काठमाडाैँ- युकेको शैक्षिक गुणस्तर र अध्ययन पश्चातको अवसरको हिसाबले पछिल्लो समय नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्य बनेको छ। युकेमा शैक्षिक गुणस्तर मात्र नभई, अध्ययन पश्चात रोजगारीको अवसर, परिवर्तनशिल तथा आधुनिक शिक्षा र अंग्रेजी भाषा बोल्ने मुलुक भएकाले नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेको हो।
गत आर्थिक वर्ष २०८१/०८२ मा २७ हजार ४७५ जना विद्यार्थीले युकेमा अध्ययनका लागि विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए। अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा १३ हजार ३३९ जनाले युकेका लागि एनओसी लिएका थिए। यूकेमा गुणस्तरीय शिक्षाको लागि विश्वकै उत्कृष्ट शिक्षणसंस्था छन्। युकेका प्राय युनिभर्सिटिहरु विश्वव्यापी रुपमा उत्कृष्ट १० भित्र पर्छन्।
अन्य मुलुकमा चार वर्षको सकिने स्नातक तह युकेमा तीन वर्षमा सकिन्छ। तीन वर्षमा ब्याचलर र एक वर्षमा मास्टर्स सकिने भएकाले पनि विद्यार्थीको समय र खर्च दुवै बचत हुन्छ। त्यसैले युके नेपाली विद्यार्थीहरूको आकर्षणको केन्द्र मात्र नभई विश्वभरबाट युकेमा अध्ययनका लागि विद्यार्थीहरू जाने गरेका छन्।
यस्तै समय व्यवस्थापनसँगै आर्थिक रुपमा पनि अनुकुल हुने भएकाले विद्यार्थीको रोजाइमा युकेका विश्वविद्यालय पर्ने गरेका छन्। युकेमा सामान्य आर्थिक अवस्था भएका परिवारका सदस्य पनि पढ्न जान सक्ने अवस्था छ।
युके नै किन ?
पछिल्लो समय वेलायतको इमिग्रेसनले नेपाली विद्यार्थीहरुलाई थप सहजीकरण गरेको छ। साथै युकेमा डिग्री लिएका विद्यार्थीहरुले विश्वव्यापी रुपमा प्रशस्त अवसरहरु प्राप्त गर्नुको साथसाथै अरु देशहरुमा पनि अवसर पाउन सक्छन्। युकेमा लिएको विश्वविद्यालय शिक्षा, अवसर र अनुभवहरु नेपालमा आई प्रयोगमा ल्याउन सक्छन्। युकेबाट अध्ययनसँगै सुरक्षा पनि बढी हुन्छ।विद्यार्थीहरुले अध्ययन गरेपश्चात् युकेमा नै बसेर काम गर्नुपर्छ भन्ने छैन। युकेमा लिएको विश्वविद्यालय शिक्षाले विश्वको जुनसुकै मुलुकमा पनि रोजगारीको अवसर प्राप्त गर्न सक्छन्।
युके अध्ययनमा जानुपूर्व गर्नुपर्ने तयारी
युके अध्ययनमा जाने तयारी गरिरहँदा विद्यार्थीले युकेको विगत र वर्तमानको अवस्थाबारे वुझन जरुरी छ। विद्यार्थी कुनै एक क्षेत्रमा पोख्त भइ केही सिप आर्जन गरेर गयो भने सुरुवाती दिनहरुमा आंशिक समय काम पाँउन थप सहज हुन्छ। यस्तै विद्यार्थीले आफ्नो क्षमता र बजेट अनुसार विश्वविद्यालय र कोर्स छनोट गर्नुपर्दछ। भाषागत दक्षता र राम्रो शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीले सार्वजनिक विश्वविद्यालयमा छात्रवृत्तिका लागि आवेदन दिन सक्छन्। विद्यार्थीले युकेमा अध्ययन गर्न जानुपूर्व त्यहाँको भौतिक शैक्षिक वातावरण, विश्वविद्यालयको आवाशिय प्रवन्ध, छात्रावृत्ति, नियमकानुन लगायतका विषयमा ध्यान दिन जरुरी छ।
आवश्यक कागजात
