काठमाडाैँ - भिएस निकेतन एजुकेशन फाउन्डेशनद्वरा सञ्चालित व्यवस्थापन तर्फको दक्ष जनशक्ती उत्पादनमा सक्रिय शिक्षणसंस्था हो ‘भिएस निकेतन कलेज’। काठमाडौँको तिनकुनेमा रहेको यस कलेज विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको छ। विगत् ४० बर्षदेखी गुणस्तरिय शिक्षा प्रदान गर्दे आएको भिएस निकेतनमा पूर्वप्राथमिक तह देखि स्नातक तहसम्मको अध्यापन हुन्छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा स्नातक तहमा व्यवस्थापनतर्फ ब्याचलर इन विजनेश एडमिनिस्ट्रेसन ‘बीबीए’ विषय अध्यापन हुन्छ। भिएस निकेतनमा बीबीएतर्फ ९६ सिट उपलब्ध रहेको छ।

वि सं २०३८ सालमा स्थापना भएको यस शिक्षणसंस्थाले लामो समयदेखी नेपालको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ। विद्यार्थी र अभिभावकको विश्वास जित्न सफल यस कलेजले विद्यार्थीहरूको व्यक्तिगत योग्यता, क्षमता, दक्षता र इच्छा अनुसार मु्ल्याङ्कन गर्ने गरेको छ। यस कलेजले गुणस्तरीय शिक्षा र विद्यार्थीको सर्वाङ्गिण विकासमा जोड दिदैँ आएकाले शैक्षिक क्रियाकलापमा देशकै उत्कृष्ट शिक्षणसंस्थाको रुपमा फेयर इन्टरनेशनल एजुकेशन अवार्ड प्राप्त गरेको थियो।

भिएस निकेतन कलेजमा २० बर्ष भन्दा बढी समय शिक्षण पेशामा आवद्द रहेका अनुभवी शिक्षककर्मचारी कार्यरत छन्। यस कलेजमा प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, बीबीए ल्याब, डिजिटल कक्षाकोठा, पुस्तकालय, चमेना गृह र यातायात सहितको सुविधा उपलब्ध छन्। शैद्धान्तिकसँगै व्यवहारिक शिक्षालाई समेत जोड दिँदै आएको यस शिक्षण संस्थामा विद्यार्थीले नतिजामुखी परिणाम ल्याउने कार्यलाई निरन्तरता दिएका छन्। समय सान्दिर्भिक अध्यापन गराउने भी.एस निकेतनबाट उत्तिर्ण भएका विद्यार्थीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका व्यवसायिक क्षेत्रमा रोजगारीको अवसर प्राप्त गरेका छन्।

यस कलेजले प्रत्येक विद्यार्थीलाई व्यक्तिगत रुपमा नै सिकाइमा जोड दिदैं आएको छ। यस कलेजको बीबीए कार्यक्रममा ३५० जना विद्यार्थी अध्ययनरत छन्। आईएसओ सर्टिफाइड यस कलेज ३ रोपनी क्षेत्रफलमा एउटा सुविधासम्पन्न भवनमा अवस्थित छ। गुणस्तरीय शिक्षा र अध्ययन पश्चात रोजगारीका हिसाबले अन्य कलेज भन्दा भिन्न रहेको भिएस निकेतन कलेजका प्रिन्सिपल रञ्जित कुमार पण्डितले जानकारी दिए।
भिएस निकेतन नै किन ?
भिएस निकेतनमा २० वर्ष भन्दा लामो अनुभवी विषयगत दक्ष पूर्णकालीन शिक्षक हुनुका साथै शान्त, उत्प्रेरक एवं विद्यार्थीमैत्री वातावरण भएकाले यस कलेज विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ। यस कलेजले उज्वल भविष्य बनाउने सपना बोकेका इमान्दार, जेहेन्दार विद्यार्थी जसको आर्थिक अवस्था कमजोर रहेको छ उनीहरूलाई छात्रवृत्तिको व्यवस्था गरेको छ।
यस कलेजमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रित विद्यार्थीमैत्री वातावरणमा व्यावहारिक, प्रयोगात्मक र जीवन उपयोगी शिक्षा प्राप्त हुन्छ। भिएस निकेतन कलेजको मुख्य उद्देश्य प्रत्येक व्यक्तिको व्यक्तिगत मुल्याङ्कन गर्दैँ विद्यार्थीहरूको लक्ष्यहरूलाई मूल्यवान बनाउने र विद्यार्थीहरूलाई राष्ट्रिय साथै विश्वव्यापी बजारको उच्च गुणस्तर शिक्षा प्रदान गर्नु हो।
अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधार
यस कलेजमा स्वस्थ र स्वच्छ वातावरण, सुसज्जित डिजिटल कक्षाकोठा, खेलकुदका लागि आवश्यक पूर्वाधार, पुस्तकालय, कम्प्युटर ल्याब जस्ता थुप्रै अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्।
छात्रवृत्तिको व्यवस्था
यस कलेजले विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्तिको आधारमा १० जना जेहेन्दार, आर्थिक रुपमा विपन्न, विद्यार्थीलाई छात्रावृति प्रदान गर्ने गरेको छ। भिएस कलेजले मेरिट, शैक्षिक योग्यता र उत्कृष्ट नतिजाको आधारमा र विशेष गरि छात्रा विद्यार्थीहरुलाई विशेष छात्रावृतिको व्यवस्था गरेको छ।
अतिरिक्त क्रियाकलापमा जोड
भिएस निकेतनले विद्यार्थीलाई पढाइका अलावा खेलकुद, गायन, कला साहित्य लगायतका थुप्रै तालिमहरू प्रदान गर्दै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै आएको छ। विद्यार्थीहरूको प्रतिभा विकास गर्ने उद्देश्यले यस कलेजले विद्यार्थीको अतिरिक्त क्रियाकलाप केन्द्रित क्लबको गठन गरेको छ।
भिएस निकेतनमा स्नातक तहमा व्यवस्थापनतर्फ पढाई हुने विषय ‘बीबीए’

पछिल्लो बजारको माग र मानव स्रोतलाई मध्यनजर गर्दे भिएस निकेतनले व्यवस्थापन संकाय तर्फको 'बीबीए' एक मात्र विषय अध्यापन गराउदैँ आएको छ। यस कलेजमा बीबीएतर्फ ९६ सिट उपलब्ध रहेको छ। बीबीए अध्ययनको लागि भिएस निकेतनमा ४ बर्षमा ५ लाख ५० हजार रुपैँया लागत् लाग्दछ।