काठमाडाैँ - पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ललितपुरको ग्वार्काे चोकमा रहेको क्वेष्ट इन्टरनेशनल कलेज सन् २००९ सालमा स्थापना भएको हो। क्वेष्ट कलेज विश्वविद्यालय शिक्षामा व्यवस्थापन र सूचना प्रविधि तर्फका विषय अध्यापन हुने विद्यार्थीको रोजाइमा पर्न सफल शिक्षणसंस्था हो।
यस कलेजमा व्यवस्थापन संकायतर्फ ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर इन होटल व्यवस्थापन (बीएचएम) र ब्याचलर अफ कम्प्युटर सिस्टम एण्ड इन्फरमेसन टेक्नोलोजोजी (बीसीएसआइटी) विषय अध्यापन हुन्छ। यस कलेज आइएसओ सर्टिफाइड हुनुका साथै नेपालको विश्वविद्यालय अनुदान आयोग (युजीसी) बाट कयूएए सर्टिफाइड कलेज हो।
विद्यार्थी केन्द्रित सुविधा प्रदान गर्दै आएको क्वेष्टले बीएचएम (होटल म्यानेजमेन्ट) विषय अध्ययनको लागि नेपालको दोस्रो उत्कृष्ट कलेज र बेस्ट कलेज फर हस्पिटालिटी एण्ड बिजनेस म्यानेजमेन्ट उपाधी प्राप्त गर्न सफल भएको छ। क्वेष्टले गुणस्तरीय व्यवस्थापन शिक्षा, व्यवसायिक विकास, सीप तथा तालिम प्रदान गरी अनुसन्धान र विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
यस कलेजले फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरनेशनल एजुकेशन अर्वाड २०२५’ मा 'वेष्ट हस्पिटालिटी, म्यानेजमेन्ट एण्ड इमर्जिङ आइटी कलेज’ विधामा अवार्ड प्राप्त गरेको छ।

क्वेष्ट नै किन ?
क्वेष्टले विषयविज्ञ, पाठ्यपुस्तक लेखक तथा अनुभवी शिक्षक समूहद्वारा विद्यार्थीलाई पारिवारिक वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्दछ। भौतिक शैक्षिक पूर्वधारले सुसम्पन्न रहेको क्वेष्टमा दक्ष तथा अनुभवि शिक्षक हुनका साथै, विषयगत र प्रयोगात्मक कक्षा सञ्चालन हुन्छ। यस कलेजमा व्यवहारिक, शैद्धान्तिक तथा व्यवसायीक ढंगबाट पठनपाठन हुन्छ। क्वेष्ट विशेष गरि होटल म्यानेजमेन्ट र सूचना प्रविधि शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुको रोजाइमा पर्ने गर्दछ।

