काठमाडौँ – पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज नेपालमा बायोमेडिकल इन्जिनियरिङ विषय पढाइ हुने एक मात्र कलेज हो। यस कलेजले बायोमेडिकल इन्जिनियरिङका साथै स्नातक तहमा कम्प्यूटर इन्जिनियरिङ र बिटेक इन आर्टिफिसियल इन्टेलिजेन्स विषयको पनि अध्यापन सुरु गरेको छ।
ललितपुर कुपन्डोलमा रहेको ‘नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी’ (एनआइईटी) सन् २००५ देखि कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड अप्लाईड साइन्सेसको नामबाट बायोमेडिकल इन्जिनियरिङ विषय पढाइ हुँदै आएको संस्था हो।

यस कलेजले बायोमेडिकल इन्जिनियर बन्न चाहने नेपाली विद्यार्थीको सपना पुरा गर्दै आएको छ। गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई सीप र रोजगारसँग जोड्दै आएकाले यस कलेज विद्यार्थीको रोजाइमा पर्न सफल भएको हो।
बायोमेडिकल इन्जिनियरिङ लागि आवश्यक विभिन्न कोर्स र प्रयोगशालाहरु यस कलेजमा उपलब्ध छन्। यस कलेजले विद्यार्थीलाई सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्दे आएको छ। एनआईईटी कलेजले कलेजमा उपलब्ध नभएका प्रविधिको प्रयोगका लागि विद्यार्थीलाई विभिन्न अस्पतालहरु तथा अनुसन्धान केन्द्रहरुमा लगि त्यहाँ उपकरणहरु कसरी सञ्चालन गर्ने भन्नेबारे विद्यार्थीलाई प्रयोगात्मक ज्ञान समेत प्रदान गर्ने गर्दछ।
यस कलेजले शैद्घान्तिक मात्र नभई प्रयोगात्मकका साथसाथै अनुसन्धानात्मक शिक्षामा जोड दिँदै अन्तर्राष्ट्रिय स्तरको पढाई सञ्चालन गरिरहेको छ। यस कलेजमा अध्यापन तथा अनुसन्धानात्मक कार्यका लागि यस विधामा उच्च शिक्षा हासिल गरेका थुप्रै दक्ष प्राध्यापकहरु कार्यरत छन्। पछिल्लो समय यस कलेज आर्थिक वा अन्य कारणले डाक्टर बन्न नसक्ने विद्यार्थीहरुको लागि विकल्प बनेको छ।

एनआईईटी कलेजले सन् २००८ र २०१४ मा ठूलो अन्तर्राष्ट्रिय सम्मेलनहरु सफलतापूर्वक आयोजना गरिसकेको छ। जसमा २० भन्दा बढि राष्ट्रका लव्ध प्रतिष्ठित प्राध्यापक, लेखक, वैज्ञानिक, डाक्टर तथा ईन्जिनियरहरुको प्रस्तुति रहेको थियो। त्यसैगरी यस कलेजले सन् २०१७ मा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेको थियो।
यी सबै कारणले गर्दा यस कलेजले विश्वविद्यालय अनुदान आयोगबाट नेपालकै पहिलो प्राइभेट कलेजहरु मध्येबाट तथा काठमाडौँ उपत्यकाको इन्जिनियरिङ कलेजहरु मध्येबाट पहिलो गुणस्तर सुनिश्चितता तथा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गर्न सफल हुनुका साथै शिक्षा मन्त्रालयबाट समेत सर्वोत्कृष्ट कलेज पुरस्कार प्राप्त गर्न सफल भइसकेकोे छ। एनआईईटीले फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरनेशनल एजुकेशनल अर्वाड २०२५’ मा नेपालको एकमात्र बायोमेडिकल इञ्जिनियरिङ कलेजको अवार्ड प्राप्त गरेको थियो।

