काठमाडाैँ - पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त एक्मी इन्जिनियरिङ कलेज काठमाडौँ बसुन्धारामा अवस्थित रहेको छ। सन् २००० मा स्थापना भएको यस कलेजले विगत् २५ वर्षदेखी गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको छ। एक्मी कलेज पछिल्लो समय इन्जिनियरिङ शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुको रोजाइमा पर्ने गरेको छ।
यस कलेजमा स्नातक तहमा इन्जिनियरिङ विषयतर्फ सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ र आइटीतर्फ इर्न्पmरमेसन टेक्नोलोजी (बीआइटी) विषय अध्यापन हुन्छ। एक्मी कलेजमा सिभिल इन्जिनियरिङतर्फ १४४ सिट, कम्प्युटर इन्जिनियरिङमा ६० सिट, आर्किटेक्चर इन्जिनियरिङतर्फ ४८ सिट र इर्न्परमेसन टेक्नोलोजीतर्फ ४८ सिट रहेको छ।

एक्मी कलेजमा स्नातक तहमा इन्जिनियरिङ विषय अध्ययनको लागि पूर्वाञ्चल विश्वविद्यालयले तोकेको योग्यता अनुसार +२ मा सबै विषयमा सी ग्रेड, न्यूनतम २.०० जीपीए वा समग्रमा ४५ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्दछ। एक्मीका धेरै पूर्व विद्यार्थीरूले सिभिल इन्जिनियरिङ, सफ्टवेयर विकास र दूरसञ्चार जस्ता विभिन्न क्षेत्रहरूमा नेपाल भित्र र अन्तर्राष्ट्रिय रूपमा पनि शीर्ष कम्पनीहरूमा सफलतापूर्वक रोजगारी प्राप्त गर्न सफल भएका छन्। साथै यस कलेजले अध्ययनरत विद्यार्थीहरुलाई पूर्व विद्यार्थीहरूसँग नेटवर्किङ अवसर पनि प्रदान गर्दछ।
एक्मी इन्जिनियरिङ कलेज नै किन ?
यस कलेजले लामो समयदेखी विद्यार्थी तथा अभिभावकलाई सहुलियत शुल्कमा इन्जिनियरिङ विषय अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको छ। इन्जिनियरिङ क्षेत्रका कुशल व्यवस्थापन तथा विषयगत दक्ष पूर्णकालीन शिक्षक हुनुका साथै शान्त, उत्प्रेरक एवं विद्यार्थीमैत्री वातावरण भएकाले यस कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। एक्मी कलेजले विद्यार्थीहरुलाई जब प्लेसमेन्ट, करियर सेवा र इन्टर्नशिपको लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतिष्ठित कम्पनीहरू सहकार्य गर्दै आएको छ।

यस कलेजले इमान्दार, जेहेन्दार र आर्थिक अवस्था कमजोर रहेको विद्यार्थीहरुलाई क्षमता र दक्षताको आधारमा छात्रवृत्तिको प्रदान गर्दछ। यस कलेजमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रित विद्यार्थीमैत्री वातावरणमा व्यवहारिक, प्रयोगात्मक र जीवन उपयोगी शिक्षा प्रदान गर्छ।
अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधार
एक्मी कलेजमा स्वस्थ्य र स्वच्छ वातावरण, सुसज्जित डिजिटल कक्षाकोठा, हल, खेलकुदका लागि आवश्यक पूर्वाधार, पुस्तकालय, कम्प्युटर ल्याब, सेमिनार हल, हाइड्रोलिक वर्कसप लगायतका थुप्रै अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। विद्यार्थीका लगि आवश्यक पूर्वाधारले भरिपूर्ण यस कलेजले प्रविधिमैत्री कक्षाकोठामा अध्यापन गराउँदै आएको छ।

छात्रवृत्तिको व्यवस्था
यस कलेजले पूर्वाञ्चल विश्वविद्यालयको नियम अनुसार इन्जिनियरिङ शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार, आर्थिक रुपमा विपन्न विद्यार्थीहरु मध्ये पाँच प्रतिशत र मेरिटको आधारमा पाँच प्रतिशत विद्यार्थीलाई छात्रावृतिको व्यवस्था गरेको छ। यस बाहेक एक्मी कलेजले पनि विद्यार्थीको क्षमता, आन्तरिक परीक्षामा ल्याएको नतिजाको आधारमा छात्रवृत्ति प्रदान गर्ने गरेको छ।

अतिरिक्त क्रियाकलापमा जोड
एक्मीले विद्यार्थीलाई पढाइका अलावा खेलकुद, गायन, कला साहित्य लगायत कम्प्युटर, अन्तरक्रिया जस्ता थुप्रै तालिमहरू प्रदान गर्दै आएको छ। साथै यस कलेजले करियर काउन्सिलिङ, अन्तर्वार्ताको लागि आवश्यक पर्ने पूर्वतयारी कक्षा, बायोडाटा लेखन सम्बन्धि पनि तालिम प्रदान गर्दै आएको छ। विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै यस कलेजले नविनत अन्वेषण र अनुसन्धानका क्रियाकलापमा जोड दिने गरेको छ।
