काठमाडाैँ- पछिल्लो समय नेपाली विद्यार्थीहरुको प्रमुख शैक्षिक गन्तव्यका रुपमा अष्ट्रेलिया रहदै आएको छ। अध्ययन, अवसर र रोजगारीका कारण पनि अष्ट्रेलिया नेपालीहरुको प्रमुख शैक्षिक गन्तव्यका रुपमा पर्न सफल भएको छ।
नेपाली विद्यार्थीहरूको आर्कषण बढ्नुको कारण, विद्यार्थीले गर्नुपर्ने तयारी, अध्ययन पश्चातका अवसर लगायतका विषयमा शैक्षिक परामर्श संघ इक्यानका पूर्व सचिव एंव नोवल एजुकेशन फाउन्डेसनका प्रवन्ध निर्देशक रत्नबहादुर भट्टराईसँग गरिएको कुराकानी।
अष्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख रोजाईको शैक्षिक गन्तव्य हुनुको कारण के देख्नुहुन्छ?
विदेश अध्ययनका धेरै गन्तव्यहरु मध्ये आकर्षक र पहिलो प्राथामिकतामा परेको देश अष्ट्रेलिया हो। नेपाली विद्यार्थीहरु विदेश अध्ययन गर्न जानुको पछाडी ‘लर्निङ, अर्निङ र सेटलमेन्ट’ नै प्रमुख कारक हुन्।
यी तीन कुरा कहाँ छन् भन्दा अंग्रेजी भाषा प्रचलित देशहरुमा अमेरिका, बेलायत, क्यानडा वा अष्ट्रेलिया नै आँउछ। नेपाली विद्यार्थीहरुले खोजै जस्तै लर्निङ, अर्निङ र सेटलमेन्टको पाटोमा अष्ट्रेलिया अगाडी देखिन्छ। नेपाली विद्यार्थी अध्ययनका लागि जान्छन् र केही सिक्छन्।
त्यहाँको नियमअनुसार २ देखि ४ वर्ष सम्मको पोष्ट स्टडी वर्क(पिएसडब्लु) लिएर काम गर्छन्। त्यसपछि सेटलमेन्टको विषयमा राम्रोसँग पढेर पिएसडब्लु लिएका विद्यार्थीले सेटलमेन्टको पनि राम्रो अवसर प्राप्त गर्ने भएकाले नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया सुरक्षित शैक्षिक गन्तव्य हो।
आज अष्ट्रेलियाका हरेक पार्कमा नेपालीहरु देखिन्छन्,यसको अर्थ त्यहाँ गएका विद्यार्थीहरुको राम्रो सेटलमेन्टका कारण आफ्ना अभिभावकहरु बोलाउन सक्ने क्षमतामा रहेको बुभ्mन सकिन्छ। रोजाइको गन्तव्यमा पर्नुको अर्को कारण नेपाली विद्यार्थीहरू अष्ट्रेलियामा सुरक्षित छन् भन्ने नै हो। यसरी सुरक्षित रहनुको पछाडी त्यहाँको विद्यार्थीमैत्री कानुन हो। यस भित्रको टिपिएस नीतिले कुनै पनि विद्यार्थीको शुल्क जुनसुकै परिस्थितीमा पनि खेर नजाने अवस्था रहेको हुन्छ।
परिस्थिती अनुकुल नभएमा त्यहाँको सरकारले जिम्मा लिएर फिर्ता समेत गर्न सक्नेछ। सुरक्षाको हिसावमा पनि अष्ट्रेलिया विश्वकै सुरक्षित गन्तव्य हो। विश्वकै बस्न लायक र सस्तो सिटीहरु पनि अष्ट्रेलियामा छन्। कमाइको हिसाबमा पनि प्रतिघण्टा पारिश्रमिक राम्रो हुनाले पनि हरेक नेपाली विद्यार्थीको पहिलो रोजाइमा अष्ट्रेलिया पर्ने गरेको छ।
विद्यार्थीहरु अष्ट्रेलिया जानुको उद्देश्य के देख्नुहुन्छ ?
