मात्र छात्रवृतिको अवसर प्राप्त गर्ने भएकोले अभिभावकले आवश्यक परेको खण्डमा लगानी गर्न सक्ने विषय र विश्वविद्यालयको छनोट गर्नुपर्छ।संयुक्त राज्य अमेरिकासँग भूसीमाहरू जोडिएको देश क्यानडा विश्वमै गुणस्तरीय शिक्षा र अध्ययन पश्चातका अवसरका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि प्रमुख शैक्षिक गन्तव्यका रूपमा स्थापित छ। क्यानडामा नेपाल मात्रै नभएर छिमेकी मुलुक भारत लगायतका अन्य देशहरूबाट विद्यार्थी अध्ययनका लागि जाने गरेका छन्।
क्यानडामा अध्ययन पश्चात रोजगारीको अवसर, सुरक्षित करिअर, सहुलियत शुल्क र विद्यार्थी मैत्री वातावरणले नेपाली विद्यार्थी आकर्षित भएका हुन्। क्यानडाको शिक्षा प्रणाली व्यवहारिक, अनुसन्धानमुखी र रोजगारमुखी मानिन्छ। सहुलियतपूर्ण शुल्क, छात्रवृत्ति, काम गर्ने अवसर, गुणस्तरीय शिक्षा प्रणाली र बसोबासको सहजताका कारण क्यानडा नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।पहिलाको तुलनामा विद्यार्थीको भिसा रेट कम भएतापनि रामो प्रोफाईल भएका विद्यार्थीलाई भने क्यानडाले भिसा दिइरहेको अवस्था छ।
आर्थिक रुपमा सवल र अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा आर्जन गरेर विश्वबजारमा विक्न सक्ने दक्ष जनशक्तीको रुपमा आफूलाई स्थापित गर्न चाहने विद्यार्थीका लागि क्यानडा फलादायी सावित भएको छ। क्यानडा अध्ययनमा जान आर्थिक रुपमा विचार गरेर मात्र जानुपर्छ। क्यानडा जाने वित्तकै सबै सहज हुन्छ भन्ने हुँदैन। क्यानडा गएको ५-६ वर्ष पछि भने आफूलाई स्थापित गर्न सक्छन्। अन्य मुलुकको तुलनामा क्यानडा स्थायी वसोबासका हिसावले सहज छ। नीजी र सरकारी साझेदारीमा सञ्चालित कलेजमा जाने विद्यार्थीले वर्क पर्मिट पाउँदैनन्। त्यसैले विद्यार्थी सरकारी कलेज वा विश्वविद्यालयमा मात्र भर्ना भएर पढ्नुपर्छ।
केही समय अघि विद्यार्थीले आफूसँगै सहज रुपमा डिपेन्डेन्ट लान पाउने व्यवस्था थियो भने अहिले यसको मापदण्डमा पनि परिवर्तन भएको छ।नेपाली विद्यार्थीकोहकमा नर्सिङ, वल्ड एज होम, चाइल्ड केयर, प्लम्बिङ, रुफिङ, सूचना प्रविधि, होटल म्यानेजमेन्ट, सोसियल सर्भिस लगायतका क्षेत्रमा अध्ययन गर्ने र सोही क्षेत्रमा काम गर्ने जनशक्तीलाई चाडै सेटल हुन सहज हुन्छ। विद्यार्थीले सहुलियत शुल्क र सहज रुपमा भिसा प्राप्त गर्ने विषय रोजेर आवेदन गर्ने प्रचलन छ। नेपाली विद्यार्थी प्राविधिक र व्यवसायिक कोर्समा अध्ययन गर्न जानु उपयुक्त हुन्छ।
विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू
सर्वप्रथम विद्यार्थीहरुले जाने वित्तिकै कमाएर कलेजको फी तिर्छु भन्ने भ्रम छोड्नुपर्दछ। साथै विद्यार्थीले क्यानडालाई आफ्नो रोजाइको शैक्षिक गन्तव्य ठान्दै गर्दा उक्त गन्तव्य आफूलाई उपयुक्त हो कि होइन विचार गर्नुपर्छ। भाषागत दक्षता र राम्रो शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीले सार्वजनिक विश्वविद्यालयमा छात्रवृत्तिका लागि आवेदन दिन सक्छन्। आर्थिक रुपमा सवल नभएका ऋण गरेर जाने विद्यार्थीले त्यहाँ गएपछि पढाइकै क्रममा उक्त ऋण तिर्न सकिन्छ कि सकिदैन भन्ने विचार गर्नुपर्छ। दुईवर्ष अध्ययनकै क्रममा विद्यार्थीलाई लाग्ने खर्च ३० देखि ३२ लाखको जोहो गरेर मात्र क्यानडा जानुपर्ने हुन्छ।
अभिभावकले आफ्नो छोराछोरीलाई क्यानडा पठाउँदै गर्दा ५० लाख सम्मको जोहो गर्न सक्छु भन्ने सम्झिनु पर्छ। विद्यार्थीले आफू अध्ययन गर्न जाने क्याम्पस वा विश्वविद्यालय नीजी वा सरकारी लगानिमा स्थापित हो भन्ने कुरामा बुझेर मात्र जानुपर्छ। विद्यार्थीले आफ्नो भविष्यको योजना नेपालमै बनाएर जानुपर्छ। विद्यार्थीले जानु अघि आफू बस्नेठाउँको सुनिश्चित नेपालमै गरेर जानुपर्छ। विद्यार्थीले आफू अध्ययनमा जाने कलेज, पढ्ने विषय र अध्ययनपश्चातका अवसरका बारेमा बुझेर मात्र क्यानडा जानु उपयुक्त हुन्छ। विद्यार्थीले रिसर्च गरेर स्टेटमेन्ट अफ प्रपोज (एसओपी) लेख्नुपर्ने हुन्छ। उसले आफ्नो भविष्यको योजना र अवसरको विषयमा स्पष्ट रुपमा बुझेर मात्र जानुपर्छ।