छात्रवृत्ति
यस कलेजले आर्थिक रुपमा विपन्न, जेहेन्दार, कमजोर, सीमान्तकृत, पिछडिएका वर्ग लगायत एसईई र एसएलसीमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। क्वेष्टले पढाइका अलावा अन्य क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल विद्यार्थीलाई पनि प्रोत्साहन स्वरुप छात्रवृत्ति उपलब्ध गराउँछ।
उत्कृष्ट नतिजा
स्थापना कालदेखि नै उत्कृष्ट नतिजा र शैक्षिक उपलब्धिमा आफूलाई उत्कृष्ट बनाउन सफल क्वेष्टको शैक्षिक गुणस्तर र नतिजा हरेक वर्ष उत्कृष्ट हुदैँ गएकाे छ। यस कलेजले पोखरा विश्वविद्यालयको वार्षिक परीक्षामा समेत अग्रण स्थानमा आउँदै विद्यार्थीले विभिन्न विधामा पदक प्राप्त गर्ने गरेका छन्। क्वेष्टले हरेक वर्ष विद्यार्थीको क्षमता अनुसार स्तरीय पठनपाठनसँगै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ।
भौतिक शैक्षिक पूर्वधार
विद्यार्थी केन्द्रित सुविधा प्रदान गर्दै आएको क्वेष्ट बेस्ट कलेज फर हस्पिटालिटी उपाधी प्राप्त गर्न सफल कलेज हो। क्वेष्ट कलेजको ५ रोपनीमा ४ वटा सुविधा सम्पन्न भवन छन्। क्वेष्टमा भूकम्प प्रतिरोधी भवन, डिजिटल कक्षा, ल्याब प्रयोगशाला, खेलमैदान, पुस्तकालय लगायतको भौतिक शैक्षिक पूर्वधार उपलब्ध छन्। विद्यार्थीले यी सबै प्रयोगशालामा आफूले सिकेका कुरा सिकाई वातावरणमा प्रयोगमा ल्याउन सक्छन्।
अतिरिक्त क्रियाकलापमा जोड
यस कलेजले सफल व्यक्त्वि र व्यावसायिक जीवनको लागि आवश्यक गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको छ। क्वेष्टले शैद्धान्तिक मात्र नभइ व्यवहारिक ज्ञानलाई पनि जोड दिँदै क्यारियर क्लब, सामाजिक क्लब, कला र प्रदर्शनी क्लब, संस्कृति क्लब र खेलकुद क्लब जस्ता ५ विद्यार्थी क्लब गठन गरेको छ। विद्यार्थीहरुले यस गठित क्लबहरुबाट विवरण र प्रक्रियाको अन्वेषण गरी चुनौतीपूर्ण अवधारणाहरूको पुनःअवलोकन गर्न सक्छन्। प्राइम लोकेसन, शैक्षिक गुणस्तर, भौतिक पुर्वाधारका कारण क्वेष्ट कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।

क्वेष्ट इन्टरनेशनल कलेजमा स्नातक तहमा अध्यापन हुने विषयहरु :
ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) / ब्याचलर इन होटल व्यवस्थापन (बीएचएम)
स्नातक तहमा व्यवस्थापन संकायतर्फ सहज रुपमा भर्ना पाउने र पढ्दै कमाउन सकिने विषय भएकोले अधिकांश विद्यार्थीको रोजाइमा बीबीए र बीएचएम विषय पर्ने गरेको छ। नेपालमा यी दुबै विषय चार वर्षे सेमेष्टर प्रणालीमा पढाई हुन्छ। बीबीए र बीएचएम अध्ययनको लागि क्वेष्टमा ९६ सिट रहेको छ।
यस विषय अध्ययनको लागि क्वेष्टले विभिन्न आधारमा बीबीएतर्फ १० जना र बीएचएमतर्फ १० जना विद्यार्थीलाई छात्रावृतिको व्यवस्था गरेको छ। क्वेष्टमा यो दुबै विषय अध्ययनको लागि विद्यार्थीले कक्षा १२ मा १.८ जीपीए वा ४५ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्छ। क्वेष्टले यस विषयहरुमा विद्यार्थीहरुलाई अध्ययन पश्चात ६ महिना अनिवार्य इन्र्टनसिपको व्यवस्था गरेको छ।
ब्याचलर अफ कम्प्युटर सिस्टम एण्ड इन्फरमेसन टेक्नोलोजोजी (बीसीएसआइटी)
पछिल्लो समय विज्ञान प्रविधिको युग भएकोले सुचना प्रविधि तर्फको विषयमा विद्यार्थीको आकर्षण बढ्दो छ। नेपालमा ६० प्रतिशत भन्दा बढी विद्यार्थी प्राविधिक शिक्षातर्फ आर्कषित छन्। यसै कारणलाई मध्यनजर गर्दे क्वेष्टले बीसीएसआइटी विषयतर्फ ४८ सिट छ। नेपालमा बीसीएसआइटी विषय चार वर्षे सेमेष्टर प्रणालीमा पढाई हुन्छ। क्वेष्टमा बीसीएसआइटी अध्ययनको लागि विद्यार्थीले कक्षा १२ मा १.८ जीपीए वा ४५ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्छ। यस विषय अध्ययनको लागि क्वेष्टले विभिन्न आधारमा केन्द्रित रहेर ५ जना विद्यार्थीलाई छात्रावृतिको व्यवस्था गर्ने गरेको छ।