सबै विद्यार्थी एकेडेमिक हुन चाहान्छन् भन्ने छैन, स्कील हुने क्षेत्रमा पनि जान सक्नेछन्। अर्को तर्फ पिएचडी गर्दै गरेका र गर्ने चाहना भएका विद्यार्थीहरुलाई विश्वविद्यालयले यसका लागि ५० प्रतिशतसम्म छात्रवृत्ति दिने गरेका छन्। अर्को तर्फ विभिन्न भोकेसनल कोर्संहरु पनि रहेका छन्। जसलाई एकेडेमिक डिग्रीको आवश्यकता छैन।
उनीहरुले सम्वन्धित क्षेत्रमा दक्षता बढाइ अवसर प्राप्त गर्छन भने उच्च शिक्षाका अवसरहरु त छदैछन्। यसरी हेर्दा अध्ययनका लागि विभिन्न छनौटका अवसरहरु भएकाले पनि नेपाली विद्यार्थीहरुको उद्देश्य अष्ट्रेलिया जाने हुने गरेको छ।
अष्ट्रेलिया अध्ययनमा जानुअघि विद्यार्थीले गुर्नुपर्ने तयारी के – के छन्?
अष्ट्रेलिया अध्ययनमा जानुअघि सबैभन्दा पहिले त अभिभावक र विद्यार्थीको इच्छा के हो भन्ने स्पष्ट हुन जरुरी छ। फर्मल डिग्री र इनफर्मल डिग्री के अध्ययन गर्ने भन्ने हो, विद्यार्थी अध्ययन गर्न जानु र पढनु मात्र ठूलो कुरा होइन, मुख्य कुरा इच्छाशक्तिसँग मिलाउनु ठुलो कुरा हो।
करियरका दृष्टिकोणलाई हेरेर उचित परामर्श लिन जरुरी छ। राम्रो विद्यार्थी छ, राम्रो नम्वर छ भने सिधै स्नातक तहमा अध्ययन गर्न जान सक्ने अवस्था रहन्छ। त्यस्तै जिपीए कम छ भने उनीहरू डिप्लोमा तहमा पनि अध्ययन गर्न जान सक्छन्।
अष्ट्रेलियामा अध्ययनमा जाँदा स्कील मात्र सिक्नु छ भने भोकेसनल कोर्स मात्र पढ्न जान पनि सकिन्छ। मुख्य कुरा विद्यार्थीले आफनो इच्छा बुझ्न सक्नुपर्छ। अभिभावकहरूले पनि यसमा सहजिकरण गर्न जरुरी छ।
सबैभन्दा पहिला विद्यार्थीले आफ्नो शैक्षिक स्तर बढाउन आवश्यक छ। विद्यार्थीको क्षमता मुख्य विषय हो। त्यहाँ गएर अध्ययन गर्न सक्छ कि सक्दैन त्यसको मूल्यांकन गर्न जरुरी छ। विद्यार्थीले आफूले अध्ययन गर्ने विषय मिल्ने खालको हुन जरुरी छ। विद्यार्थीले आफ्नो खर्च क्षमतालाई पनि ध्यान दिँदै आफ्नो क्षमतालाई सावित गर्ने खालको आर्थिक स्रोत देखाउन जरुरी हुन्छ।
विद्यार्थीले त्यसपछि आईईएलटीएस, पिटिईमा राम्रो नम्बर, आम्दानीको स्रोतलाई बलियो बनाउने त्यस्तै, बैंक स्टेटमेन्टलाई एकदमै बलियो बनाउन बैंकिक कारोबार गर्न आवश्यक छ। यसले गर्दा अस्ट्रेलियाको भिसाको लागि केही समस्या आउने छैन। जे छ त्यसको सहि जानकारी भिषा आवेदनका क्रममा राख्न जरुरी छ। यस कार्यमा कन्सल्टेन्सिहरुको सहयोग प्रभावकारी बनाउन सकिन्छ।
विद्यार्थीहरुले त्यहाँ गएर पार्ट टाइममा काम गर्नका लागि के गर्नुपर्छ ?
