काठमाडाैँ - सामान्यतया जापान पढाइ र अवसर दुवै राम्रो भएको देश हो। नेपाली मध्यम वर्गका विद्यार्थी पनि जापानमा गएर आफ्नो भविष्य निर्माण गर्न सक्छन् भन्ने पुष्टि भइसकेको छ। यसका थुप्रै उदाहरण पनि छन्। जापानमा अध्ययन पश्चात विश्वका प्रतिस्ठित कम्पनिमा रोजगारीको अवसर समेत पाएका छन्। पछिल्लो समय जापानको जनसंख्या घट्दै गएकाले पनि विदेशी विद्यार्थीले अध्ययन पश्चात रोजगारीको अवसर प्राप्त गर्न सहज भएको छ।
विद्यार्थीले जापानमा अध्ययनकै क्रममा हप्ताको २८ घण्टा काम गर्न पाउछन्। स्कुल बिदाको समयमा पनि काम पाउने भएकाले शिक्षण शुल्क तिर्न विद्यार्थीलाई त्यति समस्या हुँदैन। स्कुल विदाको समयमा हप्ताको ४० घण्टासम्म काम गर्न पाउँछन्। जापानमा विद्यार्थीलाई स्कुल परिवर्तन गर्ने सुविधा पनि छ। विद्यार्थीले एक वर्षपछि स्कुल र ठाउँ परिवर्तन गर्न सक्छन्। हाम्रो संस्कृति पनि मिल्लोजुल्दो भएकाले पनि नेपाली विद्यार्थीले जापानलाई आफ्नो शैक्षिक गन्तव्य बनाएका छन्।
सामान्यतया विद्यार्थीहरु गुणस्तरीय शिक्षासँगै रोजगारीको खोजिमा विदेशिने गरेका छन्।

जापानमा विद्यार्थी जापानीज भाषा अध्ययन गर्न जापानीज भाषा स्कुलमा जाने गरेका छन्। जापानमा विद्यार्थीले भाषा पढ्दै गर्दा पनि त्यहाँको नीति नियम भित्र रहेर काम गर्न पाउँछन्। भाषा अध्ययन पश्चात विद्यार्थीलाई अन्य अवसरको ढोका पनि खुल्छ। गत वर्ष जापानमा अध्ययन गर्न जान नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ३९ हजार ८ सय ४७ जना विद्यार्थीले विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए। विद्यार्थी कुन देशमा अध्ययन गर्न जाने भन्ने कुरा परीवारको आर्थिक अवस्थाले पनि निर्धारण गर्छ। जापान अध्ययन गर्न जाने विद्यार्थीले सुरुको २ देखी ४ महिना भाषाको कारण दुख पाउँछन्। तर ४ महिना भन्दा पुराना विद्यार्थीले आफ्नो करियरको बाटो समातिसकेका हुन्छन्।
जापान जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै चुनौतीहरू पनि थपिएका छन्। अष्ट्रेलिया, अमेरिका, क्यानडा गएजस्तो जापान होइन। जापान जाने विद्यार्थीको उद्देश्य स्पष्ट हनुपर्छ। नेपाली विद्यार्थी किन जापान गएका छन्, त्यहाँ पढिसकेपछि के-कस्तो अवसर पाइन्छ? भन्ने प्रमुख कुरा हो। विद्यार्थी र अभिभावकले पनि जापानको शिक्षा प्रणाली, त्यहाँको शैक्षिक अवस्थाको बारेमा बुझ्न आवश्यक छ। जापान सानो संख्याबाट सुरु भएर आज हजारौँको संख्यामा विद्यार्थी अध्ययनका लागि गएको मुलुक हो।