कलेजले हालसम्म करिब ५ सय ५० बायोमेडिकल ईन्जिनियरहरु उत्पादन गरिसकेको छ। १३ ब्याच उत्पादन हुँदासम्म केही नेपालमा कार्यरत छन् भने केही उच्च शिक्षा प्राप्तिको लागि विदेशिएका छन्। विदेशिएकाहरु मध्ये केहि उतै पनि काम तथा अध्यापन/अनुसन्धान पेशामा संलग्न छन्।
एनआइईटीमा अध्ययन गरेका विद्यार्थी चार वर्षका दौरानमा मेसिनहरु सञ्चालन मात्र होइन त्यसको व्यवस्थापनको समेत हरेक पक्षमा जानकार हुन्छन्। मेसिन बिग्रिएको खण्डमा उनीहरु बनाउन पनि सक्छन् र कलेजले पनि कलेजकै खर्चमा प्रयोगशाला तथा पूर्वाधार निर्माण गरेर विद्यार्थी पढाउने गरेको छ। यस कलेजले विद्यार्थीलाई ‘बायोमेडिकल ईक्विपमेन्ट मेन्टिनेन्स’ भन्ने प्रयोगात्मक शिक्षामा आधारित कोर्स पढाउने गरेको छ। जसमा बिग्रिएका मेसिनहरुलाई खोलेर मर्मत गर्न सिकाँउछ।
यस कलजले अन्तिम वर्षमा चिकित्सा उद्योग व्यवस्थापन तथा इन्जिनियरिङ पेसाका कुराहरु पनि विद्यार्थीलाई सिकाउने गरेको छ। बजारमा कसरी काम गर्ने तथा कसरी अस्पताल व्यवस्थापन गर्ने भन्ने कुराहरु पनि सिकाएर विद्यार्थीहरुलाई सक्षम ईन्जिनियर बनाउने यस कलेजको मुख्य विशेषता हो।
एनआइईटीमा इन्जिनियरिङ र आइटी तर्फका अध्यापन हुने विषयहरु
बायोमडिकल इन्जिनियरिङ
नेपालमा बायोमेडिकल इन्जिनियरिङ विषय अध्यापन हुने एनआइईटी एक मात्र कलेज हो। एनआइईटीमा यस विषय अध्ययनको लागि विद्यार्थीले कक्षा १२ मा सबै विषयमा सी ग्रेड प्राप्त गरेको हुनुपर्दछ। यस बाहेक ३ वर्षे डिप्लोमा इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरुले बायोमेडिकल इन्जिनियरिङ अध्ययनको लागि +२ मा २ जीपीए वा ४५ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्दछ। एनआईईटीमा बायोमेडिकल इन्जिनियरिङतर्फ १४४ सिट रहेको छ।

कम्प्यूटर इन्जिनियरिङ
कम्प्युटर इन्जिनियरिङ पछिल्लो समय लोकप्रिय र रोजगारी क्षेत्रमा माग हुने विषय हो। यो विषयले कम्प्युटरको हार्डवेयर तथा सफ्टवेयर प्रणालीहरूको डिजाइन, विकास, निर्माण, परीक्षण र मर्मतसम्भारको ज्ञान प्रदान गर्दछ। नेपालमा यो विषय चार वर्षे (आठ सेमेस्टर) मा पढाइ हुन्छ। एनआइईटी कलेजले कम्प्युटर इन्जिनियरिङमा विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षा अनिवार्य लिने गरेको छ।

टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स
आर्टिफिसियल इन्टेलिजेन्समा प्रयोग हुने प्रविधिहरूले कम्प्युटर र मेसिनहरूलाई मानवजस्तै सोच्न, बुझ्न, निर्णय र व्यवहार गर्न सक्षम बनाउँछन्। एनआइईटीमा यस विषय अध्ययनको लागि विद्यार्थीहरुले अनिवार्य प्रवेश परीक्षा दिनुपर्दछ। सुचना प्रविधिको युगसँगै पछिल्लो समय यस विषयतर्फ विद्यार्थीको आर्कषण बढ्दो छ।