काठमाडौँ– दक्ष र अनुभवि प्राध्यापकहरूको समुहले २७ वर्ष अघि काठमाडौँको कालीमाटीमा स्थापना गरेर सञ्चालनमा ल्याएको काठमाडौँ ईन्जिनियरिङ कलेज (केईसी) ले इन्जिनियरिङ शिक्षा तर्फ निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी शिक्षणसंस्था मध्ये आफूलाई अग्रपक्तीमा उभ्यान सफल यस कलेज विद्यार्थीको पहिलो रोजाइको शिक्षणसंस्था हो। यसले उत्कृष्ट इन्जिनियरिङ कलेजको विधामा नेपालकै सबोत्कृष्ट इन्जिनियरिङ कलेजको अवार्ड प्राप्त गर्न सफल भएको छ।

नेपालको पहिलो आईएसओ प्रमाणित निजी इन्जिनियरिङ कलेज जसले गुणस्तरिय इन्जिनियरिङ शिक्षा प्रदान गर्दे आम अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको छ।
वि.सं २०५५ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त केईसीमा ईन्जिनियरिङ विषयतर्फ आर्किटेक्चर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड ईन्फरमेसन इन्जिनियरिङ विषय अध्यापन हुन्छ।
यस कलेजले आर्किटेक्चर इन्जिनियरिङतर्फ ४८, सिभिल इन्जिनियरिङ तर्फ ९६, कम्प्युटर इन्जिनियरिङतर्फ ९६, इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ४८ र कम्युनिकेसन एण्ड ईन्फरमेसन इन्जिनियरिङतर्फ ९६ जना विद्यार्थी भर्ना लिने गरेको छ। १५ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न भवनमा सञ्चालित यस कलेज पछिल्लो समय गुणस्तरीय इन्जिनियरिङ शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुको पहिलो रोजाइमा पर्ने गरेको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन कलेजहरूमध्ये सबैभन्दा बढी उत्तीर्ण प्रतिशत हासिल गर्न सफल यस कलेजको उद्देश्य प्रविधिको विविधतामा विशेष जोड दिँदै उत्कृष्ट शिक्षण र सिकाइ वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्नु हो।
केईसीले ‘ऐसियन पेन्ट्स आर्किटेक्चर स्टुडेन्ट अवार्ड डिजाइन प्रतियोगिता’, बर्जर र स्पेसेस इन्टेरियर डिजाइन एक्सेलेन्स अवार्ड, हल्ट पुरस्कार, ‘लीपफ्रोग ह्याकाथन’, ‘इटोनिक्स हाकाथोन’, बेस्ट आइडिया अवार्ड, टेक बिहानी सफ्टवेयर विकास, विद्यार्थी डिजाइन प्रतियोगिता जस्ता थुपै उल्लेखित पुरस्कारहरु प्राप्त गर्न सफल भएको छ।
काठमाडौँ इन्जिनियरिङ कलेज नै किन ?
इन्जिनियरिङ क्षेत्रका कुशल व्यवस्थापन तथा विषयगत दक्ष पूर्णकालीन शिक्षक हुनुका साथै शान्त, उत्प्रेरक एवं विद्यार्थीमैत्री वातावरण भएकाले यस कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। यस कलेजले इन्जिनियर बन्ने सपना बोकेका इमान्दार, जेहेन्दार विद्यार्थी जसको आर्थिक अवस्था कमजोर रहेको छ भने उनीहरूलाई छात्रावृत्तिको व्यवस्था समेत गरेको छ।
यस कलेजले लामो समयदेखी विद्यार्थी तथा अभिभावकलाई सहुलियत शुल्कमा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको छ। यस कलेजमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रित विद्यार्थीमैत्री वातावरणमा व्यावहारिक, प्रयोगात्मक र जीवन उपयोगी शिक्षा प्रदान गर्छ। यस कलेजले विद्यार्थीहरूको लागि ईर्न्टनसिप वा जब प्लेसमेन्टको पनि व्यवस्था गर्दै आएको छ।

अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधार
स्वस्थ र स्वच्छ वातावरण, सुसज्जित डिजिटल कक्षाकोठा, ४ बहुउद्देश्यीय हल, खेलकुदका लागि आवश्यक पूर्वाधार, ५ हजार भन्दा धेरै पुस्तक रहेको पुस्तकालय, कम्प्युटर ल्याब, छात्रावास, पर्याप्त पार्किङ जस्ता थुप्रै अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। विद्यार्थीका लगि आवश्यक पूर्वाधारले भरिपूर्ण यस कलेजले प्रविधिमैत्री कक्षाकोठामा अध्यापन गराउँदै आएको छ।
छात्रवृत्तिको व्यवस्था
काठमाडौँ ईन्जिनियरिङ कलेजले इन्जिनियरिङ शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार, आर्थिक रुपमा विपन्न, विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ। यस कलेजले विद्यार्थीको क्षमता, आन्तरिक परीक्षामा ल्याएको नतिजाको आधारमा पनि विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँछ। केईसीलेले पढाइका अलावा अन्य क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल विद्यार्थीलाई पनि प्रोत्साहन स्वरुप छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।
अतिरिक्त क्रियाकलापमा जोड
केईसीले विद्यार्थीलाई पढाइका अलावा पनि खेलकुद, गायन, कला साहित्य लगायत कम्प्युटर, बुट क्याम्प, अन्तरक्रिया, साइबर सेक्युरिटी जस्ता थुप्रै तालिमहरू प्रदान गर्दै आएको छ। विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै नविनत अन्वेषण र अनुसन्धानका क्रियाकलापमा जोड दिने गरेको छ।

काठमाडौँ ईन्जिनियरिङ कलेजमा स्नातक तहमा इन्जिनियरिङ तर्फ अध्यापन हुने विषयहरु ं:
आर्किटेक्चर इन्जिनियरिङ
नेपालमा आर्किटेक्चर इन्जिनियरिङ अध्ययन हुने कलेजहरु मध्य विद्यार्थीको रोजाईमा केइसी पर्ने गरेको छ। केइसीमा आर्किटेक्चर इन्जिनियरिङतर्फ ४८ सिट रहेको छ। यस विषय अध्ययनको लागि यस कलेजमा दक्ष र अनुभवि शिक्षकहरु कार्यरत छन्। केइसीले आर्किटेक्चर इन्जिनियरिङतर्फका शतप्रतिशत विद्यार्थीहरुलाई अध्ययन पश्चात् जागीरको व्यवस्था गरेको छ।
सिभिल इन्जिनियरिङ
सिभिल इन्जिनियरिङ विषय कल्पनालाई वास्तविक जीवनमा प्रयोग गर्न योग्य बनाउने विषय हो। केइसीमा सिभिल इन्जिनियरिङतर्फ ९६ सिट रहेको छ। सिभिल इन्जिनियरिङ स्नातक तहको चार बर्षे ८ वटा सेमेस्टरमा अध्यापन हुने विषय हो। यस कलेजले सिभिल इन्जिनियरिङ तर्फका विद्यार्थीहरुलाई जलविद्युत क्षेत्र, सिँचाइ क्षेत्र, यातायात क्षेत्र लगायतका विभिन्न विषयगत क्षेत्रहरुमा स्थलगत भ्रमणको व्यवस्था गरेको छ।
कम्प्युटर इन्जिनियरिङ
केइसीमा विगत १० बर्ष देखी कम्प्युटर इन्जिनियरिङ विषय अध्यापन हुदैँ आएको छ। केइसीमा कम्प्युटर इन्जिनियरिङतर्फ ९६ सिट छ। यस कलेजले कम्प्युटर इन्जिनियरिङमा विद्यार्थी भर्ना गर्र्दा प्रवेश परीक्षा अनिवार्य लिने गरेको छ।
इलेक्ट्रिकल इन्जिनियरिङ
विद्युत प्रणाली, नवीकरणीय ऊर्जा प्रविधि र औद्योगिक क्षेत्रमा काम गर्ने इन्जिनियरहरूको बढ्दो मागलाई पूरा गर्न केइसीले इलेक्ट्रिकल इन्जिनियरिङ विषयको अध्यापन सुरु गरेको हो। केइसीमा इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ४८ सिट रहेको छ। यस कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङ विषय अध्ययनको लागि आवश्यक पर्ने रोबोटिक्स क्लब, प्रयोगशाला लगायत सम्पुर्ण पूर्वाधारहरु उपलब्ध छ।
कम्युनिकेसन एण्ड ईन्फरमेसन इन्जिनियरिङ
यो विषय मानव जीवनलाई मौलिक रूपमा परिवर्तन गर्ने विषय हो। यस विषयले रेडियो, टेलिभिजन, ट्रान्जिस्टर, रोबोटिक्स, अपरेटिङ सिस्टम, कम्प्युटर नेटवर्क, आर्टिफिसियल इन्टेलिजेन्स सहित विभिन्न विषयहरूलाई समेट्छ। केइसीले कम्युनिकेसन एण्ड ईन्फरमेसन इन्जिनियरिङतर्फ ९६ सिट सहित यस विषयलाई केन्द्रमा राखेर अध्यापन गराउदैँ आएको छ।