काठमाडौँ- न्यूजील्यान्ड नेपाली विद्यार्थीका लागि नयाँ शैक्षिक गन्तव्य बन्दै गएको छ। तथ्यांक हेर्ने हो भने अध्ययनका लागि न्यूजील्यान्ड जाने नेपालीको संख्या वर्षेनि थपिँदै छ। नेपाली मात्र होईन न्यूजील्यान्डमा अन्तर्राष्ट्रिय विद्यार्थीको पनि आर्कषण देखिएकोछ। जापान,अष्ट्रेलिया,अमेरिका,बेलायत र क्यानडापछि न्यूजील्यान्डमा उल्लेख्य मात्रामा अन्तराष्ट्रिय विधार्थी उच्च शिक्षा हासिल गर्न पुगेको पाईन्छ। नेपाली विद्यार्थीहरू डिप्लोमादेखि ब्याचलर,पीएचडीसम्मको अध्ययनका लागि न्यूजील्यान्ड जाने गरेका छन्।
विशेषगरी बिजनेस, आईटी, हस्पिटालिटी, होटल मेनेजमेन्ट, कन्सट्रक्सन, कुकरी, नर्सिङ र इन्जिनियरिङ पढ्नेकालागि न्यूजील्यान्ड रोजाइको गन्तव्य बन्न थालेको छ। न्यूजील्यान्ड अध्ययनका बारेमा शैक्षिक परामर्श प्रदान गर्ने नेपालको अग्रणी संस्था कंगारु एजुकेशन फाउन्डेसनका प्रबन्ध निर्देशक महेशवावु तिमल्सिनासँग गरिएको कुराकानीः
नेपाली विद्यार्थीहरुको मुख्य शैक्षिक गन्तब्यका रुपमा न्यूजील्यान्ड रहेको छ, यसको कारण के होला?
नेपाली विद्यार्थीहरुको लागि न्यूजील्यान्ड आर्कषक गन्तब्य हुनुको पहिलो कारण अंग्रेजी माध्यमबाट पढाइ हुनु हो। अन्य देश भन्दा पढाइको स्तर पनि अलि फरक भएका कारण पनि नेपाली विद्यार्थीहरु आकर्षित भएका हुन्।विश्वविद्यालयमा नपढि भोकेसनल कोर्स गर्नको लागि पनि राम्रो व्यवस्था यहाँ रहेको छ। विश्वविद्यालयमा अध्ययन गर्न शुल्क पनि धेरै लाग्ने तर भोकेसनल अध्ययनका लागि कम शूल्क र कोर्स सम्पन्न गरेपछि कामको अवसर पनि तत्कालै पाउन सकिने भएका कारण नेपाली विद्यार्थीहरु जान खोजेको देखिन्छ।
त्यस्तै सरकारले पोष्ट स्टडी वर्क दिने भएकाले अध्ययन पछि काम सहजै पाउन सक्ने अवस्था छ भने सरकारलेनै अहिलेको अवस्थामा अवसर भएका विषयहरुलार्ई ग्रिन लिष्ट अकुपेसनका रुपमा सूचिकृत गरिदिने हुनाले कुन विषय अध्ययन गर्दा अवसर प्राप्त हुन्छ थाहा पाउन सकिन्छ।
अध्ययन सम्पन्न पछि पनि पनि बसोवासका लागि पिआर प्राप्त गर्न न्यूजील्यान्ड मा सहज रहेको छ। के के प्रक्रिया र कागजात पुगेपछि पिआर प्राप्त गर्न सकिन्छ अनुमानयोग्य हुने भएकाले पनि नेपाली विद्यार्थीहरुको आकर्षण न्यूजील्यान्ड तर्फ देखिएको हो। विदेशी विद्यार्थीको लगानी र शैक्षिक सुरक्षाको जिम्मेवारी लिन सरकारले नै ट्युसन प्रोटेक्सन स्किम व्यवस्था गरेकाले पनि विद्यार्थीको आकर्षण न्युजिल्यान्डमा देखिएको हो।
न्यूजील्यान्डमा अध्ययनका लागि जान विद्यार्थीले गर्नुपर्ने तयारीहरु के - के हुन् ?
