काठमाडौँ- काठमाडौँ बर्नहार्ट माध्यमिक विद्यालय काठमाडौँको बल्खुमा अवस्थित रहेको छ। यस विद्यालयमा विज्ञान, व्यवस्थापन र मानविकी तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयको कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ५ सय ९३ जना, २०८० मा १ हजार ५ सय ६३ जना र २०७९मा १ हजार ५ सय ६ जना विद्यार्थी भर्ना गरेको थियो।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा बर्नहार्टले २०८० सालमा ९२.२५ प्रतिशत, २०७९ सालमा ९३.६ प्रतिशत र २०७८ सालमा ९४.२ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो। यस विद्यालयमा कक्षा ११ र १२ मा ७८ जना शिक्षक र ३२ जना कर्मचारी कार्यरत रहेका छन्। ७ रोपनि क्षेत्रफल भित्र ६ तले सुविधासम्पन्न आफ्नै भवनमा अवस्थित छ।
बर्नहार्टमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवासिय प्रवन्ध, चमेना गृह र यातायात लगायत २१ औँ शताब्दीमा आवश्यक पर्ने सम्पूर्ण सुविधा उपलब्ध रहेको छ। यस विद्यालयका विद्यार्थीहरुले मेडिकल, ईन्जिनियरिङ, सीए लगायत विदेशी विश्वविद्यालयमा पूर्ण छात्रावृतिमा नाम निकाल्न सफल भएका छन्।
भौतिक शैक्षिक पूर्वाधारले सुसम्पन्न बर्नहार्ट स्कुलले बर्नहार्ट कप बास्केटबलमा प्रथम र हाजिरी जवाफ प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको थियो। यस विद्यालयले मोटिभेस्नल स्पिकिङ, शिक्षक तालिम, जनरल स्टडिज, योग शिक्षा लगायतका तालिम सञ्चालन गर्दै आएको छ।
व्यक्तिगत रुपमा विद्यार्थीको हेरचाह गर्नु बर्नहार्टको फरक विशेषता हो। विद्यार्थी मैत्री वातावरण, व्यक्तिगत रुपमा विद्यार्थीको हेरचाह, सुविधा सम्पन्न भवन, उत्कृष्ट नतिजा र विश्वव्यापी शिक्षाको लागि विद्यार्थी तथा अभिभावकले बर्नहार्टलाई रोज्नुपर्ने विद्यालयका प्रार्चाय पुरुषोतम बिष्टले जानकारी दिए।