काठमाडौँ - शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये मापदण्ड पूरा गरेका आवेदकहरूको दरखास्त स्वीकृत भएको छ। आयोगले साउन १ गते प्रकाशित सूचनाअनुसार प्राप्त आवेदनहरूमाथि शिक्षा ऐन, २०२८ बमोजिम छानबिन गरी सिफारिस समितिको निर्णयअनुसार योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।

आयोगका प्रशासकीय प्रमुख हरिप्रसाद निरौलाद्वारा जारी सूचनाअनुसार अध्यक्ष पदका लागि आवेदन दिएका ६ जनाको दरखास्त स्वीकृत भएको छ। स्वीकृत हुनेहरूमा मधुसूदन अधिकारी, रघुराम विष्ट, डा. रोजनाथ पाण्डे, डा. हरिप्रसाद लम्साल, यादवप्रसाद कोइराला र सुरेश अधिकारी रहेका छन्। त्यसैगरी, सदस्य पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये २० जनाको दरखास्त स्वीकृत भएको आयोगले जनाएको छ। स्वीकृत हुनेहरूमा गोपीराम के.सी., वीरवंश बैठा, गजेन्द्र झा, जीवनप्रकाश रेग्मी, नारायणप्रसाद ढकाल, सरोजकुमार के.सी., इन्द्रमणि पोखरेल, डम्बरकुमार बतास, दुर्गाप्रसाद अर्याल, ध्रुवराज रेग्मी, प्रकाश सापकोटा, कृष्ण गोसाईं, रामप्रसाद गौतम, रमेशप्रसाद लामिछाने, रामनारायण शाह, डा. मुकुन्दमणि खनाल, सुदर्शन मरहठ्ठा, रामाशिष यादव, चन्द्रबहादुर श्रेष्ठ र शिवकुमार कार्की रहेका छन्।
आयोगले तोकिएको योग्यता, अनुभव तथा कानुनी मापदण्ड पूरा गरेका उम्मेदवारहरूको मात्र दरखास्त स्वीकृत गरिएको जनाएको छ। स्वीकृत उम्मेदवारहरूलाई अब सिफारिस प्रक्रियाअन्तर्गत थप मूल्यांकन तथा अन्तर्वार्तालगायतका चरणमा सहभागी गराइनेछ।

