काठमाडौँ - गुणस्तरीय इञ्जिनियरिङ शिक्षा प्रदान गरि देशको विकासमा महत्वपूर्ण योगदान दिने दक्ष इञ्जिनियर उत्पादन गर्ने लक्ष्यका साथ हिमालय कलेज अफ इञ्जिनियरिङ कलेज अघि बढिरहेको छ। यस कलेज त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त गरि सन् २००० मा स्थापना भएको इञ्जिनियरिङ शिक्षा प्रदान गर्ने नेपालकै अग्रडी संस्था हो।
हाल कलेजले कम्प्युटर इञ्जिनियरिङ, इलेक्ट्रोनिक्स तथा कम्युनिकेशन इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ, आर्किटेक्चर तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गत कम्प्युटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजीका स्नातक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। शैक्षिक क्षेत्रमा लामो समयदेखि आबद्ध प्राज्ञिक टिमद्वारा संचालित यस कलेज ललितपुरको च्यासलमा अवस्थित रहेको छ। कलेज रहेको स्थान सबै दिशाबाट सहज र पहुँचयोग्य रहेको छ।

कुल १९.५ रोपनी क्षेत्रफलमा फैलिएको यस कलेजमा सात तल्ले मुख्य भवन र पाँचवटा प्रयोगशाला भवनहरू रहेका छन्। कलेजले इञ्जिनियरिङ संस्थान (IOE) ले तोकेको शैक्षिक र प्रशासनिक मापदण्डहरू कडाइका साथ पालना गरेको छ।
पठनपाठन प्रक्रियालाई अझ प्रभावकारी बनाउन कलेजले नियमित रूपमा सेमिनार, कार्यशाला, तालिम जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ।साथै, स्थलगत भ्रमण, परियोजना कार्य र व्यावहारिक अभ्यासहरू मार्फत विद्यार्थीहरूको अनुभवलाई सशक्त बनाउने प्रयास पनि गर्दे आएको छ।
कलेजले प्रत्येक वर्ष अन्तरकलेज र अन्तरविद्यार्थी खेलकुद प्रतियोगिताहरू आयोजना गर्दे आएको छ। २०६५मा काठमाडौंमा आयोजित अन्तर इञ्जिनियरिङ कलेज प्रतियोगितामा कलेजको रोबोटिक्स टिमले ग्रान्ड प्रिक्स उपादी जित्न सफल भएको थियो। साथै कलेजका विद्यार्थीहरूले भारतको मुम्बइमा सन् २०११ र २०१३ मा आयोजित टेक फेस्टमा पनि सहभागिता जनाएका थियो।

यस कलेजको रोबोटिक्स क्लबले नेपालभित्र हुने विभिन्न प्रतियोगिताहरूमा सक्रिय सहभागिता जनाउँदै विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउँदै आएको छ।कलेजबाट स्नातक भएका इञ्जिनियरहरू कम्प्युटर, इलेक्ट्रोनिक्स तथा कम्युनिकेशन, सिभिल इञ्जिनियरिङ र वास्तुकलाको क्षेत्रमा दक्षता देखाउँदै आएको कलेजका प्रिन्सिपल डा.रविन्द्र राज गिरी बताउँछन्।
यस कलेजका विद्यार्थीहरूले IOE को सेमेस्टर परीक्षाहरूमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका छन्।

