काठमाडौँ - काठमाडौँको कलंकीमा रहेको लर्निङ रियल्म इन्टरनेशनल (एलआरआई) स्कुलमा विज्ञान, व्यवस्थापन तथा कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयले प्रयोगात्मक र व्यवहारिक शिक्षामा जोड दिदैँ आएको छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १२ को विगत ३ वर्षको परीक्षामा शतप्रतिसत नतिजा ल्याउन सफल एलआरआईमा गतवर्ष कक्षा ११ र १२ मा ४७२ जना विद्यार्थीले अध्ययन गरेका थिए। एलआरआईले कक्षा ११ मा २ सय ३६ जना विद्यार्थीको भर्ना लिने गरेको छ। यहाँ विदेशी विद्यार्थीहरू पनि अध्यनत छन्।
यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या ४० जना रहेको छ। २२ रोपनि क्षेत्रफलमा फैलिएको एलआरआई स्कुलमा १० वटा सुविधासम्पन्न भवन रहेका छन्। एलआरआई स्कुलमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, अत्याधुनिक डिजीटल पुस्तकालय हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको प्रवन्ध रहेको छ।
एलआरआईले क्रिकेट टुर्नामेन्टका १० भन्दा बढी प्रतियोगितामा पुरस्कार प्राप्त गर्नुका साथै विद्यार्थीलाई भाषागत, शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत चित्रकला, मुट कोर्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एलआरआई ट्यालेन्ट हन्ट, बारिस्टा, कुकिङ, बेकरी, प्लम्बिङ, बास्केटबल, फुटबल, फुटसल लगायतका तालिम तथा प्रतियोगिता सञ्चालन गर्दै आएको छ। पछिल्लो समय जेन्जी पुस्ताका विद्यार्थीहरुलाई जीपीए र ग्रेडमा मात्रै केन्द्रित नगरी ग्लोबल एजुकेशन प्रदान गर्नु यस विद्यालयको प्रमुख उदेश्य हो।
यस विद्यालयका विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि विज्ञान, व्यवस्थापन, मेडिकल, ईन्जिनियरिङ लगायतका क्षेत्रमा पूर्ण तथा आंशिक छात्रवृत्तिसहित स्वदेशि तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत छन्। विद्यालयका कुनै पनि विद्यार्थीसँग अर्काे विद्यार्थी तुलना नगर्नु यस विद्यालयको फरक विशेषता हो।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु, विद्यार्थी मैत्री शैक्षिक वातावरणमा अध्यापन गराउनु, प्रत्येक विद्यार्थीलाई शैक्षिक, सामाजिक र व्यक्तित्व विकासको अवसर प्रदान गर्नु यस विद्यालयको विशेषता हो। विद्यार्थीलाई शैक्षिक मार्गदर्शन, उत्प्रेरणासँगै भौतिक सुविधा उपलव्ध गराउँदै आएको विद्यालयका उच्च शिक्षा प्रमुख पुस्करनाथ फुलाराले जानकारी दिए।