काठमाडाैँ- कक्षा १० उत्तीर्ण गरी कक्षा ११मा व्यवस्थापन तर्फका विषय अध्ययन गर्न चाहने विद्यार्थीको रोजाइमा पर्न सफल समृद्धि स्कुल काठमाडौँको बालाजुमा अवस्थित रहेको छ। समृद्धि स्कुलमा कक्षा ११ र १२ मा व्यवस्थापन अन्तर्गतका सम्पूर्ण विषय अध्यापन हुन्छ।
समृद्धि स्कुलमा कक्षा ११ र १२ मा २०८१ सालमा ५ सय ७० जना, २०८० सालमा ७ सय १४ जना र २०७९ मा ६ सय २३ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८० सालमा ९३.४ प्रतिशत, २०७९ सालमा ९७ प्रतिशत र २०७८ सालमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या ५१ जना रहेको छ।
यस विद्यालयमा विदेशी विद्यार्थी अध्यनत छैनन्। ३ रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालयमा सुविधासम्पन्न पूर्वाधार छन्। समृद्धिमा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षाकोठा, पुस्तकालय, चमेना गृह, कम्प्युटर ल्याब र यातायातको व्यवस्था रहेको छ। समृद्धिले गोल सेटिङ, लिडरसिप डेभलपमेन्ट, कम्युनिकेशन, पेन्टिङ, पोइम, चेस, सिङ्गिङ, भिडियोग्राफी, फोटोग्राफी, फेसन सो लगायतका तालिम र प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यसका अलावा विद्यालयले विभिन्न क्लबको गठन गरि विद्यायार्थीहरूलाई उक्त क्लबमा आबद्ध गराइ चौतर्फी व्यक्तित्व विकासमा टेवा पु¥याउँदै आएको छ।
समृद्धिले साउथ एसियन ओपन इन्टरनेशनल कराते च्याम्पियनसिपमा प्रथम स्थान, सोलो डान्स सर्ट स्टोरी र ग्रीटिङ कार्ड प्रतियोगितामा दोस्रो स्थान, अन्तरविद्यालय गु्रप डान्स प्रतियोगितामा तेस्र्रो स्थान हासिल गर्न सफल भएको थियो। समृद्धि फुटसल, बास्केटबल जस्ता खेलहरुको अन्तरविद्यालय प्रतियोगितमा उपाधी जित्न सफल भएको छ। यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु सीए, सफ्टवयर डेप्लपर, बैँकर बन्न सफल भएका छन्।
विद्यार्थीहरुलाई एउटै बास्केटमा नराखि उनीहरुको क्षमता, इच्छा चाहाना अनुरुप निखार्नु समृद्धिको फरक विशेषता हो। विद्यार्थीहरुको समग्र विकासलाई जोड दिदैँ उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने, शिक्षण सिकाइमा जोड दिने, व्यवहारिक शिक्षालाई प्राथमिकता दिएकै कारण समृद्धि विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको विद्यालयका निर्देशक चन्द्रमान महर्जनले जानकारी दिए।