काठमाडाैँ - काठमाडौँको कमलादी स्थित युनिग्लोब कलेजमा विज्ञान, व्यवस्थापन र कानुन तर्फका विषय अध्यापन हुन्छ। काठमाडाैँ उपत्यकाकाे केन्द्रमा रहेकाे यस विद्यालयले पढाईको सर्वाेत्कृष्टतासँगै विद्यार्थीको सर्वाङ्गिण विकासमा जोड दिँदै आएको छ। यस विद्यालयको कक्षा ११ र १२ मा २०८१ सालमा २ हजार ७ सय ८६ जना, २०८० मा २ हजार ४ सय ५६ जना र २०७९ मा २ हजार २ सय ४० जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा युनिग्लोबले २०८० सालमा ९८ प्रतिशत, २०७९ सालमा ९७ प्रतिशत र २०७८ सालमा ९७ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो।

नेपालमा विज्ञान, सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको यस माध्यमिक विद्यालयमा विभिन्न क्षेत्रका विज्ञ, अर्थविद र शिक्षाविदहरु कार्यरत छन्। यस विद्यालयमा कक्षा ११ र १२ मा ९८ जना शिक्षक र ४७ जना कर्मचारी कार्यरत छन्। १४ रोपनी क्षेत्रफलमा रहेको यस विद्यालयका ३ वटा सुविधा सम्पन्न भवन छन्।विद्यार्थीका लागि विज्ञान, सूचना प्रविधि प्रयोगशाला, चमेना गृह, प्रविधि मैत्री कक्षाकोठा, यातायात, अत्याधुनिक पुस्तकालयको व्यवस्था रहेको यस विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दो छ।
उपत्यका भित्र सञ्चालित शिक्षणसंस्थामध्ये आफूलाई अब्बल सावित गर्न सफल यस युनिग्लोबले विभिन्न अन्तरविद्यालय प्रतियोगितामा सहभागीता जनाउँदै विभिन्न पदकहरू प्राप्त गर्न सफल भएको छ। विद्यार्थीले ३० भन्दा बढी प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न भएका थिए। युनिग्लोबका विद्यार्थीले ‘कुम्माट २०२४’ र ‘सीम्याट २०२४’ मा प्रथम स्थान हासिल गर्न सफल भएका थिए। सर्वोत्कृष्ट नतिजा र सम्पूर्ण भौतिक शैक्षिक पूर्वाधार उपलब्ध हुनु यस कलेजको विशेषता हो।


गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, विद्यार्थी केन्द्रित शिक्षण विधि, दक्ष तथा अनुभवि शिक्षक र अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको कारण विद्यार्थी र अभिभावकले युनिग्लोबलाई रोज्नुपर्ने यस विद्यालयका प्रधानाध्यापक डा. गणेश रेग्मीले जानकारी दिए।