काठमाडाैँ - काठमाडौँको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट कक्षा ११ र १२ मा व्यवस्थापन तर्फका विषय अध्यापन हुने काठमाडौँ उपत्यका भित्रकै विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल शिक्षणसंस्था हो। सँगै रहेको ग्लोबल स्कुलमा भने विज्ञान तर्फका विषयमा अध्यापन हुन्छ। यस कलेजले २०८१ सालको कक्षा ११ र १२ मा व्यवस्थापन तर्फको उत्कृष्ट शिक्षणसंस्थाको रुपमा फेयर इन्टरनेशनल एजुकेशन अवार्ड प्राप्त गर्न सफल भएको थियो।
देशकै उत्कृष्ट शिक्षणसंस्थाको रुपमा आफूलाई साबित गरिसकेको यस कलेजमा कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ८ सय १८ जना, २०८० सालमा १ हजार ७ सय ७९ जना र २०७९ मा १ हजार ७ सय ८४ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार यस कलेजले विगत ३ वर्षदेखी शतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएको छ। ग्लोबलमा ९६ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।

१७ रोपनि क्षेत्रफल भित्र सुविधासम्पन्न अत्याधुनिक भवनमा रहेको ग्लोबल कलेजमा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको प्रबन्ध गरिएको छ। ग्लोबलले राष्ट्रिय स्तरको वाइड डिबेट च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। यस विद्यालयले समर फुटसल, बास्केटबल, भलिबल, क्रिकेट, टेबल टेनिस, चेस, ब्याडमिन्टन, रोड रेस जस्ता खेलकुद सम्बन्धी तालिम र प्रतियोगिता आयोजना गर्नुका साथै विद्यार्थीलाई यस्ता प्रतियोगितामा सहभागी हुन प्रोत्साहन गर्दै आएको छ।

त्यस्तै उत्कृष्ट म्यानेजमेन्ट स्कुल कलेज विधामा विभिन्न संघसंस्थाहरूले ग्लोबल कलेज अफ म्यानेजमेन्टलाई उत्कृष्ट कलेजको उपाधि प्रदान गरेका छन्। व्यवस्थापन संकायलाई एउटा छुट्टै भवनमा, छुट्टै कर्मचारी सँयोजक तथा शिक्षकद्वारा अध्यापन गराइने उत्कृष्ट कलेज हो ग्लोबल कलेज अफ म्यानेजमेन्ट। यस कलेजले विद्यार्थीलाई करियर काउन्सिलिङ, फिल्ड भिजिट, रिपोर्ट राइटिङ, डान्स, आर्ट, गायन, कन्टेन्ट राइटिङ, एङ्करिङ, भिडियोग्राफी, फोटोग्राफी लगायतका तालिमहरू सञ्चालन गर्दै आएको छ। शिक्षण र सिकाइलाई प्राथमिकतामा राखी अध्यापन गराइनु यस विद्यालयको विशिष्ट विशेषता रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टका प्रधानाध्यापक अम्बादत्त जोशीले जानकारी दिए।
