काठमाडाैँ - ललितपुर महानगरपालिका वडा नं ५ मा रहेको ओमेगा माध्यामिक विद्यालयमा विज्ञान तथा व्यवस्थापन तर्फका विषय अध्यापन हुन्छ। कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ५ सय ६२ जना, २०८० सालमा १ हजार ४ सय ८९ जना र २०७९ सालमा १ हजार १ सय ७१ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको २०८० सालको परीक्षाको नतिजा अनुसार ९९.४४ प्रतिशत, २०७९ सालको नतिजामा ९९.३४ प्रतिशत र २०७८ सालमा ९८.६२ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएका थिए।

उत्कृष्ट नतिजा र प्रयोगात्मक शिक्षाका कारण ओमेगा विद्यार्थीको आकर्षणको केन्द्रमा पर्ने गरेको छ। यस विद्यालयमा ११७ जना शिक्षक तथा ४८ जना कर्मचारी कार्यरत छन्। ओमेगामा २ जना विदेशी विद्यार्थी अध्ययनरत छन्। १० रोपनि क्षेत्रफलमा फैलिएको यस विद्यालयमा सुविधासम्पन्न अत्याधुनिक प्रयोगशाला हुनुका साथै विद्यार्थीमैत्री वातावरणमा अध्यापन हुन्छ। यसका साथै विद्यालयले विद्यार्थीलाई सहजीकरणको लागि प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह, पुस्तकालय, यातायात लगायतको व्यवस्था गरेको छ।

ओमेगाले १२० भन्दा बढी विद्यालयका गणित र विज्ञान विषय शिक्षकलाई तालिम प्रदान गरेको थियो। यस विद्यालयले शिक्षकहरूलाई प्रश्नपत्र निर्माण र पाठ्यक्रम सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।ओमेगाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा ५० हजार रुपैँया प्राप्त गर्न सफल भएको थियो भने अन्तर विद्यालय फुटसल, बास्केटबल, नृत्य र टेबल टेनिस लगायतका प्रतियोगिताहरुमा विभिन्न पदक जित्न सफल भएको छ।

ओमेगा विद्यालयको विद्यार्थी योङ्गी पौडेल दक्षिण एसिया युथ च्यापेनशिपमा टेबल टेनिस खेलमा नेपालबाट छनोट भएकी थिइन्। यस विद्यालयका विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विभिन्न विश्वविद्यालयमा पूर्ण तथा आंशिक छात्रावृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्।यस विद्यालयले विषयगत भ्रमण, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, जिवनोपयोगी शिक्षा र उत्कृष्ट नतिजा ल्याउन सफल भएको ओमेगा माध्यामिक विद्यालयका प्राचार्य रमेश अधिकारीले जानकारी दिए।

ओमेगा नै किन?

ओमेगामा कुशल व्यवस्थापन तथा विषयगत दक्ष पूर्णकालीन शिक्षक हुनुका साथै शान्त, उत्प्रेरक एवं विद्यार्थीमैत्री वातावरण रहेको छ। ओमेगाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। यसले विद्यालय परिसरमै सुरक्षित एवं स्वस्थ छात्रावासको व्यवस्था गरेको छ। ओमेगा स्कुलमा विषयविज्ञ, पाठ्यपुस्तक लेखक तथा अनुभवी शिक्षक समूहबाट अध्यापन हुनुका साथै विद्यार्थीलाई पारिवारिक वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुन्छ।

उत्कृष्ट नतिजा
शैक्षिक संस्थालाई मापन गर्ने एउटा महत्वपूर्ण कसी नतिजा हो। यसलाई दुई ढंगबाट केलाउन सकिन्छ। वार्षिक परीक्षाको नतिजा र कक्षा १२ पछिको अध्ययनमा विद्यार्थीले मेडिकल, इन्जिनियरिङ, सीए, कृषि विज्ञान आदिमा हासिल गरेको छात्रवृत्ति। यी दुवैमा ओमेगा विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन्।
अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधार
ओमेगामा कक्षा ११ र १२ अध्ययनका लागि आवश्यक भूकम्प प्रतिरोधी भवन, फर्निचर, प्रयोगशाला, उपकरण, खेलमैदान, पुस्तकालय लगायतको व्यवस्था गरिएको छ। विद्यार्थीले प्रयोगशालामा आफूले सिकेका कुरा प्रयोगमा ल्याउन सक्छन्।

अतिरिक्त क्रियाकलापमा जोड
विद्यार्थीलाई विद्यालय शिक्षाका अलावा ओमेगाले खेलकुद, कला साहित्य, संगीत लगायतका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै आएको छ। विद्यार्थीलाई सीप र जिवनसँग जोडेर अध्यापन गराउने यस विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रोत्साहन गर्दै आएको छ।

शिक्षण सिकाइमा नविनतम प्रयोग
ओमेगामा दक्ष तथा अनुभवि शिक्षकहरूबाट गुणस्तरीय शिक्षा दिनुका साथै आवधिक मूल्याङ्कन पनि गरिन्छ। सिकाइका क्रममा कमजोर देखिएका विद्यार्थीहरूलाई पृष्ठपोषण तथा कमजोरी निवारणका लागि उचित परामर्श समेत ओमेगाले प्रदान गर्दै आएको छ।
