काठमाडौँ - पछिल्लो समय नेपालबाट अध्ययनका लागि जापान जाने विद्यार्थीको संख्या धेरै देखिएको छ। अध्ययनसँगै राेजगारीको राम्रो अवसर भएकाले पनि मध्यम परिवारका विद्यार्थीहरूको उच्च शिक्षाको गन्तव्य जापान बनेको छ। जापानीज भाषामा दक्षता वढाएर गएमा नेपाली विद्यार्थीहरूलाई सहज हुनेछ।
नेपाली विद्यार्थीहरू जापान जानु अघि गर्नूपर्ने तयारी, अध्ययन पश्चात राेजगारीकाे अवसर, विद्यार्थीले भाेग्नुपर्ने समस्या लगायतका विषयमा विगत ११ वर्ष देखि नेपाली विद्यार्थीहरूका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्दैआएको क्लिक इन्टरनेश्नल एजुकेशनका प्रवन्ध निर्देशक एवं नेपाल शैक्षिक परामर्श संघ (इक्यान)गोविन्द खनालसँग गरिएको कुराकानी :
नेपाली विद्यार्थीहरूको आकर्षक शैक्षिक गन्तव्य जापान बन्नुको कारण के हो ?
एसियाको विकसित देशका रुपमा रहेको जापानमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको संख्या प्रत्येक वर्ष बढदै् गएको देखिएको छ। जापानमा आकर्षण बढ्नुको मुख्य कारण भनेको त्यहाँको शैक्षिक प्रणाली नै हो।
अर्को तर्फ नेपालमा अध्ययन गर्न नपाईने जस्तैः एरोनाेटिकल इन्जिनियरिङ, ट्रान्सपोर्ट इन्जिनियरिङ, रेलवे इन्जिनियरिङ जस्ता विषयहरू पढ्न नेपाली विद्यार्थी जापान जाने गरेका छन्। अध्ययनका लागि राम्रो रहेकाले पनि आर्कषण बढेको हो।
लागत खर्चको हिसाबमा पनि अन्य मुलुकमा अध्ययन गर्न जाँदा लाग्ने शुल्क पनि तुलनात्मक कम भएकाले मध्यम वर्गका परिवारका लागि जापान रोजाईको गनतव्य बनेको हो।
अध्ययन पश्चात पनि विद्यार्थीहरूले सम्वन्धित विषयहरूमा जापानमै पनि उच्च तहमा समेत राम्रो अवसर प्राप्त गरेको पाइएको छ। अध्ययन पछि कामको अवसर र उपलब्ध हुने पारिश्रमिक पनि आकर्षक रहेको कारण पनि जापानप्रति नेपाली विद्यार्थीहरूको आकर्षण बढेको हो।
जापान जानुपुर्व गर्नुपर्ने तयारी के - के हुन् ?
सबैभन्दा पहिले त जापानको शिक्षा र अवसरका बारेमा जाने विद्यार्थी निश्चिन्त हुन जरुरी छ। अब अध्ययनका लागि जापान जान्छु भनी निर्णय गरिसकेका विद्यार्थीहरूलाई म सवैभन्दा पहिले जापानीज भाषाको स्तर राम्रो बनाउन सुझाव दिन्छु।
कम्तीमा एन - ४ लेभलको भाषा बनाएर गएमा त्यहाँ पाइने अवसरहरू लिन सहज हुनेछ। त्यसपछि कुन विषय अध्ययन गर्न जाने, कुन - कुन कलेजमा ति विषयहरू अध्ययन गर्न पाइन्छ, ट्युसन फि कति छ सबैबरेको जानकारी लिन जरुरी हुन्छ, यसका लागि शैक्षिक परामर्श दिने कन्सल्टेन्सिको सेवा लिन आवश्यक हुन्छ।
त्यहाँको वस्तुस्थिती, उपयुक्त विषयको छनौट, कलेजमा लाग्ने शुल्क, अध्ययन गर्दै गर्दा र अध्ययन पछि प्राप्त हुने अवसर आदिका बारेमा प्रभावकारी परामर्शले मात्र विद्याथीहरूलाई जापान जानका लागि सहजीकरण गर्दछ।
अध्ययनका क्रममा र अध्ययन पश्चातका अवसरहरू जापानमा कस्ता छन् ?