सवैभन्दा पहिले त अंग्रेजी भाषाको तयारी र भाषामा दक्षता नै हो। आईईएलटिएस, टोफल, पिटिई विना अस्ट्रेलिया जानु सम्भव छैन। अंग्रेजीका परिक्षण अनिवार्य नै छ। स्कोर कम भएमा आवश्यकता अनुसार कुनै युनिर्भसिटीहरुले भाषाको थप कक्षा पनि राखेको पाइन्छ।
सीप भनेको सबैको आवश्यकता हुन्छ। यो बाच्ने आधार पनि हो। कुनै न कुनै सीप सिकेर जाँदा स्किल अनुसारको काम पाउन सकिने अवस्था आँउछ। जस्तैःकफि मेकिङ, सैलुन, बार टेण्डरिङ आदि सिकेर जाँदा सहज हुनेछ। जानु अघि सीप सिकेर जाँदा उपयुक्त हुन्छ। त्यहाँ गएर सिक्न गाह«ो हुने ड्राईभिङ सिकेर जान म सुझाव दिन्छु।
अष्ट्रेलिया अध्ययनका लागि जाँदा लागत खर्चको अवस्था कस्तो छ?
अष्ट्रेलियामा युनिर्भसिटी, कोर्स, स्थान अनुसार शूल्क पनि फरक – फरक हुन्छ। विद्यार्थीका छनौटका आधारमा कोर्स र विश्वविद्यालय अनुसार शूल्क फरक – फरक पर्दछ।
त्यस्तै अधिकांश विश्वविद्यालयले छात्रवृति समेत उपलब्ध गराएका हुन्छन्। मेरिटका आधारमा विश्वविद्यालयहरुले छात्रवृति दिँदै आएको पाइन्छ। त्यस्तै अष्टे«लियाको सरकारले ‘अष्ट्रेलियनअवार्ड स्कलरोसिप’ मार्फत प्रत्येक वर्ष उपलब्ध गराउने गरेको छ। यसमा खान, बस्नदेखि हवाई टिकटको व्यवस्था समेत हुन्छ जुन विद्यार्थी स्वयंले आफै अपलाई गरेर जान सक्छन्।
अध्ययन पश्चात रोजगारीको अवसर कस्तो छ?
विद्यार्थीले आफनो कोर्स अनुसार रोजगारीका अवसरहरु छन्। डिमान्ड र सप्लाईका आधारमा रोजगारीका अवसरहरु खुल्दै जाने हुन्। सामान्य अर्थमा सबैले रोजगारी त प्राप्त गर्दछन तर कस्तो रोजगारी पाउने भन्नेमा व्यक्तिको क्षमतामा पनि निर्भर गर्दछ।
पिएसडब्लुका आधारमा रोजगारीका लागि अप्लाई गर्न त पाउँछ। विशेष गरि माइनिङ इन्जिनियरिङ, नर्सिङ , चाईल्ड केयर जस्ता क्षेत्रमा रोजागारीका अवसर पाएको देखिन्छ। मुख्य कुरा रोजगारी व्यक्तिको क्षमतामा भर पर्छ।
अन्त्यमा, अष्ट्रेलिया जान चाहाने विद्यार्थीले नोवेल एजुकेशन फाउण्डेसनलाई नै किन रोज्ने ?
हामीले करिव २० वर्ष देखि अष्ट्रेलियाको माथिल्लो र्याकिङका विश्वविद्यालयहरुमा विद्यार्थीहरुलाई पठाउदै आएका छाैँ। विद्यार्थीको भविष्यलाई बुझेर हामीले शैक्षिक परामर्श दिँदै आएका छाैँ। विद्यार्थीलाई यही विश्वविद्यालयमा जानै पर्छ भनि दवाव दिने काम हामीले गर्दैनौँ। करियर काउन्सिलिङ, पारदर्शीता र समन्वयात्मक व्यहार नै हाम्रो मूख्य विशेषता हो।