काठमाठाैँ - गुल्मीकाे इस्मा गाउँपालिका - ५ स्थित जिबराज आश्रीत बहुप्राविधिक शिक्षालयमा जियोमेटिक्स इन्जिनियरिङ पढाइ हुने भएकाले सुदूरका विद्यार्थीले भरिएको छ। पहिलाे र तेस्रो सेमेस्टरमा १२ जना विद्यार्थीमध्ये ८ जना बाहिरी जिल्ला कालिकोट, जाजरकोट र बझाङका छन्।
जिल्लाका सम्बन्धित निकायहरुलाई यो विषयको महत्त्व र आवश्यकता बुझाउन शिक्षालयले चुनौति दिएकाे छ। शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले अमिन भनेर बुझ्ने समुदायलाई त्यहि विषयको स्नातक तहको जियोमेटिक्स इन्जिनियरिङ कार्यक्रम हो भनेर प्रयाप्त रुपमा बुझाउन नसकिएको स्वीकार गरे। देशभर आवश्यक पर्ने जियोमेटिक्स इन्जिनियरिङ विषय सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव छ। तर आफुहरुले प्रयाप्त उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन गरी पठनपाठन नियमित गरिएको पाण्डेले दावी गरे।
डिप्लोमा तहको ३ वर्षे जियोमेटिक्स अध्ययन गरेपछि अमिन र सर्भेक्षक पदमा काम गर्न पाउने तथा उच्च शिक्षा अध्ययन गर्न समेत सहज हुने गर्दछ। देशका धेरै ठाउँमा यो विषय अध्ययन गरेकाहरुको उच्च माग रहेको छ। भने अध्ययनपछि आफैँले जग्गाको नापजाँच लगायत सर्भे गरेर स्वरोजगार समेत हुन सकिने शिक्षालयका तालिम शाखा प्रमुख राजेन्द्र ढकालले बताए। निजी कलेजहरुमा तीन वर्ष डिप्लोमा कोर्ष अध्ययन गर्दा करिव चार लाख रुपियाँ लाग्ने भए पनि आफुहरुको सरकारी भएका कारण ५७ हजार ४०० रुपैयाँमा मात्रै शिक्षालयले जनाएको छ।
गत वर्षदेखि इस्मा गाउँपालिकाले देशभरबाट अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि निःशुल्क अध्ययनको व्यवस्था गरेको छ। इस्मा गाउँपालिकाका शिक्षालयको दिगोपन र विद्यार्थीहरुलाई प्राविधिक शिक्षा तर्फ आकर्षित गर्न छात्रवृतिको प्रदान गर्दै आएको इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताइन्। गतवर्ष गाउँपालिकाको छात्रवृत्तिमा ११ जना जनाले अध्ययन गरिरहेका छन्। छात्रवृतिकै कारण अहिले १४ जना भर्ना भइसकेकाले आफुहरुलाई पनि उर्जा प्राप्त भएको उपप्रमुख कुँवरले बताइन्। उनले भनिनहश, 'विद्यार्थी नहुँदा शिक्षालय मर्ज गर अन्त्यै लैजानेसम्मको चर्चा चल्यो। त्यसैले निःशुल्क छात्रवृतिको निर्णय गरेर गत वर्ष र अहिले कार्यान्वय भइरहेको छ।'
शिक्षालयमा प्रयाप्त प्रयोगशाला, भौतिक रुपमा पूर्णता, सुविधासहितको कक्षाकोठा लगायत आवसिय व्यवस्था हुनुपर्ने हो। तर, कुनै पनि बिषय नमिल्ने स्थानमा शिक्षालय स्थापना भएको छ। शिक्षालय स्थापना भएको ६ वर्षमा गुल्मीसहित हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट, सुर्खेत, रुकुम, बझाङ, बाजुरालगायतका ठाउँबाट आएका विद्यार्थीले कष्टपूर्ण रुपमै अध्ययन सकेका छन्।