काठमाडाैँ- लगनखेल ललितपुर स्थित पिनाकल एकेडेमीमा विज्ञान, व्यस्थापन, मानविकी तथा कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ३ सय ५६ जना, २०८० सालमा १ हजार ४ सय २७ जना र २०७९ मा १ हजार २ सय ८६ जना विद्यार्थी अध्ययन गरेका थिए।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षामा पिनाकलले २०८० सालमा ९८.९१ प्रतिशत, २०७९ मा ९७.२ प्रतिशत र २०७८ सालमा ९७.७ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो। पाँच पटकसम्म राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस कलेजमा विद्यार्थीको आकर्षण बढ्दो छ।
यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या १४० रहेको छ। यस विद्यालय ५ रोपनि क्षेत्रफलमा २ वटा भवनमा अवस्थित छ। पिनाकलमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालय, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात लगायतको सुविधा रहेको छ। पिनाकलले गोल सेटिङ, लिडरसिप, कम्युनिकेशन, फूड सर्भिस, बारटेन्डर, हाउसकिपिङ, ग्राफीक डिजाइन, मुर्ट कोट, डिजिटल मार्केटिङ लगायतका तालिम र प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
पिनाकलले हंकङमा आयोजित एसियन युथ च्याम्पियनमा गोल्ड मेडल प्राप्त गर्नुको साथै अन्तरविद्यालय क्रिकेट, फुटबल जस्ता खेलहरुमा उपाधी जित्न सफल भएको छ। पिनाकलका २९ प्रतिशत विद्यार्थीहरुले चिकित्सा, इन्जिनियरिङ, आईटी लगायतका विषयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्नुका साथै राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्। पिनाकलमा अध्यनरत प्रिन्स दाहालले विश्व जुनियर ब्याड्मिन्टन जित्न सफल भइ ईतिहास रच्न सफल भएको छन्। प्रत्येक वर्ष उत्कृष्ट नतिजा, कक्षा ११ र १२ मा विभिन्न विषयगत रोजगारमुलक तलिम सञ्चालन गर्दै आएको पिनाकललाई रोज्नुपर्ने विद्यालयले जनाएको छ।