काठमाडाैँ - इन्जिनियरिङ, व्यवस्थापन र आईटी तर्फका दक्ष जनशक्ति उत्पादन गर्न सफल शिक्षण संस्था हाे 'काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट'। बालकुमारी ललितपुरमा अवस्थित यस कलेज सन् २००३ मा स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा इन्जिनियरिङतर्फ सिभिल, कम्प्यूटर र इलोक्ट्रोनिक्स कम्यूनिकेशन एण्ड इन्फरमेसन इन्जिनियरिङ, आईटीतर्फ बीसीए, बीएससी सीएसआइटी र व्यवस्थापन संकायतर्फ बीबीएम र बीबीए विषय अध्यापन हुन्छ।
यस कलेजमा इन्जिनियरिङ तर्फ सिभिल इन्जिनियरिङमा ९६, कम्प्युटर इन्जिनियरिङमा ४८, इलोक्ट्रोनिक्स कम्यूनिकेशन एण्ड इन्फररमेसन इन्जिनियरिङमा ४८ सिट छ। भौतिक शैक्षिक पूर्वाधारले सुसम्पन्न यस कलेज शिक्षा क्षेत्रमा सक्रिय विज्ञहरूद्वारा सञ्चालित शहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज हो। यस कलेजले रचनात्मक र व्यावसायिक शिक्षालाई विशेष जोड दिँदै आएको छ। यस कलेजले इन्जिनियरिङ, आईटी र व्यवस्थापन क्षेत्रको ज्ञान र क्षमतालाई सुसज्जित गर्दै दक्ष जनशक्ती उत्पादन गर्दे आएको छ। यसले विद्यार्थीहरुमा व्यवहारिक ज्ञानको सुनिश्चितता प्रदान गर्छ।

यस कलेजमा अध्यनरत पूर्व विद्यार्थीहरुले नेपालका सरकारी तथा गैरसरकारी र अन्तर्राष्ट्रिय स्तरमा समेत रोजगारीकाे अवसर प्राप्त गर्न सफल भएका छन्। यस कलेजमा अध्ययन पश्चात विदेश गएकाहरुले पनि ईन्जिनियरिङ र आईटी पेसामा उत्कृष्ट अवसर पाउन सफल भएका छन्। यस कलेजले विद्यार्थीहरुको क्षमता, योग्यता र आर्थिक स्थिति अनुसार प्रत्येक वर्ष विशेष छुट प्रदान गर्ने गरेको छ।
काठफोर्ड इन्टरनेशनल कलेज नै किन ?
काठफोर्डमा विषयगत दक्ष पूर्णकालीन शिक्षक हुनुका साथै शान्त, उत्प्रेरक एवं विद्यार्थीमैत्री वातावरण भएकाले यस कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। यस कलेजले उज्वल भविष्य बनाउने सपना बोकेका इमान्दार, जेहेन्दार विद्यार्थी जसको आर्थिक अवस्था कमजोर रहेको छ भने उनीहरूलाई छात्रावृत्तिको व्यवस्था गरेको छ। साथै यस कलेजले प्रत्येक विद्यार्थीलाई अध्यन पश्चात् आवश्यकता अनुसार अनिवार्य इन्टर्नसीपको व्यवस्था गर्ने गरेको छ।

यस कलेजमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रित विद्यार्थीमैत्री वातावरणमा व्यावहारिक, प्रयोगात्मक र जीवन उपयोगी शिक्षा प्राप्त हुन्छ। काठफोर्ड कलेजको मुख्य उद्देश्य विद्यार्थीहरूसँग सामेल हुदैँ प्रत्येक व्यक्तिको मर्यादालाई सम्मान गर्दैँ विद्यार्थीहरूको पृष्ठभूमि र लक्ष्यहरूलाई मूल्यवान बनाउने र विद्यार्थीहरूलाई राष्ट्रिय साथै विश्वव्यापी बजारको उच्च गुणस्तर शिक्षा प्रदान गर्नु हो।

अतिरिक्त क्रियाकलापमा जोड
काठफोर्ड कलेजले विद्यार्थीलाई पढाइका अलावा खेलकुद, कला साहित्य लगायत मेन्टरसिप, बुट क्याम्प, अन्तरक्रिया, साइबर सेक्युरिटि लगायतका थुप्रै तालिमहरू प्रदान गर्दै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै आएको छ। विद्यार्थीहरूको प्रतिभा विकास गर्ने उद्देश्यले यस कलेजले विद्यार्थीको अतिरिक्त क्रियाकलाप केन्द्रित क्लबको गठन गरेको छ।

अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधार
काठफोर्ड कलेजमा स्वस्थ र स्वच्छ वातावरण, सुसज्जित डिजिटल कक्षाकोठा, खेलकुदका लागि आवश्यक पूर्वाधार, पुस्तकालय, कम्प्युटर ल्याब जस्ता थुप्रै अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। यस कलेजमा पछिल्लो समय विश्व बजारमा उच्च शिक्षा अध्ययनको लागि आवश्यक पर्ने सम्पूर्ण विषयगत पूर्वाधारहरु उपलब्ध छन्।

छात्रवृत्तिको व्यवस्था
यस कलेजले विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्तिको आधारमा जेहेन्दार, आर्थिक रुपमा विपन्न, विद्यार्थीलाई छात्रावृति प्रदान गर्ने गरेको छ। काठफोर्ड कलेजले मेरिट, शैक्षिक योग्यता र उत्कृष्ट नतिजाको आधारमा र विशेष गरि छात्रा विद्यार्थीहरुलाई विशेष छात्रावृतिको व्यवस्था गरेको छ।