काठमाडाैँ - काठमाडौँ नयाँ बानेश्वरमा अवस्थित सेन्ट्रल इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी ‘सिस्ट कलेज’ स्वास्थ्य क्षेत्रका विषय अध्यापन हुने काठमाडौँ उपत्यका भित्रको उत्कृष्ट शिक्षण संस्था हो। पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित यस कलेजमा दक्ष अनुभवि शिक्षक हुनुका साथै विद्यार्थी मैत्री वातावरण रहेको छ।
यस कलेजमा स्नातक तहमा ब्याच्लर ईन पब्लिक हेल्थ (बीपीएच), ब्याच्लर इन हेल्थ केयर म्यानेजमेन्ट (बीएचसीएम) र बी फार्मेसी अध्यापन हुँदै आएको छ। यस्तै स्नातकोत्तर तहमा हेल्थ प्रमोसन एण्ड एजुकेशन (एमपीएच), पब्लिक हेल्थ सर्भिस म्यानेजमेन्ट (एमपीएच) र मास्टर्स इन क्लिनिकल फार्मेसी विषय अध्यापन हुन्छ। सिस्टमा २६ भन्दा बढि शिक्षक र १० भन्दा बढि कर्मचारीहरू कार्यरत छन्।
सिस्टले राष्ट्र निर्माणमा योगदान पुर्याउने उद्देश्यका साथ स्वास्थ्य र व्यवस्थापन क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। सिस्टमा हाल २ सय २५ भन्दा बढि विद्यार्थी अध्ययनरत छन्। सबै पृष्ठभूमिका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप उच्च गुणस्तरको शिक्षा प्रदान गरेको कारणनै सिस्ट स्वास्थ्य विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुको रोजाइमा पर्ने गरेको छ।यसका अलावा सिस्टले अध्ययन अध्यापनका लागि आवश्यक भौतिक शैक्षिक पूर्वाधारमा विशेष जोड दिदैँ आएको छ। शैक्षिक गतिविधी अन्र्तगतको पूर्वाधारमा विशेष जोड दिनु यस कलेजको फरक विशेषता हो।

प्रिन्सिपल प्रा.सलाउ दिन मिया
कलेजका प्रिन्सिपल प्रा.सलाउ दिन मियाका अनुसार कलेजले विद्यार्थीलाई भविष्य केन्द्रित भएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। ‘सिस्टले घोकन्ते शिक्षालाई भन्दा सैद्धान्तिक शिक्षालाई जोड दिने गरेको छ। सिस्टले परिवर्तित शिक्षालाई स्वीकार गर्दे समय अनुकुल परिमार्जन गरी शिक्षा प्रदान गर्दे आएको छ।’ प्रिन्सिपल मियाले समय अनुसारको अन्तर्राष्ट्रिय शिक्षा परिमार्जन गर्न नसकेको कारण नै विद्यार्थी मेडिकल पढ्न विदेशिने गरेको बताए।
सिस्ट नै किन ?