सामान्यतया जापान पढाइ र अवसर दुवै राम्रो भएको देश हो। नेपाली मध्यम वर्गका विद्यार्थी पनि जापानमा गएर आफ्नो भविष्य निर्माण गर्न सक्छन् भन्ने पुष्टि भइसकेको छ।
जापानमा अध्ययन पश्चात विश्वका प्रतिष्ठित कम्पनीमा रोजगारीको अवसर समेत पाएका छन्। पछिल्लो समय जापानको जनसंख्या घट्दै गएकाले पनि विदेशी विद्यार्थीले अध्ययन पश्चात रोजगारीको अवसर प्राप्त गर्न सहज भएको छ।
विद्यार्थीले जापानमा अध्ययनकै क्रममा हप्ताको २८ घण्टा काम गर्न सक्नेछन्। बिदाको समयमा त ४० घण्टा सम्म पनि काम पाउने भएकाले शिक्षण शुल्क तिर्न विद्यार्थीलाई त्यति समस्या हुँदैन।
स्कुल विदाको समयमा हप्ताको ४० घण्टासम्म काम गर्न पाउँछन्। जापानमा विद्यार्थीलाई स्कुल परिवर्तन गर्ने सुविधा पनि छ। विद्यार्थीले एक वर्षपछि स्कुल र ठाउँ परिवर्तन गर्न समेत सक्छन्। त्यहाँ रोजगारीका लागि विभिन्न कम्पनिहरू पनि खुलेका छन्।
ती कम्पनिमा गएर विद्यार्थीले आफ्नो बायोडाटा दिएर सिप र योग्यता अनुसार काम खोज्न सक्छन्। विद्यार्थीले अध्ययन गर्दै गर्दा डिपार्टमेन्ट स्टोर, सुपरमार्केट, फास्टफुड क्याफे, ग्रोसरीसप, क्लिनिङ आदिमा पार्टटाइम काम गर्ने अवसर समेत प्राप्त गर्न सक्नेछन्।
यसका साथै उच्च शिक्षा अध्ययन गरिसकेपछि विद्यार्थीले आइटी, सफ्टवेयर कम्पनी, मल्टिनेसनल कम्पनिमा रोजगारीको अवसर पाउने संभावना रहन्छ।
जापानमा भू-गर्भशास्त्र (जियो–साइन्स), इन्फरमेसन टेक्नोलोजी, कम्प्युटर इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, अटो मोबाइल्स, इलेक्ट्रोनिक्स लगायतका विषयमा अध्ययन गरेका विद्यार्थीले सहज रुपमा रोजगारीको अवसर प्राप्त गरेका छन्।
जापानमा विद्यार्थीहरूले भोग्नुपर्ने चुनौतीहरू के - के हुन सक्छन् ?
जापान जापानीज भाषा बोलिने मुलक भएकाले पनि अन्य देशबाट जाने विद्यार्थीका लागि त्यति सहज हुँदैन। जापानमा अध्ययन गर्न गएका विद्यार्थीले पढ्दै कमाउँदै गर्नु नै आफैमा चुनौतीपूर्ण छ। नेपालमा काम नै नगरेका युवा विद्यार्थी जापानमा अध्ययनसँगै काम र पैसा दुबैको पछि लाग्नु आफैमा सजिलो छैन।
विद्यार्थीले पहिलो प्राथमिकता अध्ययनलाई नै दिनुपर्छ। त्यसका लागि पूर्व तयारी गर्नुपर्ने हुन्छ। त्यो भनेकोे त्यहाँ गएर पढ्नका लागि चाहिने शुरुवाति खर्चको व्यवस्था यहाँबाट जाँदा नै गर्नुपर्छ।
जापान जाने विद्यार्थीहरूको ध्यान कामतिर केन्द्रित भएको देखिन्छ। पढाइ छोडेर काममा लाग्ने विद्यार्थीको भविष्य राम्रो हुँदैन। अभिभावकले पनि आफ्ना छोराछोरी जापान पठाएपछि तत्काल पैसा पठाउँछ भन्ने सोच राख्नुहुँदैन।
नेपालमा विदेश जानासाथै कमाइ हुन्छ भन्ने मान्यता छ। यस्तो सोचाइ राख्ने हो भने विद्यार्थीलाई अनावश्यक दबाब महसुस हुन्छ। विद्यार्थीले आफ्नो भविष्यको लागि ३ देखि ५ वर्ष निरन्तर पढाइ पुरा गरी राम्रो रोजगारको अवसर सिर्जना गर्न सक्नेछन्।
जापान अध्ययनमा जान चाहने विद्यार्थीले क्लिक इन्टरनेश्नल एजुकेशनलाई नै किन राेज्ने ?
हामी अविभावक सहितको परामर्शमा विश्वास गर्छाै। आफना छोरा छोरीको उन्नत भविष्यका लागि अध्ययनका लागि विदेश पठाउन चाहना बाेकेर आउनुहुने अभिभावक र विद्यार्थीहरूलाई सहि र प्रभावकारी परामर्श प्रदान गर्नुनै हाम्रो मुख्य कर्तव्य ठानेर हामीले काम गर्दै आएका छौँ।
विगत लामो समय देखि जापान लगायतका मुलुकमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका प्रभावकारी परामर्श हामीले दिँदै आएका छौँ। ति देशहरूमा जानका लागि आवश्यक पर्ने भाषा परीक्षाको तयारी पनि हामीले गर्दै आएका छौँ।