न्यूजील्यान्ड सानो देश भएकाले धेरै संख्यामा विद्यार्थी जाने भन्दा पनि गएका विद्यार्थीले अवसर पाएकाे मुलुक हो। न्यूजील्यान्डमा ८ वटा विश्वविद्यालय र १६ वटा सरकारी कलेजसँग निजी पोलिटेक्निकल कलेजहरु रहेका छन्।पहिलो त कलेज र कोर्सको चयन गर्न आवश्यक छ।
डिमाण्ड अनुसारका कोर्स छान्न आवश्यक छ यसको लागि न्यूजील्यान्ड सरकारलेनै लिस्टिङ गरिदिएको हुन्छ जसलाई ’ग्रिन लिष्ट अकुपेसन’ भनिन्छ। न्यूजील्यान्ड जाने तयारी गर्दै गरेका विद्यार्थीले भिसासँग सम्वन्धित भएर खासगरि तीन कुरामा ध्यान दिन जरुरी छ। शैक्षिक स्तर ,भाषा र अर्थिक पक्ष महत्वपूर्ण छ।
शैक्षिक पाटोमा ५० प्रतिशत भन्दा बढि अंक ल्याउन जरुरी हुन्छ त्यसैगरि आइएलटिएस तर्फ ६ भन्दा माथि र आर्थिक पक्ष बलियो देखाउन जरुरी छ। सामान्यत ६० देखि ८० लाख रुपैयाँसम्मको बैँक ब्यालेन्स वा एजुकेशन लोन अथवा दुवै जोडेर देखाउन सकिन्छ।
एजुकेशन लोनका सम्वन्धमा हाल नविल बैँक, एसविआई बैँक र स्टान्डर चार्टड बैँकको लोन स्वीकार गर्ने गरेको छ। अष्ट्रेलिया लगायत अन्य देशको भिसा अस्विकृत भएका विद्यार्थीहरुले पनि न्यूजील्यान्ड का लागि प्रक्रिया अघि बढाउन सक्नेछन्। भिसा अस्विकृत हुँदैमा न्यूजील्यान्डले नकारात्मक रुपमा लिदैन।
फरक देशका भिसा दिने आधार पनि फरक छ, अर्को कुरा न्यूजील्यान्ड अध्यागमनले अन्तर्वार्ता लिने सम्भावना धेरै देखिन्छ। कारणवस भिसा आवेदन अस्विकृत भएमा पनि आवेदकले यस्को कारण स्प्रष्टरुपमा थाह पाउन सक्ने अवस्था पनि रहेको छ।
न्यूजील्यान्डमा अध्ययन पश्चात रोजगारीका अवसरहरु के कस्ता छन् ?
न्यूजील्यान्ड दूई वटा आईल्याण्ड मिलेर बनेको सानो देश हो। जनसंख्याको हिसावमा पनि जम्मा ५५ लाख जनसंख्या रहेको छ। सानो मुलुक भएर अवसर प्रशस्त छ भनि सोचेमा त्यो अनुसार नहुन पनि सक्छ। बेलायत, अष्ट्रेलियाले जस्तो विदेशी विद्यार्थीलाई आम्दानीको स्रोतको रूपमा उच्च प्राथमिकता नदिए पनि न्युजिल्यान्डको शिक्षाले विदेशी विद्यार्थीहरूलाई आकर्षित गरिरहेको छ।
न्यूजील्यान्डको मुख्य आयश्रोत भनेको कृषि तथा पशुपालन हो। डेरी तथा दुग्ध क्षेत्रको ठूलो बजार पनि न्यूजील्यान्ड हो। यो सहित हस्पिट्यालिटी क्षेत्रमा पनि यहाँ रोजगारीको अवसर रहेको छ। अध्ययन पश्चात कामको लागि स्विकृती पाउने अवस्था रहेको छ। अध्ययन पश्चात विद्यार्थीहरुलाई अवसर प्राप्त होस् भन्ने मान्यता त्यहाँको सरकारको रहेको छ। त्यसैले न्यूजील्यान्डमा अवसर प्रशस्तै छन् नहौसीकन विद्यार्थीले आफ्नो क्षमता देखाउन जरुरी छ।
न्यूजील्यान्डको पिआर नीति कस्तो छ ?
सरकारले पछिल्लो समय ल्याएको पिआर नीतिका कारण पनि न्यूजील्यान्ड प्रती नेपाली आकर्षित छन्। ग्रीन लिस्ट, वर्क टु रेसिडेन्सी, स्ट्रेट टु रेसीडेन्सी लगायतका नीतिका कारण न्यूजील्यान्डमा निश्चित क्षेत्रमा काम गरेको केही वर्षमै स्थाई बसोबास भिसा अर्थात् पिआर हासिल गर्न सकिन्छ। पिआरको लागि प्रक्रिया अघि बढाउदै गर्दा आवश्यक पर्ने मापदण्ड पुगे नपुगेको सहजै अनुमान गर्न सकिने भएकाले सबै आवश्यक मापदण्ड पुरा गरेपछि पिआरका लागि प्रक्रिया अघि बढाउन सकिन्छ।