काठमाडौँ - काठमाडौँ महानगरपालिका २८ बागबजार स्थित काठमाडौँ मोडेल माध्यमिक विद्यायालयमा विज्ञान, व्यवस्थापन, मानविकी, तथा कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा ४ हजार ४ सय ८४ जना, २०८० सालमा ३ हजार ९ सय ६२ जना र २०७९ मा ३ हजार ६ सय ७९ जना विद्यार्थी अध्ययन गरेका थिए।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजामा २०८० सालमा ९९ प्रतिशत, २०७९ सालमा ९९ प्रतिशत र २०७८ सालमा ९४ प्रतिशत सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो। यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या २०७ जना रहेको छ। करिब २० रोपनी जग्गा र ५ वटा भवनमा सञ्चालित यस विद्यालयले आफूलाई उत्कृष्ट बनाउँदै लगेको छ। केएमसीमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था रहेको छ।
केएमसीले हिसान हाजिरी प्रतियोगिता, युटीसी हाजिरी प्रतियोगिता, टीईए हाजिरी प्रतियोगिता, युटीसी हाकाथोन, नेपाल आर्थिक प्रतियोगिता २०२४ जस्ता ५० भन्दा बढि प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न सफल भएको छ। यस विद्यालयले अनुसन्धान तथा प्रस्तुति, मुट कोर्ट, रोवोर्टिक्स वर्कसप, मिनी माराथोन, लिडरसिप ट्रेनिङ, केएमसी ट्यालेन्ट हन्ट, पावर पोईन्ट, स्पोर्ट मिट, लिडरसिप डेभलपमेन्ट लगायतका तालिम सञ्चालन गर्दै आएको छ।
केएमसीका विद्यार्थीहरु २०८१ सालमा मात्र चिकित्सा शास्त्रमा ४२ जनाले पूर्ण छात्रवृत्ति, इन्जिनियरिङ अध्ययन तर्फ ४७ जनाले पूर्ण छात्रवृत्ति त्यस्तै हरेक वर्ष २५० जनाभन्दा बढीले एमबीबीएस र ३०० भन्दा बढी विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययनमा प्रवेश पाउन सफल भएका छन्। गत वर्ष ३८ जना विद्यार्थी सिए फाउन्डेसन उत्तीर्ण र ८ जना विद्यार्थीले नेपाल ल क्याम्पसमा प्रवेश पाउन सफल भएका थिए।
आफ्ना विद्यार्थीहरूको अनुशासनलाई केन्द्रमा राखेर व्यक्तिगत रुचि र क्षमताका आधारमा अध्ययन अध्यापन हुनुनै यस विद्यालयको फरक विशेषता हो। अनुशासित वातारणमा पठनपाठन, राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा प्रत्येक वर्ष शतप्रतिशत नतिजा, कक्षा १२ पछिका विभिन्न प्रवेश परीक्षालाई केन्द्रमा राखेर कक्षा ११ बाट नै तयारी कक्षा सञ्चालन, अत्याधुनिक भौतिक संरचना, सुविधासम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय र दक्ष, अनुभवी शिक्षकद्वारा पठनपाठन हुने भएकोले विद्यार्थी र अभिभावकले केएमसीलाई रोज्नुपर्ने यस विद्यालयका प्राचार्य डा. नगेन्द्र बहादुर अर्यालले जानकारी दिए।