भाषा अध्ययन गरेपछि मात्र जापानमा विश्वविद्यालय शिक्षा लिन पाइन्छ भन्ने कुरा बुझ्नुपर्दछ। विद्यार्थीले नोअव्जेक्सन लेटर लिदाँ समस्या भोग्नुपरेको अवस्था छ। विदेश अध्ययन अनुमति पत्र भर्ना प्रक्रिया पुरा गरेपछि स्कुलको अफर लेटरको आधारमा जारी गर्नुपर्छ भनेर हामीले माग गर्दै आएका छौँ। विद्यार्थीले एनओसी लिन सिओइ कुर्नुपर्ने अवस्था छ। भाषागत दक्षता भएका विद्यार्थीलाई जापानमा अवसरको कमी हुँदैन। विद्यार्थीले अध्ययन पश्चात वर्किङ भिसा परिवर्तन गरेर जापानमा काम गर्न पाउछन्।
गर्नुपर्ने तयारी
जापानमा अध्ययन गर्न जानुअघि भाषागत दक्षता हासिल गर्नु अनिवार्य छ। जापानीजहरूले अन्य भाषालाई कम मान्यता दिएका कारण विश्वविद्यालयमा भर्ना पाउनकै लागि भाषागत योग्यता पनि तोकेका हुँन्छन्। भाषामा दक्ष विद्यार्थीले जापानको कुनैपनि ठाउँमा दुःख पाउनुपर्दैन। जापान जाने विद्यार्थीले नेपालमा सञ्चालित जेएलपीटी, टप जे, जे टेस्ट, नाट, जे सट, जेएलसीटी, जेपीटी लगायतका जापानीज भाषा परीक्षाको एनफोर लेभल उत्तीर्ण गरेको हुनुपर्छ। जापानमा (एनटु लेभल) उत्तीर्ण गरेकाले मात्र विश्वविद्यालयमा भर्ना पाउँछन्।
ध्यान दिनुपर्ने कुरा
विद्यार्थीले विदेश अध्ययनमा जानुपूर्व राम्रो परामर्शदाता छनोटमा ध्यानदिनुपर्छ। विद्यार्थीले परामर्शदाता छनोट गर्दा शिक्षा मन्त्रालयमा दर्ता भएको, नेपाल सरकारद्धारा मान्याप्राप्त परामर्शदाता वा कानुनको दायरामा सञ्चालित परामर्शदाता छनोट गर्नुपर्छ। विद्यार्थीको आर्थिक अवस्थालाई मध्यनजर गर्दै शैक्षिक गन्तव्य, स्कुल, विश्वविद्यालय र विषय छनोट गर्नुपर्छ। विद्यार्थी विदेशको स्कुल, कलेज वा विश्वविद्यालयमा शिक्षण शूल्क जम्मा गर्दा अभिभावकको खाताबाट सम्बन्धित शिक्षणसंस्थाको बैँक खातामा पठायो समस्या हुँदैन।
छात्रावृत्ति
जापानमा छात्रावृतिको मुख्य स्रोत भाषागत दक्षता हो। जापानमा अध्ययनको क्रममा त्यहाँको सरकार, शिक्षा मन्त्रालय, नगरपालीका, विश्वविद्यालयले फरकफरक छात्रावृति प्रदान गर्छ। भाषा राम्रो भएको विद्यार्थीले छात्रावृतिसँगै थुप्रै अवसरहरु प्राप्त गर्छन्।
लागत खर्च
विद्यार्थी भाषा तयारी कक्षामा सहभागि हुनेदेखि जापान अप्लाई गर्दासम्म विभिन्न शिर्षकमा खर्च हुन्छ। जापान जानुपूर्व भाषागत दक्षता हासिल गरेरमात्र जानुपर्ने भएकाले भाषा पढ्न र त्यसको परीक्षा दिन शुल्क तिनुपर्ने हुन्छ। परीक्षा अनुसारका शुल्क फरक–फरक छन्। सम्बन्धित अध्यागमन विभागबाट सिओई आएपछि विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिनुपर्ने हुन्छ। यसका लागि नेपाल सरकारलाई राजस्व बुझाउनुपर्छ।त्यसपछि विद्यार्थीले सम्बन्धित स्कुलमा ७ देखि ९ लाख वार्षिक शिक्षण शुल्क तिरेर भिसाका लागि आवेदन दिन सक्छन्।