सिस्टमा मेडिकल क्षेत्रमा आफ्नो जिवननै समर्पण गरेका ४५ वर्ष भन्दा लामो अनुभवी तथा दक्ष शिक्षकहरु कार्यरत छन्। फार्मेसी पढाइ हुने कलेजहरू मध्ये सिस्ट नेपालको उत्कृष्ट कलेज हो। मेडिकल क्षेत्रमै निरन्तर समर्पित शिक्षक तथा समाजसेवालाई नै आफ्नो कर्म ठान्ने समाजसेवीको संगमले यो कलेज विद्यार्थीमा विशेष छाप छोड्न सफल छ। कलेजले फर्मासिस्ट बन्ने सपना बोकेका इमान्दार र जेहेन्दार विद्यार्थी जसको आर्थिक अवस्था कमजोर रहेकाहरूलाई छात्रावृत्तिको व्यवस्था गरेको छ।
नेपालमा हेल्थ साइन्स विषयमा काठमाडौँ भित्र स्नाकोत्तर तहमा पठनपाठन हुने यो पहिलो कलेज हो। कलेजमा फार्मेसी काउन्सिलका २ जना पूर्वअध्यक्ष सहितको शिक्षक समुह रहेको छ। विगत्मा यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरुको अनुभव मार्फत नै विद्यार्थी कलेजमा आकर्षित हुनु यस कलेजको फरक विशेषता हो।
यस कलेजले उत्पादन गरेका विद्यार्थीले आफ्नो क्षेत्रमा उच्च क्षमता प्रदर्शन गरेका छन्। सिस्टका ७ जना विद्यार्थी फार्मेसी विषय तर्फ पोखरा विश्वविद्यालयको दिक्षान्त समारोहमा डिन लिस्टमा परेका थिए। विगतमा केही विषयमा विद्यार्थीले विश्वविद्यालयको परीक्षामा उच्च अंक प्राप्त गर्न सफल भएका छन्। सिस्टमा अध्ययन पूरा गरेका विद्यार्थीले स्वदेशमा मात्र होइन, विदेशी मेडिकल शिक्षा क्षेत्रमा सामाजिक छवि निर्माण गर्न सफल भएका छन्।
भौतिक शैक्षिक पूर्वाधार
नेपालको फार्मेसी ल्याब मध्ये सबैभन्दा उत्कृष्ट ल्याब सिस्ट कलेजमा रहेको दाबी कलेज प्रशासनको छ। नेपालको ४ वटा कलेजमा मात्र उपलब्ध रहने मानव शरिरको रगत मुल्याङ्कन गर्ने ‘एचपीएलसी’ ल्याब यस कलेजमा पनि उपलब्ध रहेको छ। सिस्टमा एलईडी प्रोजेक्टर मार्फत अध्यापन हुनुका साथै स्मार्ट बोर्डले सुसज्जित डिजिटल कक्षा कोठा उपलब्ध छन्।
‘एचपीएलसी’ ल्याब

बीपीएच विषय छैटौँ सेमेस्टरमा अध्ययनरत बिप्लप अधिकारीले सिस्ट कलेज रोज्नुको कारण नै यस कलेजको भौतिक शैक्षिक पूर्वाधार रहेको बताए। ‘दाइदीदीहरूले मलाई यस कलेज राम्रो छ भनेर म सिस्ट कलेजमा आएको हुँ। उहाँहरुले कलेज राम्रो छ भन्नुभएको थियो। तर, कलेजमा आउँदा अन्य कलेजको तुलनामा बाहिरी आवरण आकर्षण थिएन। समय अनुसार पठनपाठन हुँदै गर्दा विषयगत सम्पूर्ण ल्याबहरु उपलब्ध रहेकोले हाल म यस कलेज प्रति अत्यन्तै आभारी रहेको छु’, उनले भने। अधिकारीले कलेजको भवन मात्र ठूला ठूला बनाएर आर्कषित बनाउनु भन्दा भित्री शैक्षिक पूर्वाधारलाई विशेष जोड दिए कलेज वा विद्यालयको गुणस्तर उच्च हुने बताए।
छात्रवृत्तिको व्यवस्था
सिस्ट कलेजले बीएचसीएम अध्ययन गर्न चाहने जेहेन्दार, आर्थिक रुपमा विपन्न, विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ। यस कलेजले नेपाल सरकारले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्ति बाहेक विद्यार्थीको क्षमता, आन्तरिक परीक्षामा ल्याएको नतिजाको आधारमा पनि विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँछ।
काठमाडौँ भित्र सहुलियत शुल्कमा छात्रवृत्तिसहित गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको कारण नै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ। यस कलेजले फेयर एक्सप्रेस मिडियाले आयोजना गरेको फेयर इन्टरनेशनल एजुकेशन अवार्डमा नेपालकै ‘बेस्ट हेल्थ साइन्स कलेज’को उपाधी प्राप्त गर्न सफल भएको थियो।
अतिरिक्त क्रियाकलापमा जोड
सिस्ट कलेजले गुणस्तरीय शिक्षाका अलावा विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ। यस कलेजले विद्यार्थीलाई सीप र जिवनसँग जोडेर अध्यापन गराउन प्रोत्साहन गर्दै आएको छ। यस कलेजले विद्यार्थीलाई विषयगत भ्रमणका लागि स्थलगत भ्रमणमा पनि लाने गरेको छ।

