काठमाडाैँ - इन्जिनियरिङ शिक्षा तर्फ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नेशनल कलेज अफ इन्जिनियरिङ (एनसीइ) २५औँ वर्षमा प्रवेश गरिसकेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर विसं २०५८ मा स्थापित यस कलेज ललितपुुरको ताल्चिखेलमा अवस्थित रहेको छ। रिङ रोडबाट नजिकै शान्त वातावरणमा अनुभवी र दक्ष शिक्षक समूहद्वारा अध्यापन हुने यस कलेजले नयाँ पाठ्यक्रममा आधारित भएर उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।
यस कलेजमा सिभिल इन्जिनियरिङ तर्फ ९६, इलेक्ट्रिकल ईन्जिनियरिङ तर्फ ४८, कम्प्युटर इन्जिनियरिङ तर्फ ४८, इलेक्ट्रोनिक्स कम्युनिकेसन एण्ड इन्फरमेसन इन्जिनियरिङ तर्फ ४८ सिटमा विद्यार्थी भर्ना लिने गरेको छ।यस कलेजमा साढे आठ रोपनि क्षेत्रफल भित्र आफ्नै जग्गामा निर्माण गरिएको यथेष्ठ मात्रमा पूर्वाधार भएको सुविधासम्पन्न भवन भित्र कक्षा सञ्चालन हुँदै आएको छ। भौतिक तथा शैक्षिक पूर्वाधारले सुसम्पन्न यस कलेज शिक्षा क्षेत्रमा सक्रिय विज्ञहरूद्वारा सञ्चालित नेपालकै शहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने इन्जिनियरिङ कलेज हो।


यस कलेजले रचनात्मक र व्यावसायिक शिक्षालाई जोड दिँदै आएको छ। कलेजले विद्यार्थीहरुमा इन्जिनियरिङ क्षेत्रको ज्ञान र क्षमतालाई सुसज्जित गर्दै दक्ष जनशक्ती उत्पादन गर्दे आएको छ। यस कलेजले प्रत्येक विद्यार्थीलाई आठौँ सेमेस्टर पछि आवश्यकता अनुसार इन्टर्नसीपको व्यवस्था गरेको छ। यसले विद्यार्थीहरुमा व्यवहारिक ज्ञानको सुनिश्चितता प्रदान गर्छ।यस कलेजले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विद्यार्थी क्लब र बुट क्याम्प, कार्यशाला, सेमिनार, परियोजना प्रदर्शन र प्रतियोगिताहरू आयोजना गर्ने गरेको छ। यस कलेजमा कम्प्यूटर ल्याब, हाईड्रोपावर ल्याब, यूनिभर्सल टेस्टिङ ल्याब, ईलोक्ट्रोनिक्स ल्याब, सेमिनार हल लगायतका भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्।

एनसीईले शिक्षक र विद्यार्थीको अनुसन्धानकार्यका लागि अनुदान उपलब्ध गराउँदै आएको छ। यस कलेजले जटिल र प्रतिस्पर्धात्मक विश्व बजारसँग प्रतिस्पर्दा गर्न सक्ने सक्षम र कुशल इन्जिनियरहरू उत्पादन गर्दै आएको छ। यस कलेजमा अध्यनरत विद्यार्थीहरुले नेपालका सरकारी तथा गैरसरकारी संस्थामा सशक्त प्रभाव जमाउँदै आएका छन् भने अन्तर्राष्ट्रिय रोजगार बजारमा पनि आफ्नो राम्रो प्रभाव छोड्न सफल भएका छन्।यस कलेजमा अध्ययन पश्चात विदेश गएकाहरुले पनि ईन्जिनियरिङ पेसामा उत्कृष्ट अवसर पाउन सफल भएका छन्।

यस कलेजले विद्यार्थीहरुको क्षमता, योग्यता र आर्थिक स्थिति अनुसार प्रत्येक वर्ष विशेष छुट प्रदान गर्ने गरेको छ। विश्वको कडा प्रतिस्पर्धात्मक बजारमा व्यावसायिक स्वार्थ भन्दा ईन्जिनियरिङ शिक्षा क्षेत्रको विस्तार र सेवालाई प्राथमिकता दिदैँ आएका कारण यस कलेज इन्जिनियरिङ शिक्षा आर्जन गर्न चाहने विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
