काठमाडौँ - काठमाडौँको पुतलिसडक स्थित हिमालयन ह्वाईटहाउस ईन्टरनेशनल कलेज सन् २००१ मा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो। यो कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा विगत २२ बर्षदेखि अविछिन्न रुपमा सञ्चालित नेपालको एक उत्कृष्ट कलेज हो।
हिमालयन ह्वाईटहाउसमा स्नातक तह अन्तर्गत ईन्जिनियरिङ तर्फ सिभिल ईन्जिनियरिङ, कम्प्यूटर ईन्जिनियरिङ, बायोटेक्नोलोजी, ईलोक्ट्रोनिक्स ईन्जिनियरिङ र व्यवस्थापन तथा आईटी अन्तर्गतका बीआईटी, बीएचएम, बीबीए लगायतका विषय अध्यापन हुन्छ। हिमालयन ह्वाईटहाउस स्कु्ल अफ ल ले कानुन संकायतर्फ बीएएलएलबी विषय अध्ययनको सुरुवात गरेको छ।
यस कलेजले काठमाडौँ महानगरसँगको सहकार्यमा शिक्षक कर्मचारीका लागि सीप विकास तालिम र विद्यार्थीहरूका लागि सिपमुलक तथा व्यवसायिक तालिम सञ्चालन गर्दै आएको छ। ह्वाईटहाउसमा अध्ययन गरेका विद्यार्थीहरूले प्रतिष्ठित अन्तर्राष्ट्रिय निजी विद्यालयहरूमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृति प्राप्त गरेका छन्। नेपालमा निजि क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यार्थीको समग्र विकासमा जोड दिदैँ आएको यस संस्थाको नविनतम शैक्षिक प्रणाली, सुविधासम्पन्न भैतिक शैक्षिक पूर्वाधार, सरकारी तथा गैरसरकारी निजी संस्थाहरूमा इन्टर्नसिपको अवसर, सहुलियत शूल्कमा अध्यापन, कुशल व्यस्थापन र प्राईम लोकेसनको कारण ह्वाईटहाउस विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।

हिमालयन ह्वाईटहाउस कलेज नै किन?
कुशल व्यवस्थापन तथा विषयगत दक्ष पूर्णकालीन शिक्षक हुनुका साथै शान्त, उत्प्रेरक एवमं विद्यार्थीमैत्री वातावरण भएकाले यस कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। यस कलेजले इन्जिनियरीङ, आईटी र व्यवस्थापन संकायतर्फ सपना बोकेका इमान्दार, जेहेन्दार विद्यार्थी जसको आर्थिक अवस्था कमजोर रहेको छ भने उनीहरूलाई छात्रवृत्तिको व्यवस्था गरेको छ। त्यसकारण काठमाडौँमा मध्यम आर्थिक अवस्था भएका विद्यार्थीहरूका लागि उत्कृष्ट अध्ययन केन्द्र बन्न सफल भएको छ।
यस कलेजमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रित विद्यार्थीमैत्री वातावरणमा व्यावहारिक, प्रयोगात्मक र जीवन उपयोगी शिक्षा प्राप्त हुन्छ। विद्यार्थीहरूलाई राष्ट्रिय र विश्वव्यापी बजारको उच्च गुणस्तरीय शिक्षा प्रदान गर्नु यस कलेजको मुख्य विशेषता हो।यस कलेजमा ईन्जिनियरिङ विषय अध्ययनको लागी विद्यार्थीहरुले मान्यता प्राप्त शैक्षिक संस्थाबाट भौतिक विज्ञान, रसायन विज्ञान र गणितमा न्यूनतम ’सी’ ग्रेड ल्याइ कक्षा १२ वा सो सरह (भौतिक विज्ञान, रसायन विज्ञान र गणित) मा न्यूनतम ४५ प्रतिशत र समग्रमा २ जीपीए प्राप्त गरेको हुनुपर्छ।

अतिरिक्त क्रियाकलापमा जोड
हिमालयन ह्वाईटहाउस कलेजले विद्यार्थीलाई पढाइका अलावा पनि खेलकुद, कला साहित्य लगायत कम्प्युटर, बुट क्याम्प, अन्तरक्रिया, साइबर सेक्युरिटि जस्ता थुप्रै तालिमहरू प्रदान गर्दैै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै आएको छ।

अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधार
हिमालयन ह्वाईटहाउस कलेजमा स्वस्थ र स्वच्छ वातावरण, सुसज्जित डिजिटल कक्षाकोठा, खेलकुदका लागि आवश्यक पूर्वाधार, पुस्तकालय, कम्प्युटर ल्याब जस्ता थुप्रै अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। विद्यार्थीहरूको प्रतिभा विकास गर्ने उद्देश्यले यस कलेजले विद्यार्थीको अतिरिक्त क्रियाकलाप केन्द्रित क्लबको गठन गरेको छ।
छात्रवृत्तिको व्यवस्था
हिमालयन ह्वाईटहाउस कलेजले इन्जिनियरिङ, आईटी र व्यवस्थापन शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार, आर्थिक रुपमा विपन्न, विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ। यस कलेजले विद्यार्थीको क्षमता, आन्तरिक परीक्षामा ल्याएको नतिजाको आधारमा पनि विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँछ। यस कलेजले विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति सहित कुल विद्यार्थीहरूको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दछ। जसमध्ये ५० प्रतिशत योग्यताको आधारमा र ५० प्रतिशत आरक्षण कोटा अनुसार निर्धारण गरेको छ।
स्नातक तहमा अध्यापन हुने विषयहरु
सिभिल ईन्जिनियरिङ
सिभिल इन्जिनियरिङ सबैभन्दा पुरानो र फराकिलो विषय हो। हिमालयन ह्वाईटहाउसले सिभिल ईन्जिनियरिङ विषय विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गर्दै सिफ्ट अनुसार पढाउने गरेको छ। यस विषय अध्ययनको लागि हिमालयन ह्वाईटहाउसमा १४४ सिट छ।
हिमालयन ह्वाईटहाउसले विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति सहित कक्षा १२ मा प्राप्त गरेको नतिजा अनुसार जम्मा शुल्कको ५० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्दछ।

कम्प्यूटर ईन्जिनियरिङ
पछिल्लो समय कम्प्युटर इन्जिनियरिङ एक गतिशील र तीव्र गतिमा विकास भइरहेको विषय हो। गतिशील बजारलाई मध्यनजर गर्दै हिमालयन ह्वाईटहाउसले लामो समयदेखी स्नातक तहमा कम्प्युटर इन्जिनियरिङ विषय अध्ययन गराउँदै आएको छ। यस विषय अध्ययनको लागि हिमालयन ह्वाईटहाउसमा ४८ सिट निर्धारण गरिएको छ।

ब्याचलर अफ होटल म्योनेजमेन्ट (बीएचएम)
हिमालयन ह्वाईटहाउसमा लामो समयदेखी व्यवस्थापन तर्फको होटल म्यानेजमेन्ट पठनपाठन हुदैँ आएको छ। यस कलेजले होटल म्यानेजमेन्ट तर्फ विद्यार्थी भर्नाको लागी लिखित रुपमा प्रवेश परीक्षा र अन्तर्वार्ता लिने गरेको छ। हिमालयन ह्वाईटहाउसमा होटल म्यानेजमेन्ट अध्ययनको लागी +२ मा प्रत्येक विषयमा न्यूनतम जीपीए २ हुनुपर्दछ।
ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए)
विश्वव्यापीकृत संसारमा व्यवसायहरू बीचको प्रतिस्पर्धालाई मध्यनजर गर्दे हिमालयन ह्वाईटहाउसले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन विषयको सुरुवात गरेको हो। बीबीए ४ वर्षे ८ सेमेस्टरमा विभाजित कोर्स हो जसले विद्यार्थीहरूलाई व्यवसाय क्षेत्रको वास्तविक संसारसँग जोड्न समर्थन गर्दछ। हिमालयन ह्वाईटहाउसमा बीबीए अध्ययनको लागी +२ मा प्रत्येक विषयमा न्यूनतम जीपीए २ हुनुपर्दछ।

बायोटेक्नोलोजी
हिमालयन ह्वाईटहाउसले शैक्षिक उत्कृष्टता, अत्याधुनिक प्रयोगशाला पूर्वाधार र व्यापक पाठ्यक्रम सहित बलियो जगमा यस विषयबारे अध्यापन गराउदैँ आएको छ। हिमालयन ह्वाईटहाउसमा बायोटेक्नोलोजी विषय अध्ययनको लागि कुनै पनि विद्यार्थीले मान्यता प्राप्त शैक्षिक संस्थाबाट न्यूनतम ४५ प्रतिशत वा समग्रमा २ जीपीए र कक्षा १२ मा विज्ञान (भौतिक विज्ञान, रसायन विज्ञान जीव विज्ञान र अंग्रेजी सहित) विषय अध्ययन गरेको हुनुपर्दछ। हिमालयन ह्वाईटहाउसमा बायोटेक्नोलोजी विषयमा कुल सिट संख्या ४८ निर्धारण गरिएको छ। यस विषय अध्ययनको लागी कलेजले मेरिटबाट २ जना र आरक्षणबाट ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दछ।

हिमालयन ह्वाईटहाउस ईन्टरनेशनल कलेज
