काठमाडाैँ - पछिल्लो समय विद्यार्थीको विदेशी मोह बढ्दो छ। कक्षा १२ पछि विदेश जाने विद्यार्थीको संख्या पनि बढ्दो छ। नेपालबाट विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीको पहिलो रोजाइको गन्तब्य अष्ट्रेलिया हो। अष्ट्रेलिया विश्वकै उत्कृष्ट शैक्षिक गन्तव्य मानिन्छ। अष्ट्रेलिया गुणस्तरीय शिक्षा र अध्ययन पश्चातमा रोजगारीका हिसाबले नेपाली विद्यार्थीको लागि उपयुक्त शैक्षिक गन्तव्य हो।
अष्ट्रेलियाले प्रदान गर्ने विश्वस्तरीय गुणस्तरीय शिक्षा, सहज जिवन शैली, रोजगारीको सहज उपलव्धता, आप्रवासी मैत्री नियम, अध्ययन पश्चात रोजगारीको अवसर, सुरक्षित करिअर, सहुलियत शुल्क र विद्यार्थी मैत्री वातावरणको कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। विश्व बजारमा बिक्न सक्ने डिग्री हासिल गर्न पछिल्ला केहि वर्षयता अस्ट्रेलिया अध्ययनका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीहरूको संख्या उल्लेख्य छ। आर्थिक वर्ष २०८१-८२ मा १६ हजार २ सय ७९ जना विद्यार्थीले अष्ट्रेलिया अध्ययनका लागि एनओसी लिएका थिए।

अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा १४ हजार ३७२ जनाले अष्ट्रेलियामा अध्ययनमा जान अनुमतिपत्र लिएका थिए। चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमासिकमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण एनओसी लिने विद्यार्थीको संख्यामा कमि आएपनि दशै तिहारपछि भने एनओसी लिनेको संख्या बढ्दै गएको देखिन्छ। नेपाली विद्यार्थीहरूको शैक्षिक गन्तव्यको रुपमा युके, यूएई, दक्षिण कोरिया लगायतका मुलुकमा पनि विद्यार्थी अध्ययनका लागि जाने गरेका छन्। यद्यपी अवसर र स्तरीय शिक्षा हासिल गर्न पाइने भएकाले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको रोजाइमा अस्ट्रेलिया नै पर्ने गरेको छ।
अष्ट्रेलियाको शिक्षा नीतिमा हालैमात्र केही परिवर्तन भएको छ। अष्ट्रेलिया सरकारको नोभेम्बर १४ को मन्त्रीस्तरीय निर्णयबाट मिनिस्ट्रियल डिरेक्सन ११५ लागू हुने भएको छ। जुन निर्णय अन्र्तगत सन् २०२६ मा अष्ट्रेलियामा २ लाख ९५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीले विद्यार्थी भिसा पाउँनेछन्। जसका कारण विश्वविद्यालय एंव कलेजले विदेशी विद्यार्थीका लागि सिमित कोटा निर्धारण गरेका हुन्छन्। त्यसैले जति सक्दो चाडै एप्लाई गर्नु उपयुक्त हुन्छ।अष्ट्रेलियामा छोटो समयमा स्थापित हुन सकिने, स्वास्थ्य विमा, सुरक्षा, गुणस्तरीय शिक्षा, शिक्षामा छात्रवृत्ति लगायका कुराले विद्यार्थीलाई आकर्षित गरेको छ। अष्ट्रेलिया धेरै सरकारी कलेजहरु छन्। अष्ट्रेलियामा विश्वका उत्कृष्ट ४२ वटा विश्वविद्यालयहरु सञ्चालनमा छन्। अष्ट्रेलियामा अध्ययन पश्चातका रोजगारी, पीएसडब्लु, बसाईसराई लगायतका थुप्रै अवसरहरु उपलब्ध छन्।