विद्यार्थीले वार्षिक शिक्षण शुल्क तिर्दा नोट पैसा परामर्श दातालाई तिर्नुभन्दा बैँकबाट सिधा तिर्दा उपयुक्त हुन्छ। जापान अध्ययनमा जान १४ देखि १५ लाख रुपैयाँसम्म खर्च लाग्छ। प्रत्यक वर्ष जापान सरकारले सबै क्षेत्रमा १० प्रतिशत कर बढाउने गरेको छ।
रोजगारीको अवसर
विद्यार्थीले जापानमा अध्ययन गर्दैगर्दा हप्ताको २८ घण्टा काम गर्न पाउँछन्। त्यहाँ रोजगारीका लागि विभिन्न कम्पनिहरू पनि खुलेका छन्। ती कम्पनिमा गएर विद्यार्थीले आफ्नो बायोडाटा दिएर सिप र योग्यता अनुसार काम खोज्न सक्छन्। विद्यार्थीले अध्ययन गर्दै गर्दा डिपार्टमेन्ट स्टोर, सुपरमार्केट, सफ्टवेयर कम्पनी, मल्टिनेसनल कम्पनिमा काम गर्ने अवसर पाउँछन्। विदेशी विद्यार्थीले भाषागत दक्षता हासिल नगरेसम्म जापानमा काम पाउन सहज हुँदैन। भाषागत रुपमा दक्ष विद्यार्थीले अध्ययन पश्चात अवसरहरु पनि प्रशस्त पाउँछन्।
जापानमा पढ्न जाने विद्यार्थीले पार्टटाइम काम पाउनका लागि ड्राईभिङ स्किल सिकेर जाँदा सहज हुन्छ। जापानमा विद्यार्थी भिसामा गएका नेपालीले अध्ययन पश्चात टोयटा, सोनी लगायतका बहुराष्ट्रिय कम्पनिमा रोजगारीको अवसर पाएका छन्। त्यस्तै उनीहरू होटल रेस्टुरेन्ट व्यवसाय, शिक्षण पेसा, इन्फरमेसन टेक्नोलोजी, कम्प्युटर इन्जिनियरिङ लगायतका क्षेत्रमा व्यवसायीक क्रियाकलापमा संलग्न छन्।
जापानमा भिसा रिजेक्ट भएका विद्यार्थी आत्तिनु पर्दैन
जापान जान चाहने सबै विद्यार्थीको भिसा लाग्छ भन्ने हुँदैन। यो एक प्रक्रियागत प्रयास हो। विद्यार्थी र अभिभावकमा भिसा कन्सलटेन्सीले नै दिने हो भन्ने भ्रम छ तर होईन भिसा ईमिग्रेसनले दिने हो। भिसा रिजेक्ट भएका विद्यार्थीहरुले रिजेक्ट हुँदा जापान सरकारले दिएको कारणलाई सुधार गरी पुनःआवेदन दिन सक्छन्। जापान सरकारले ५ बर्षसम्मको एयरग्यापलाई स्वीकार गरेको हुनाले थोरै विद्यार्थीको मात्र रिजेक्ट हुने सम्भावना रहन्छ। विद्यार्थीले आफ्नो भविष्यको योजना बनाउँदै गर्दा प्राथमिकता, आवश्यकता र क्षमताको हिसाबले पहिलो, दोस्रो, तेस्रो योजना सेट गर्नुपर्छ। यदि कुनै देशको भिसा रिजेक्ट भयो भने त्यहि देशमा पुनआवेदन दिनसक्छन् वा अर्काे गन्तव्य पनि छनोट गर्नसक्छन्। .
सक्सेस अब्रोड स्टडी नै किन ?
जापान अध्ययनमा जाने विद्यार्थीलाई विगत १२ वर्षदेखी शैक्षिक परामर्श प्रदान गर्दै आएको सक्सेस अब्रोड स्टडीले सुरुवाति दिनदेखी नै विद्यार्थी र अभिभावकको भावनालाई केन्द्रमा राख्दै सेवा प्रदान गर्दै आएको छ।सक्सेसले काठमाडौँ, बनेपा र ईटहरी गरी ३ वटा स्थानबाट सेवा प्रदान गर्दै आईरहेको छ। हाल सक्सेसमा ५ सय भन्दा बढी विद्यार्थी जापानीज भाषा कक्षामा अध्यनरत छन्। यदि तपाई जापान जाने योजना बनाउँदै हुनुहुन्छ भने राम्रो परामर्श दाताको छनोट गर्नुहोला। सक्सेस अब्रोड स्टडी तपाइका लागि उत्तम विकल्प हुनसक्छ।