काठमाडाैँ - ललितपुर स्थित कुमारीपाटीमा रहेको मुनलाइट माध्यमिक विद्यालय (मोलिस)मा विज्ञान, व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ। यस विद्यालयले विद्यार्थीको सुविधा तथा भौतिक पूर्वाधारमा ध्यान दिदैँ आफ्नै परिसरमा बास्केटबल कोर्ट तथा फुटसल निर्माण गरेको छ। विद्यार्थीको संख्यात्मक वृद्धि भन्दा पनि शैक्षिक गुणस्तरमा प्राथमिकता दिने यस विद्यालयले सिमित संख्यामा मात्रै विद्यार्थी भर्ना गर्ने गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८० सालमा ९९ प्रतिशत, २०७९ सालमा ९७.८ प्रतिशत र २०७८ सालमा ९८.६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या ७९ जना रहेको छ। यस विद्यायालयमा विदेशी विद्यार्थी अध्ययनरत छैनन्। ४ रोपनि १ आना क्षेत्रफलमा मोलिसको आफ्नै सुविधासम्पन्न भवन निमार्ण गरिएको छ। मोलिसमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, पुस्कालय, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था रहेको छ।
मोलिसले डिएभी फुटसल कपमा पहिलो स्थान, जेम्स फुटसलमा दोस्रो स्थान, पिइए हाजिरिजवाफ प्रतियोगितामा पहिलो स्थान लगायतका थुप्रै पुरस्कार प्राप्त गर्न सफल भएको थियो।मोलिसले प्रत्येक वर्ष शिक्षक कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम, वर्कशप तालिम र विद्यार्थीलाई नेतृत्व विकास तालिम लगायतका अतिरिक्त क्रियाकलापमा फुटसल, ट्यालेन्ट हन्ट, ब्याडमिन्टन, बास्केटबल लगायतका तालिम सञ्चालन गर्दै आएको छ। यस विद्यालयका विद्यार्थीहरुले नियमित रुपमा राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा पहिलो स्थान साथै आईओएम,आईओई लगायतका प्रतिस्प्रधात्मक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन्।
लामो समयदेखी शिक्षा क्षेत्रमा क्रियाशिल शैक्षिक व्यक्तित्वहरुबाट स्थापित, निरन्तर उत्कृष्ट नतिजा र सहुलियत शुल्कमा पठनपाठन हुनु मोलिसको फरक विशेषता हो। गुणस्तरीय शिक्षा, विद्यार्थी केन्द्रित प्रशासनिक प्रणाली, सुविधायुक्त भौतिक शैक्षिक पूर्वाधार, विद्यार्थी अभिभावकसँग नियमित सम्पर्क र नेतृत्व विकासको प्रशस्त अवसरको कारण विद्यार्थी र अभिभावकले मोलिसलाई रोज्नुपर्ने विद्यालयका उप प्राधानाध्यापक प्रमोद कुमार चौधरीले जानकारी दिए।