त्यस्तै अष्ट्रेलियामा विद्यार्थीको भविष्य सुरक्षित हुने र अष्ट्रेलियन नागरिकले पनि नेपालीलाई विशेष प्राथमिकता दिने भएकोले विद्यार्थीले सहजताको हिसाबले गन्तव्य छनोट गर्दछन्। नेपालबाट विदेश अध्ययनमा जाने विद्यार्थीको हकमा अष्ट्रेलियामा नर्सिङ, ईन्जिनियरिङ, आईटी, होटल म्यानेजमेन्ट, सोसियल वर्कर, सोसियल सर्भिस लगायतका क्षेत्रमा अध्ययन गर्ने र सोही क्षेत्रमा काम गर्ने जनशक्तीलाई चाडै सेटल हुन सहज हुन्छ।
गर्नुपर्ने तयारी
भिसा आवेदन प्रक्रिया केहि लचिलो भएसँगै नेपाली विद्यार्थीको पहिलो रोजाइमा अष्ट्रेलिया पर्ने गरेको छ। अष्ट्रेलिया अध्ययनमा जान विद्यार्थीले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेश अध्ययन अनुमति पत्र (एनओसी) लिनुपर्ने हुन्छ। त्यसका लागि विद्यार्थीले आफू अध्ययन गर्न जाने विश्वविद्यालयबाट सर्टिफिकेसन अफ इलिजिविलिटी (सिओई) का आधारमा आवेदन दिन पाउँछन्। शैक्षिक परामर्श व्यवसायीले विद्यार्थीलाई परामर्श सेवा प्रदान गरेर उनीहरूलाई उचित शैक्षिक गन्तव्यको खोजि गरिदिने र भिसा प्रक्रियामा सहजिकरण गर्ने गर्छन्।
अष्ट्रेलिया अध्ययनमा जानु अघि नेपाली विद्यार्थीले अध्ययनसँगै काम पनि गर्ने हुँदा सीप सिकेर मात्र अष्ट्रेलिया जानु उपयुक्त हुन्छ। त्यस्तै भाषागत दक्षता र राम्रो शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीले सरकारी विश्वविद्यालयमा छात्रवृत्तिका लागि आवेदन दिन सक्छन्। आर्थिक रुपमा सवल नभएका ऋण गरेर जाने विद्यार्थीले त्यहाँ गएपछि पढाइकै क्रममा उक्त ऋण तिर्न सकिन्छ कि सकिदैन भन्ने विचार गर्नुपर्छ। त्यस्तै विद्यार्थीहरुले अष्ट्रेलिया अध्ययनको लागि जाँदैछन् भने त्यहाँको कलेज, विश्वविद्यालय र विषय छनोट गरिसकेपछि अध्ययनको लागि आवश्यक पर्ने ट्युसन फि, आंशिक समयमा गर्न सकिने काम, आफू जाने ठाउँको बसोवास गर्दा लाग्ने खर्चको बारेमा बुझेर मात्र जानुपर्छ।
विद्यार्थीले ध्यान दिनुपर्ने कुरा
विद्यार्थीले विदेश जानुपूर्व कन्सल्टेन्सी छनोटमा विशेष ध्यान दिनुपर्छ। कन्सल्टेन्सी छनोट गर्दा आफ्नो काउन्सेलर सर्टिफाइड हो कि होइन, उसको ज्ञान, क्षमता र अनुभव लगायतको विषयलाई मध्यनजर गर्नुपर्छ। कन्सलटेन्सीले दिएको जानकारीहरूका बारेमा विद्यार्थीले पनि अनुसन्धान गर्नुपर्छ। अष्ट्रेलियामा राम्रो पढाइ भएको, अंग्रेजी भाषा परीक्षा आईईएलटीएस र पीटीइमा राम्रो स्कोर ल्याउन सक्ने, अध्ययन पश्चात् ग्याप छैन वा ग्यापको कारण खुलाउन सकिनेछ र आम्दानीको स्रोत कलेजको फि तिर्न सक्ने गरि स्पष्ट खुलाउन सकिने छ भने विद्यार्थीको भिसा लाग्ने संभावना बढी रहन्छ। विद्यार्थी आफू विदेश अध्ययनमा जादाँ मानसिक रुपमा तयारी अवस्थामा जानुपर्छ।