यूके अध्ययनमा जान चाहने विद्यार्थीले आईईएलटीएसमा राम्रो स्कोर ल्याउँदा विश्वविद्यालयमा भर्ना पाउन सहज हुन्छ। लागत खर्चको हिसाबले नेपालबाट विदेशमा अध्ययन गर्न जाने मुलुकमध्ये युके कम खर्चमा जान सकिने मुलुक हो। युकेका सरकारी विश्वविद्यालयको शिक्षण शुल्क कम छ। स्नातकोत्तर तह एक वर्षे भएकाले पनि विद्यार्थीलाई सहज हुन्छ।
विद्यार्थीले आर्थिक कागजपत्र बनाउँदा आफूले अध्ययन गर्दा शिक्षणशुल्क तिर्नसक्ने आधार प्रस्तुत गर्नुपर्ने हुन्छ। जसका लागि परिवारको आम्दानीको स्रोत, शैक्षिक कर्जा लगायतका कागजपत्र तयार गर्नुपर्ने हुन्छ। साथै अन्य टीबी रिपोर्ट आवश्यक पर्दछ जुन काठमाडौँमा नर्भिक हस्पिटल र आइओएमबाट लिन सकिन्छ।
छात्रवृत्तिको व्यवस्था
युकेका कलेज र विश्वविद्यालयले विद्यार्थीको क्षमता र योग्यताको आधारमा छात्रवृत्तिको व्यवस्था गरेका हुन्छन्। तर युकेका अधिकांश कलेज र विश्वविद्यालयहरुले विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्नका लागि छात्रवृत्ति दिने भन्दा पनि शिक्षण शूल्कमा छुटको प्रवन्ध गरेका हुन्छन्। छात्रवृत्ति कोटामा एप्लाई गरेका विद्यार्थीहरुको प्रोसेस लामो हुन्छ त्यसकारण विद्यार्थी जानूपुर्व ६ महिना अघिदेखी एप्लाई गरेमा शतप्रतिशत स्कोलरसिप प्राप्त गर्न पनि सकिन्छ।
रोजगारीको अवसर
युकेमा विद्यार्थीले पार्ट टाइम कामको रुपमा एक हप्तामा २० घण्टा काम गर्न पाउँछन्। यस बाहेक भ्याकेशनमा विद्यार्थीले फुल टाइम काम गर्न पाउँछन्। यसका लागि विद्यार्थीहरुले नेपालमै केही न केही सिपसिकेर जाँदा उपयुक्त हुन्छ।
नेपालबाट युके अध्ययनमा जाने विद्यार्थीहरुले काम गर्नका लागि प्राप्त समयको भरपुर प्रयोग गरेको देखिन्छ। नेपाली विद्यार्थीले सुरुवाती अवस्थामा त्यहाँ गएपछि विशेष गरि रेष्टुरेन्ट, प्लम्विङ, कफी सप, कफी मेकिङ, डेलिभेरी लगायतका काम गर्ने अवसर प्राप्त गरेका छन्। त्यसैले यसका लागि आवश्यक सीप सिकेर गएमा विद्यार्थीले सहजरुपमा काम पाउन सक्छन्। युकेमा विद्यार्थीहरुले क्षेमता र योग्यता अनुरुप काम पाउँछन् भन्ने कुरा हाम्रो विद्यार्थीहरु पनि उदाहण छन्।
रियल ड्रिम्स नै किन?
रियल ड्रिम्स एजुकेशनल कन्सलटेन्सीलाई नेपालबाट युके अध्ययनमा जान चाहने विद्यार्थीले लामो समयदेखी रोजाइमा पार्ने गरेका छन्। रियल ड्रिम्सले विद्यार्थीलाई अध्ययनमा जानुपूर्व पूर्व तयारी कक्षाका साथै त्यहाँ गएर विद्यार्थीले गनुपर्ने सम्पूर्ण विषयबारे सत्यतथ्य जानकारी प्रदान गर्छ। रियल ड्रिम्समा युकेमा अध्ययन गरेर आएका अनुभवी कर्मचारी कार्यरत छन्।

रियल ड्रिम्सको प्रमुख कार्यालय युकेमा नै भएकोले विद्यार्थीहरुसँग निरन्तर सम्पर्कमा रहन्छ। युकेमा विद्यार्थीले कुनै पनि समस्या भोग्नुपरेमा वा त्यसलाई सहजीकरण गर्न रियल ड्रिम्स विद्यार्थीको लागि निरन्तर सम्पर्कमा रहन्छ। रियल ड्रिम्सले विद्यार्थीलाई अध्ययनको समयमा मात्र नभएर अध्ययन पश्चात काम खोज्ने लगायतको विषयमा गाइडेन्स गर्ने र उनीहरूलाई सहजीकरण गर्र्ने भएकाले अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएको छ।