काठमाडौँ - नर्दन लाइट एकेडेमी अफ एभियसन एन्ड टेक्नोलोजी (नाट) बाट इन्टरनेशनल डिप्लोमा इन एअर क्याविन क्रु, इन्टरनेशनल डिप्लोमा इन एअरएयरपोर्ट ग्राउन्ड हेन्डलिङ डिप्लोमा तह उत्तीर्ण गरेका एक सय भन्दा बढी विद्यार्थी दीक्षीत भएका छन्। नेपालमा विगत एक दशक भन्दा अघि देखि दक्षजनशक्ती उत्पादन गर्दै आएको नाटले शुक्रबार काठमाडौँ गौशाला स्थित होटल क्रिस्टलमा दीक्षान्त समारोह आयोजना गरेको हो।

दीक्षान्त समारोहमा भारतिय राजदुतावसबाट द्धनेश दुवेदीले विद्यार्थीले उत्कृष्ट पढाइ र नतिजासँगै अन्य क्रियाकलापमा पनि ध्यान दिन जरुरी रहेको बताए। उनले नाटकाे विद्यार्थीहरुलाई प्रदान गरेको अवसरलाई प्राथमिकताको साथ ग्रहण गर्न समेत आग्रह गरे। दीक्षीत भएका विद्यार्थीलाई शुभकामना दिँदै उनले भने, ‘नेपालमा विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा एभियसन उद्योगमा आफ्नो भविष्य बनाउन अवसरहरू प्रसस्त छन्। विद्यार्थीले यस क्षेत्रमा केही गरेर देखाउन मिहनतका साथ अघि बढ्नुपर्छ।
नाट एभियसनका प्रवन्ध निर्देशक शेखर पान्डेले एक सय भन्दा बढी विद्यार्थी दीक्षान्त समारोहमा सहभागिता भएको जानकारी दिदैँ विगत दश वर्षदेखि नाटले दक्ष जनशक्ती उत्पादन गर्न सफल भएको र यहाँका उत्पादनले स्वदेशि तथा विदेशि एभियसन क्षेत्रमा रोजगारीको अवसर पाएको बताए।

अन्तर्राष्ट्रिय बजारमा दक्षजनशक्तीको माग बढ्दै गएको हुँदा एभियसन शिक्षातर्फ विद्यार्थीको आकर्षण पनि दिन प्रतिदिन बढ्दै गहिरहेको अवस्थामा नाटले गुणस्तरीय शैद्धान्तिक र व्यवहारिक शिक्षा प्रदान गरेर यस तर्फका जनशक्ती उत्पादनमा जोड दिएको नाटका प्रवन्ध निर्देशक पाण्डेले बताए। उनका अनुसार हवाई उडानसँग सम्बन्धित सम्पूर्ण विषयको अध्ययन हुने विषयका रुपमा एभियसन शिक्षालाई लिने गरिन्छ।
नाटले एभियसन क्षेत्रमा आवश्यक विमान परिचारिका(एयर होस्टेस), ग्राउन्ड क्रियू (विमानस्थलमा काम गर्ने जनशक्ती), इन्जिनियर, विमानचालक उत्पादन गर्दै आएको छ। यसले अन्तर्राष्ट्रिय सम्बन्धनमा कक्षा सञ्चालन गर्दै आएको छ। यहाँका जनशक्ती स्वदेशी तथा विदेशी उड्ययन सेवा प्रादायक कम्पनिमा काम पाउन सफल भएका छन्।
नाटले दीक्षान्त समारोहमा विद्यार्थीलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र वितरण गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई कदरपत्र प्रदान गरेको छ। नाट बाट एभियसन तर्फका विभिन्न विषयमा ८ सय भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन्। त्यस्तै दीक्षान्त समारोहमा विभिन्न सास्कृतिक नृत्य, गायन पनि प्रस्तुत गरिएको थियो।