छात्रवृत्तिको व्यवस्था
अष्ट्रेलिया सरकार र विश्वविद्यालय दुबैले छात्रवृत्ति प्रदान गर्दै आएको छ। प्रत्येक वर्ष विदेशी विद्यार्थीका निम्ति अष्ट्रेलियन सरकारले २० करोड डलर भन्दा बढी छात्रवृत्ति प्रदान गर्ने गरेको छ। अष्ट्रेलियन सरकारले राजदुताबास मार्फत वर्षमा एकपटक छात्रवृत्तिको लागि आवेदन खुलाउने पनि गरेको छ। त्यस्तै विश्वविद्यालय तथा कलेजहरुले विद्यार्थीको ऐकेडेमीक पर्फमेन्स हेरेर छात्रावृत्ति प्रदान गर्ने गरेको छ। विश्वविद्यालय तथा कलेजहरुले विद्यार्थीले प्राप्त गर्ने शैक्षिक अंकको आधारमा पनि छात्रवृत्ति प्रदान गर्ने गरेका छन्।
रोजगारीको अवसर
अष्ट्रेलिया भौगोलिक हिसाबले फराकिलो देश भएकोले काम गर्न टाढाटाढा जानुपर्ने हुदाँ विद्यार्थीमा ड्राइभिङ स्किल हुन जरुरी छ। अष्ट्रेलियाले इन्जिनियरिङ, नर्सिङ, लगायतका अनुसन्धानमुलक प्राविधिक विषय अध्ययन गर्न जाने विद्यार्थीलाई मुख्य प्राथमिकतामा राखेको छ। जसकारण यी विषय अध्ययन गरेका विद्यार्थीलाई रोजगार पाउन थप सहज हुन्छ। यसबाहेक अध्ययन गर्दै गरेको विद्यार्थीले पार्ट टाइममा गर्ने काम मध्य फास्ट फुड रेष्टुरेन्ट, बारिस्टा, मेकअप, सामान डेलिभरी लगायतका कामहरु पाउँछन्।
अष्ट्रेलियामा विद्यार्थीले हप्ताको २४ घण्टा वा २ हप्तामा ४८ घण्टा काम गर्न पाउँछन्। अष्ट्रेलियन सरकारले समयसमयमा विद्यार्थीलाई बिदाको समयमा फूलटाईम काम गर्ने अवसर पनि प्रदान गर्छ। कोभिड पछिको केहीसमय अष्ट्रेलियामा विद्यार्थीले फूल टाईम काम गर्न पाउने नियम लागू भएका थियो। तर, पछि विद्यार्थीले कामलाई मात्र बढी मध्यनजर गरी शिक्षाको गुणस्तर खस्किदै गएको कारण यो नियम खारेज भएको थियो।
निर्भाना काउन्सिलिङ सेन्टर नै किन ?
निर्भाना काउन्सेलिङले विगत ७ वर्षदेखी अष्ट्रेलियालाई मात्र फोकस गरी शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। उचित विषय र शिक्षण संस्थाको छनोट गर्न निर्भानाले सहयोगी भूमिका निर्वाह गर्छ। यस संस्थाले विद्यार्थी केन्द्रित शैक्षिक परामर्श प्रदान गर्दै आएको छ। यहाँ अनुभवी दक्ष शिक्षकद्वारा भाषा शिक्षा प्रदान गर्नुका साथै अनुभवी र सर्टिफाईड परामर्शदाताद्वारा परामर्श प्रदान गरिन्छ।
निर्भानाले विद्यार्थीहरुलाई आईईएलटीएस, पीटीई, स्याट लगायतका तयारी कक्षामा विशेष छुटको व्यवस्था गरेको छ। विद्यार्थीको भविष्य सुनिश्चित गर्न उपयुक्त शैक्षिक गन्तव्य, विषय र भाषागत ज्ञान प्रदान गर्दै आएको निर्भानाको भिसा सक्सेस रेट ९५ प्रतिशत रहेको छ।